धुर्मुस–सुन्तलीले सिन्धुपाल्चोक बराम्ची गाविसका भूकम्प पीडितलाई न्यानो बााडेका छन् । अत्याधिक चिसोका कारण भूकम्प पीडितको कठ्याङ्ग्रिएर मृत्यु हुन थालेपछि उनीहरुले बराम्ची गाविसका ८ सय १६ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका हुन् ।
धुर्मुस–सुन्तलीको विशेष पहलमा नेपाली समाज टेक्सास अमेरिकाले सिंगो गाविसलाई नै न्यानो दिन ब्ल्याङ्केट सहयोग गरेको हो । चिसो बढेर भूकम्प पीडितको बिचल्ली भएपछि न्यानो प्रदान गर्न २० लाख रुपैयाा बराबरको ब्ल्याङ्केट जुटाएको (ल्क्त्) ले जनाएको छ । भूकम्पबाट बााचेकाहरुको समेत चिसोले ज्यान लिन थालेपछि जतिसक्दो धेरै परिवारलाई न्यानो दिन पहल गरेको सिताराम कट्टेल
(धुर्मुस) ले जानकारी दिए ।
सरकारले सबै जनतालाई न्यानो दिन नसकिरहेको समयमा केहि मानिसलाई भएपनि चिसोबाट बचाउन आफुहरुले सहयोगका लागिसकेको पहल गरेको उनको भनाई छ । एउटा ठूलो विपद्बाट बााचेकाहरुको जाडोका कारण मृत्यु हुनु दुखद् कुरा भएकाले जतिलाई सकिन्छ सहयोग गर्ने आफ्नो योजना रहेको धुर्मुस सुन्तलीले सुनाएका छन्
यसअघि धुर्मुस सुन्तली आफौले दोलखाका ७५ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका थिए । टहरामा बसिरहेका भूकम्प पीडितलाई राति शितले झनै समस्या भएकाले न्यानो प्रदान गर्न यस्तो पहल गरेको कुञ्जना घिमिरे
(सुन्तली) ले बताएकी छन् । दिनमा जाडोबाट जसोतसो बााचेकाहरुलाई पनि रातमा समस्या पर्ने भएकाले न्यानो ब्ल्याङ्केट वितरण गरिएको उनले बताएकी छन् । (ल्क्त्) का नेपाल संयोजक मधुसुुधन उपाध्यायले भूकम्प पीडितका लागि पारदर्शी काम गर्नका लागि धुर्मुस–सुन्तली फाउण्डेशनमार्फत ब्ल्याङ्कट वितरण गरिएको बताएका छन् । धुर्मुस–सुन्तलीले भूकम्पपछि विश्वासीलो र पारदर्शी काम गरेकाले उनीहरुमार्फत सिङ्गो गाविसलाई न्यानो उपलब्ध गराएको उनको भनाई छ ।
आफुले मात्र धेरैलाई सहयोग गर्न नसकेपछि धुर्मुस–सुन्तलीले सहयोगका लागि देश–विदेशमा रहेका नेपालीसाग पहल गरिरहेका छन् । प्राप्त सहयोगलाई भूकम्पबाट बढी प्रभावित क्षेत्रमा पुगेर धुर्मुस–सुन्तलीले आफ्नै हातले वितरण गर्ने गर्छन् ।
एक जोडी कलाकारले सिङ्गो गाविसवासीलाई नै न्यानो दिनु आफौमा ठूलो कुरा भएको स्थानीय जीतबहादुर तामाङले बताएका छन् । चिसोका
कारण निकै समस्या भइरहेको समयमा पनि सरकारबाट कुनै सहयोग नपाएको समयमा आफ्नो लागि धुर्मुस–सुन्तली नै सरकार भएको अर्की स्थानीय पुतली मगरले खुसी बााडिन् । रात कटाउन मुस्किल परिरहेको समयमा धुर्मुस–सुन्तलीले प्रदान गरेको ब्ल्याङ्केट ओढेर न्यानोसाग सुत्ने भन्दै
बराम्चीबासीले खुसी व्यक्त गरेका छन् ।
