धरान/ व्यापारिक एवम् सामाजिक कार्यमा अग्रता रहेको धरान ५ स्थित
रहेको बराह ज्वेलरी इण्डिष्ट्रिज प्रा.लि.ले २० औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
इण्डिष्ट्रिजले आज आफ्नो बार्षिकोत्सवको पूर्व सन्ध्यामा धरानको लोकतान्त्रिक चौतारीमा रक्तदान कार्यक्रममको समेत आयोजनमा गरेको छ । भने भाद्र ५ गते २०७१ सालको मसान्तसम्म १५ हजारदेखि १ लाखसम्मका खरिद गर्ने आफ्ना ग्राहकलाई पुरस्कार वितरण गर्नुका साथै लक्की ड्र मार्फत एकजनालाई एउटा स्कुटी समेत प्रदान गर्ने भएको छ ।
रक्तदानको उद्घाटन भने सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले गर्नुभएको छ । उद्घाटन कार्यक्रममा कोशी अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम साह, धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठ, इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सञ्जयसिंह थापा, जिल्ला टूाफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक नविन अधिकारी लगायतको उपस्थिति रहेको छ ।
सो अवसरमा बोल्दै बराह धरान शाखाका प्रमुख मानबहादुर विकले
बराहको स्थापना कालदेखि समाजिक कार्यलाई निरन्तरता दिएको बताउनुभयो । व्यापारिक प्रतिष्ठानहरुले राज्यको अर्थतन्त्रमा ठूलो भूमिका खेल्ने भएपनि यस्ता फर्महरुको संरक्षण र सम्वद्र्धनमा कुनै चासो नदिएको उहाको भनाई छ ।
२०५२ सालमा बराह ज्वेलस स्थापना कालदेखि नै रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । गत बर्ष गरेको रक्तदानबाट ३ सय १९ रगत संकलन गरेको थियो । जसले पूर्वाञ्चलमा अभाव रगत पदपूर्तिका लागि सहयोग पुगेको थियो भने यसपटक ३ सय ५४
रगत संकलन गर्न सफल भएको छ ।
