यू–१६ क्रिकेटमा नेपालद्वारा बहराइन १८६ रनले पराजित

बहराइनलाई १८६ रनले
पराजित गर्दै नेपालले एसीसी यू–१६ क्रिक्रेटमा लगातार चौथो जित हात पारेको छ ।
राउन्ड रोबिनका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले उपाधिका लागि मलेसियासँग खेल्नेछ । मलेसियाविरुद्धजित हात पार्न सके नेपालले यू–१६ क्रिक्रेटमा पहिलो उपाधि जित्नेछ । नेपाल ८ अंकसहित शीर्ष स्थानमा छ भने मलेसियाको ७ अंक छ । अन्य चार टिम उपाधि होडबाट बाहिरिसकेका छन् ।
यसअघि यू–१६ एलिटका नाममा भएको प्रतियोगिताको दुई संस्करणमा नेपाल उपविजेता बनेको थियो ।
सिलोंगर टर्फ क्लबमा नेपालले प्रस्तुत गरेको २३४ रनको लक्ष्य पछयाएको बहराइन २४.४ ओभरमा ४७ रन जोड्दा अलआउट भयो । नेपाली बलरहरु सामू बहराइनका व्याट्सम्यान निकै निरिह देखिए ।
नेपालका लागि अनिल खरेलले ५ ओभरमा दुई मेडन राख्दै ८ रन दिएर तीन विकेट लिए । २ विकेट लिएका आशिष पोखरेलले ५ ओभरमा ३ मेडन राखेर ७ रन दिए । कप्तान सुमित महर्जनले २ ओभरमा दुई नै मेडन राखेर एक विकेट लिए भने जितेन्द्र सिंहले ९ रन दिएर १ विकेट दिए । सबैभन्दा बढी रन रिजन ढकालले दिए । उनले चार ओभरमा १६ रन दिएर १ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया