नेपाली कााग्रेसको १३ औं महाधिवेशनले चरमोत्कर्ष प्राप्त गरिसकेको छ । यसका रंगहरु देखिन थालिसकेका छन् । उचाल्ने, पछार्ने, घिस्याउने, घचेट्ने, छुट्याउने, उफार्ने, ठेल्ने जस्ता कार्यहरु अविच्छिन्न रुपमा देखिएका छन् । साथै नेता र कार्यकर्ताबीचमा लुकाछिपीका खेलहरु स्वत: देख्न पाइएको छ । अत: यिनै क्रीडाका आरोह अवरोहबाट आउादै गरेको महाधिवेशनको अन्दाजा लगाउन सकिन्छ । नि:शब्द एवम् आवाजविहीन भई आइरहेको यस महाधिवेशनभित्र कति संकटहरु, कति चुनौतिहरु, कति बाधा र विरोधहरुलाई गुथेर आइरहेको छ, साथै कतिको भाग्य परिवर्तन गर्दै कतिलाई
पराजयको घेरामा ल्याउने पनि निश्चित भइसकेको छ । त्यसैले पुरातनपन्थी विचार लिइबसेका नेता एवम् कार्यकर्ताहरुको यथास्थितिवादी सोचको धज्जी उडाउदै क्रान्तिकारी लहडमा संस्थालाई हाक्न जिम्मेवार कााग्रेस नेतृत्वपंक्तिमा आउन चाहदैछ । अब यस जिम्मवार व्यक्तिहरुलाई साथ दिने वा नदिने ? या फेरि तिनै अनुहारहरु त्यही बोली, त्यही ढर्रा, अनि त्यही भाटहरुको चकचकी एवम् हालीमुहाली हेर्दै बस्ने त ? गुनासाहरुबाट समस्या समाधान हुादैन । त्यसैले सही ठाउामा आफू पुग्नैपर्छ । अन्यथा आफ्नो टिमलाई त्यहाा पुर्याउनुपर्छ । यदि पार्टीलाई सही दिशामा हिाडाउने होभने शुरुवात आफैबाट हुनुपर्छ । यदि सुनसरी क्षेत्र नं. १ लाईर् मजबुत बनाउने हो भने शुरुवात आफैबाट हुनुपर्छ । यदि सुनसरी क्षेत्र नं. १ लाई मजबूत बनाउने हो भने यसपल्ट अस्तित्वको लडाई लड्नैपर्छ । जिल्ला अध्यक्ष बन्ने व्यक्तिलाई निर्णायक भोट धरानैबाट प्राप्त हुन्छ । यो कुरा उनीहरुको मस्तिष्कमा बसाल्ने बेला आएको छ । सुनसरी क्षेत्र नं. १ कमजोर नेतृत्वबाट पलायन भएको हो । त्यसैले त्यस स्थानमा सही व्यक्ति पुग्नेबित्तिकै पुन: संस्थाले जीवन्तता प्राप्त गरिहाल्छ । जबसम्म क्षेत्र मजबूत हुादैन तवसम्म नगर मजबूत हुादैन र जबसम्म नगर मजबूत हुादैन तवसम्म बूथ मजबूत हुादैन । त्यसैले सही व्यक्तिलाई सही स्थानमा पुर्याऔ ं। जसले पृष्ठभूमि बोकेको छ, जो सक्षम र सक्रिय छ, जसले सारा युवाहरुलाई नेतृत्व प्रदान गर्न सक्छ र संस्थाको गरीमालाई माथि उठाउन सक्दछ । त्यही नै क्षेत्रको सही प्रत्यासी हो ।
आज पविपत्र गठनबन्धन भन्दै चर्चाको विषय बनेको मदनकिशोर समन्वयका सुत्रधार विनोदकुमार राई हुन् । झण्डै १७ बर्षपछि उनलाई पुन: क्षेत्र सम्हाल्ने मौका प्राप्त भएको थियो । किन्तु वर्तमान परिवेशमा क्षेत्रको लागि सही प्रत्यासी मदन नै हुन भन्ने मान्यता विनोद राईको हो । त्यसैले पार्टी
एकीकरणको लागि पदलोलुप्तताबाट बाहिर निस्की नेपाली कााग्रेसको संस्थागत अभ्यास हेतु विनोद राई एक कदम अघि बढाउन चाहन्छन् । ६० र ४० को घेराबाट संस्थालाई समष्टिभावमा लैजाने हो भने आफैबाट शुरुवात गर्नुपर्छ भन्ने मान्यता विनोद राईको छ । त्यसैले यस अपवत्रि गठबन्धनले भोलिका दिनहरुमा इतिहास रच्ने कुरामा विनोद राई विस्वस्थ छन् । प्रत्येक कार्यकर्ताहरुको घर दैलौमा पुगेर आफना कार्यकर्ताहरुलाई सक्रिय एवम् जागरुक बनाउदै हिडेका किशोर राई नगरसभापति पदमा र क्षेत्रीय अध्यक्षका रुपमा मदन ढकाल १३ औं महाधिवेशनका प्रत्यासी बनिसकेका
छन् । यी दुवैलाई एकै स्थानमा उभ्याउादा संस्थाले गति प्राप्त गर्छ भन्ने कुराहरु राजनैतिक विश्लेषकहरुको छ । यो एउटा शुरुवात हो । यदि यो गठबन्धन सफल भएमा भोलिका दिनहरुमा सुनसरीका प्रत्येक क्षेत्रहरुमा धरानले देखाएको मार्गलाइर् सबैले अवलम्बन गर्नेछन् ।
