दर्नाल अन्तर्राष्ट्रिय समावसेवा पदक २०१५ द्वारा सम्मानित

नेपाल भारत दलित मैत्री संघ पूर्वाञचल क्षेत्रीय समितिका अध्यक्ष गोविन्द विश्वर्मा (दर्नाल)को नेतृत्वमा भएको प्रतिनिधि मण्डलले बबु जगजीवनराम कला साहित्य एकाडेमीद्वारा आायोजित अन्तर्राष्ट्रिय विजय सम्मान सम्मेलन २०१५ नयाा दिल्ली भारतमा भाग लिएर प्रतिनिधिमण्डल नेपाल फर्किएको छ । सो प्रतिनिधि मण्डलमा संस्थाका सचिव दिपक विश्वकर्मा, सदस्य गोपाल विश्वकर्मा धनकुटा र सलहकार जागेन्द्र विश्वकर्मा हुनुहुन्थ्यो ।
सो सम्मान समारोहमा नेपाल भारत दलित मैत्री संघ पूर्वाञ्चलका क्षेत्रीय अध्यक्ष गोविन्द विश्वकर्मालाई अन्तर्राष्ट्रिय समाज सेवा पदक–२०१५द्वारा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
सो अवसरमा भारत सरकारमा समाज कलइाण एवम् महिला बालविकास मन्त्री संदिपकुमारको प्रमुख आथित्यमा भएको थियो ।
अध्यक्ष विश्वकर्माले भारतका मन्त्री, पूर्व मन्त्रीहरुसाग र भारतका विभिन्न प्रान्तका दलित अगुवा नेताहरुसाग भेटघाट तथा छलफल गर्दा भारतले लगाएको नाकाबन्दी नयाा बनिने संविधान तराईका तीन जजल्ला टुक्र्याउन नहुने बारे नर नेपालका दतिहरुको अवस्थाको बारेमा छलफल गर्नुभयो । सो छलफलमा भारतका पूर्व केन्द्रीय मन्त्री तथा संसद डा. सत्यनाराण जटिया,, सांस्द रामदार अठावले, सांसद राधेश्याम विश्वास, पूर्व केन्द्रीय मन्त्री दसई चौधरी, पूर्व केन्द्रीय मन्त्री डा.प्रोफेससर सञ्जय पासवान, महाराष्ट्रका पूर्व मन्त्री ववनराव घोलप लगायत दर्जनौ प्रभावशाली भारतीय दलित नेता तथा सांसदहरुसंग भेटवार्ता गर्नुभयो ।
सो कार्यक्रममा विजेपीका प्रभावशाली नेता था पूर्व केन्द्रीय मन्त्री डा. सञ्जय पासवानले भने–नेपाल एउटा सार्वभौम देश हो, बुद्ध जन्मेको देश हो । नेपालको आन्तरिक मामलामा कसैले हस्तक्षेप गर्न नहुने र नेपाल भारतको सम्बन्ध रोटी बेटको भएको बताउनुभयो । हिाल पहाड तराईको जनता मिलेर बसेको हर्न चाहन्छ भारत साथै तराइको नेताहरुलाई पनि जायज माग मात्र
राख्न आग्रह गर्नुभयो । नेपालको नाकाबन्दीमा ८० प्रतिशत कुरा मिलसकेको अन्य बााकी कुराहरु केही दिनभित्र मिल्ने कुरा बताउनुभयो । भारतका धेरै पूर्वमन्त्री तथा दलित नेताहरुले भारतजस्तै नपालमा पनि दलित आरक्षण कोटा सुनिश्चित गर्नैपर्ने कुरा राख्नुभयो । जसले उत्पीडित तथा दलित समुदायलाई माथि उठाउने आरक्षण नै हो, भन्नुभयो । नेपालका नदी नालाबाट निस्केका विद्युतले सिंगो भारतलार्य उज्यालो पार्न सकिने र भारत पनि नेपालमा निर्भर रहने । यसबाट भारत र नेपालको वैशिक व्यपपार समान रुले अगाडि बढ्ने कुरा पनि बताउनुभयो । उक्त कार्यक्रम पश्चात दिल्लीस्थित नेपाली दुतावासले नेपालबाट आउने प्रतिनिधिहरुलाई क्षतिपूर्ति सहितको २३ प्रतिशत आ।क्षण ग्यारेन्टी गर्नुपर्ने र राष्ट्रपति, उपराष्ट्रपति जातीय समुदायको चक्र प्रणलाीको ाधारमा हुनुपर्ने । राजदुत मार्फत नेपाल सरकारलार्य त्इही सुझाव दिन पूर्वाञ्चल क्ष्इोत्रीय अध्यक्ष गोविन्द विश्वकर्माले अनुरोध गर्नुभयो । राजदुत दिपकुमार उपाध्यायले पनि दतिललाई माथि उठाउन आरक्षण कोटा नै नयाा संविधान सुनिश्चित गरिनुपर्ने कुरा राख्नुभयो र नपालमा भएको नाकाबन्दीमा यति लामो समय हुनाको कारण नेपालमा जिम्मेवार तथा शीर्ष नेताले भारत विरोधी गतिविधि नगर्न अनुरोध गर्नुभयो । नेपालमा बोलिएका सबै कार्यक्रमका कुराहरु कार्यक्रम नसकिदै दिल्लीमा जानकारी हुन्छ । त्यस्ता भारत विरोधी कुनैपनि भाषणनगर्न अनुरोध गर्नुभयो ।
नेपाल भारत दलित मैत्री संघका पूर्वाञ्चल अध्यक्ष विश्वकमाल्े भारतका मन्त्री, पूर्वमन्त्रीलाई तथा विभिन्न प्रान्तका दलित अगुवाहरुलाई आगामी कार्यक्रम नेपालको पूर्वाञ्चलमा गरिने जानकराी गराउदै निमन्त्रणा गर्नुभयो । उक्त निमन्त्रणालाई उहाहरुले समेत स्वीकार्नुभएको छ । उक्त सम्मान कार्यक्रम भरतको नयाादिल्लीको मुक्ताधारा सभागृहमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया