धरान/धरानका कानुन व्यवसायीहरुको संगठन धरान कानुन व्यवसायी क्लबको शनिवार भएको पुरक साधारणसभाले आगामी कार्यकालका लागि वीरेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा नयाा कार्य समिति चयन गरेको छ ।
धरान उपमहानगरपालिका वडा नं. ७ को वडा समितिमा भएको साधारण सभाले कार्य समितिका सम्पूर्ण पदाधिकारी निर्विरोध चयन गरेको हो । जसको उपाध्यक्षमा रुद्र न्यौपाने, सचिवमा दर्शन राई (कर्ण) कोषाध्यक्षमा लिलाहाङ स्रोङ
रहनु भएको छ भने सदस्यहरुमा अनिता राई (लिम्बु), सुलेखा श्रेष्ठ, दिपक राई, डम्बर कटुवाल, मानभगत चाम्लिङ्ग, सोहन ता्राकार र परशुराम अधिकारी
रहनु भएको छ ।
मानबहादुर रुम्दालीको अध्यक्षतामा सम्पन्न साधारणसभामा नयाा कार्यसमितिका पदाधिकारीहरुलाई शिवकुमार भण्डारी, केशवकुमार कार्की, हेमराज सुवेदीले बधाईज्ञापन गर्नुभएको थियो ।
त्र
