१४ औा आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सुरु हुने भएको छ । सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलन गरी माघ ५ देखि १६ गतेसम्म चल्ने १४ औा आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा तीन विदेशीसहित १२ टिमले सहभागीता जनाउने जानकारी दिएको हो ।
क्लबका अध्यक्ष विरभऽ आर्चायका अनुसार प्रतियोगितामा आयोजक सहारा क्लब, तीन विभागीय टोली त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्लबले भाग लिने छन्। यसगैरी लिग विजेता थ्रीस्टा, मनाङ मस्याङ्गदी, भापा ११, नव जनजागृति युवा क्बल सिमरा र जावलाखेल युथ क्लबले प्रतियोगितामा भाग लिने आर्चायले बताए । उनले अन्य तीन विदेशी टोली भने दर्ताको अन्तिम तयारीमा रहेको बताए । उनले भारत, भुटान र बंगलादेशका क्बलसाग कुरा भएको जानकारी समेत दिए ।
प्रतियोगिताबाट करिब ७९ लाख ६२ हजार खर्च र ९९ लाख ९२ हजार आम्दानी गर्ने क्लबको लक्ष्य छ । बचत रकम २० लाख ३० हजारबाट क्बलले सञ्चालन गर्दै आएको एकेडेमी सञ्चालनमा खर्च गर्ने उनले बताए । प्रतियोगित हेर्न आउने दर्शकका लागि पनि पुरस्कारको व्यवस्था गरिएको क्बलका महासचिब केशबराज बरालले जानकारी दिए । उनले सहारा हङकङको प्रायोजनमा प्रतियोगिता अवधिमा टिकट काटेर अवलोकन गर्ने दर्शक मध्येबाट एक जनालाई गोला प्रथाद्वारा एक तोला सुनको सिका प्रदान गरिने बताए ।
प्रतियोगिताको मूख्य प्रायोजन हिमश्री फुडस प्रालिको उत्पादन आहा रारा चाउचाउ रहेको छ भने सहप्रायोजनमा रेडबुलको सहप्रायोजन, माइक्रो म्याक्स मोबाइल लगायत
रहेका छन्।
