धरानका एक व्यक्तिले वैकल्पिक इन्धन उत्पादन शुरु गरे

धरान/ लामो समयदेखि मधेशीमोर्चा र भारतले गरेको नाकाबन्दीका कारण इन्धनअभावले नेपालीहरुको घरमा चुल्हो बल्न सकेको छैन । यस्तो विषम
परिस्थितिमा सर्वसाधारणले वैकल्पिक ऊर्जा प्रवधनगर्दै सहजबनाउने उपायहरु अवलम्बन गरेपनि सरकारले त्यस्ता कार्यलाई सहयोग नगर्दा उनीहरुको मेहनत त्यसै खेर गइरहेको मात्र छैन उनीहरु सरकार प्रतिउदासीनता प्रकट गर्ने गर्छन् ।
नेपालआफै आत्मनिर्भर बन्नुपर्छ अर्काको मुख ताक्नु हुदैन भन्ने चरितार्थ बनाएका छन् धरान७ का कुमार श्रेष्ठले । उहाले नेपालको घर आगमनमा पाइने वस्तुबाट इन्धन उत्पादन गरेर त्यसलाई चाहिने चुल्हो समेत निर्माण गरेर
धरानका सर्वसाधारणलाई सहज बनाउने प्रयत्न गर्नुभएको छ ।
उहाले एक बर्ष अगाडिदेखि नै यस्ता वस्तुबाट वैकल्पिक मटितेलको काम गर्ने इन्धन उत्पादनगर्न थाल्नुभएको हो । फेयर फुड कर्नर समेत सञ्चालन गर्दै आउनु भएका श्रेष्ठलाई नाकाबन्दी र मधेशीमोर्चाको बन्दले समेत छुन सकेन । धरान ७ मा नै उत्पादन गर्दै आउनु भएका उहाले अहिले अरुलाई पनि विक्री वितरण गर्न थाल्नुभएको छ । प्रतिलिटर ८० रुपैयामा विक्री हुने वैकल्पिक इन्धनकालागि चुल्होसमेत तयार गरेर दिन थाल्नुभएको छ । एउटा चुल्होको १ हजार रुपैया पर्ने उहाको भनाई छ । मटितेलभन्दा सजिलो र किफायती भएको उहााको दाबी छ । यस प्रकारको इन्धनलाई व्यवसायिक रुपमा अगाडि बढाउन पटक पटक
सरकारसंग माग गरेपनि वेवास्ता गरेको उहाको गुनासो छ ।
यता वैकल्पिक इन्धन खरिद गर्नेहरुले समेत अन्य तेलभन्दा उपयोगी रहेको बताउदै आएका छन् । धरान७ कै सुरेन्द्र बरालीले नाकाबन्दी भएको समयदेखि नै आफूले श्रेष्ठले उत्पादन गरेको इन्धन प्रयोग गर्दै आएको बताउनुभयो । उहाले किफायती र सजिलो हुने बताउनुभयो ।
यता होटलमा कामगर्ने कर्मचारीले समेत यो इन्धनभारतबाट ल्याइएको इन्धनभन्दा कम नभएको बताएका
छन् । अहिले ग्यासको चरम अभाममा पनि आफूले इन्धन अभावको महसुस नभएको कर्मचारी कल्पनाश्रेष्ठको भनाई छ ।
यसलाई सरकारले प्राथमिकता रुपमालिएर उत्पादनमा सहयोग गर्ने हो भने एलपी ग्यासको विकल्पको रुपमा यसको प्रवद्र्धन गर्न सकिने श्रेष्ठको दाबी छ ।
पछिल्लो समयमा स्थानीय सर्वसाधारणकै पहलमा वकैल्पिक ऊर्जा उत्पादन गरेपनि सरकारले त्यसलाई वेवास्ता गरिरहेको छ । केही समय अगाडि धरान २३ विष्णुपादुकामा समेत वैकल्पिकऊर्जा उत्पादन शुरु गरिएको छ भने धरानमै अर्का व्यक्ति कुमार श्रेष्ठले समेत वैकल्पिक इन्धन उत्पादन थाल्नुभएको हो । यसलाई सरकारले प्राथमकितामा राखी नेपाललाई आत्मनिर्भर बनाउन आवश्यक देखिएको छ । नेपालको संविधान २०७२ घोषणा भइसक्दा पनि दलहरु राजनीतिक खिचातानीमा अल्झिरहनु भन्दा आर्थिक समृद्धितर्फ लागे नेपालले कहिल्यै पनि भारतले
गरेको नाकाबन्दीको मार खेप्नु पर्दैन ।

तपाईको प्रतिक्रिया