समय रेखामा गणेशमान सिंह

बसन्तराज भट्टराई
धरान–८, बरगाछी
दक्षिण एसियाका ज्वलन्त नक्षत्र महानायक गणेशमान सिंहका सन्दर्भमा धेरै कलमहरु घिस्सिसकेका छन् । गणेशमान सिंहलाई सर्वोच्च नेता, लौह पुरुष, हिराकाजी, वीर गणेशमनसिंह, लोक नायक, शेरे नेपाल, सर्वमान्य नेता, युग पुरुष, क्रान्तिनायक र प्रजातन्त्रका भीष्मपितामह जस्ता नमबाट शुभोभीत गरिन्छन् । अत: यिनै युग पुरुषका सन्र्भमा ‘समय रेखामा गणेशमानसिंह’ भनी १२७ पृष्ठको पुस्तक पाठकहरुको हातमा देखिएको छ । जसलाई विनोद नेपाललले लेखेका छन् भने ‘गणेशमानसिंह फाउन्डेशन काठमाण्डौ’ ले प्रकाशन गरेको छ । उक्त पुस्तकमा प्रकाशमानसिंहले मन्तव्य लेखेका छन भने लेखकले ‘मेरो भनाई’ भनी गणेशमानसिह फाउन्डेशन र धनेन्द्र पुरुष ढकाल एवम् भाषाविद् शरच्चन्द्र वस्तीप्रति साधुवाद टक्राएका छन् ।
गणेशमानसिंहको सन्दर्भमा क्षणभरमा सबै कुरा बुझ्नको लागि यो पुस्तक अत्यन्तै उपयोगी छ । यो त्यो
जीर खोर्सानी हो जसलाई मुखमा नहालुञ्जेलसम्म त्यसको सत्यतालाई बुझ्न सकिन्न । अनि मुखमा हालिसकेपछि यसले आफ्नो गुण बताइहाल्नेछ । गणेशमनसिंहलाई समय रेखामा उभ्याउनु सामान्य कुरा होइन । त्यसैले फाउन्डेशनका अध्यक्ष प्रकाशमानसिंह भन्नुहुन्छ कि यो पुस्तक नेपाली भाषा साहित्यमा नै नौलो प्रस्तुति हो भनेर । साथै कलाको क्षेत्रमा यो पुस्तक नयाा आयाम बोकेर उभिएको कुरापनि स्वीकार्नु हुन्छ ।
लेखको ‘मेरो भनाई’ मा प्रथम वाक्य ‘गणेशमनसिंह विश्व स्तरको राजनेता हुनुहन्थ्यो’ छ । उत्त: वाक्यका सन्दर्भमा धेरै कुराहरु उठेका छन् । किन्तु लेखकको मनोभावना नबुझीकन जथाभावि प्रश्न उठाउनु फाल्तु कुरा हुन् । गणेशमानसिंहलाई संयुक्त राष्ट्र संघले मानव अधिकार पुरस्कार प्रदान
गर्‍यो । यो पुरस्कार प्राप्त गर्ने दक्षिण एसियाकै प्रथम व्यक्ति गणेशमानसिंह हुन् । यो पुरस्कार पााच पााच बर्षमा विश्वकै महत्वपूर्ण व्यक्तिहरुलाई दिइन्छ । जसमा गणेशमानसिंह परेका छन् । त्यसैले विश्वकै छनौटमा गणेशनमान सिंह परेकाले उनलाई विश्वस्तरका नेता भन्न सकिन्छ । त्यतिमात्र हैन गोशशमनसिंहलाई अमेरिकाले पनि शान्ति पुरस्कार प्रदान गरी सम्मान गरेको छ । त्यसैले गणेशमानसिंह भन्दै गर्भ गर्न सकिन्छ । त्यही कारणले विद्वान लेखक गोशमानसिंहलाई विश्वस्तरको नेता भन्न रुचाउाछन् । यस सानो पुस्तकमा विद्वान लेखकले गणेशमानसिंहका सन्दर्भमा प्रत्येक क्षणहरुलाई समय रेखामा उभ्याउन सफल भएका छन् । जन्मदेखि मृत्युसम्मका सम्पूर्ण घटनाचक्रका तिथिमितिहरु उक्त पुस्तकमा ्उनिएका छन् । अत: पाठकवृन्दले त्यस समयमा गणेशमानसिंहले के गरे ? भन्ने वित्तिकै पुस्तकमा त्यो साल महिना गते तुरुन्तै प्राप्त हुनेछ । त्यसै कारण एक बसाईमा साङगोपाङग अध्ययन गर्न सकिने गणेशमनसिंहको यो पुस्तका पाठकले जति पढ्दै गयो अझ बढी पढौ पढौ लाग्ने अर्थात सुनमा सुगन्धको अनुभूति गराउन सक्छ भन्ने विश्वास समालोचकको छ ।
मेरो शिल्पी यस शलकमा स्वस्थ्य आकार देऊ
यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ ।।
वास्तवमा माधव घिमिरेले भने बमोजिम एउटै सानो ग्रन्थमा पूर्ण संसार दिन विनोद नेपाल सफल भएका छन् । त्यसैले नेपाल सानो छ । किन्तु नेपालभित्रै सगरमाथा पर्छ । त्यस्तै नेपाल सानो छ, किन्तु बुद्ध यहीा जन्मेका हुन् । त्यस्तै नेपाल सानो छ किन्तु तेन्जिङ्ग र पासाङल्हामु यही जन्मेका छन् । अनि समय रेखामा गणेशमानसिंह सानो पुस्तक छ । किन्तु एउटा सम्पूर्ण युग नै यसभित्र आटाएको छ । त्यसैले नेपालरत्न गणेशमानसिंहका सन्दर्भमा अझ खोज गरी विद्वान लेखक विनोद नेपालले आगामी दिनमा पनि पाठक सामुन्ने अझ चोटिला कृतिहरु पस्कन्छन् भन्ने विश्वास मेरो छ ।

तपाईको प्रतिक्रिया