खेलकुद क्षेत्रलाई विसुद्ध राखेर विगतका इतिहास हासिल गर्न अब नेपाली खेलाडीहरु लाग्नुपर्ने जोड राष्टिूय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले बताउनुभएको छ ।
सदस्य सचिव विष्टले बुढासुब्बा फुस्टलको उद्घाटन तथा प्रतियोगिताको विजेतालाई पुरस्कार वितरणकाक्रममा यस्तो बताउनुभएको हो । साफ प्रतियोगितामा भारतविरुद्ध नेपालले
राम्रो प्रदर्शन गरेको बताउदै बताउनुभयो । उहाले फुटबल खेललाई विसुद्ध रुपले विकास गरी विगतमा जित हासिल भएका इतिहासलाई जीवन्त पार्न अब नेपाली खेलाडी लागी पर्नुपर्नेमा जोड दिनुभयो ।
बुढासुब्बा फुस्टलको आयोजनामा भएको फाइनल खेलमा आयोजक बुढासुब्बाले केटिएम सेक्युरिटी सर्भिसलाई सर्डेन डेथको आधारमा विजयी हासिल गरेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक सो खेलमा खेल अवधिभर एक एक गोल भएपछि खेल टूाइवेकरमा गएको थियो । टूाइबेकरमा समेत २–२ गोल भएपछि अन्त्यमा खेल सर्डेन डेथमा गएको थियो ।
विजेता हुने आयोजक बुढासुब्बाले टिमले नगद ३० हजार नगद सहित टूफी र प्रमाणपत्र हात पारेको थियो भने दोस्रोमा चित्त बुझाएको केटिएमले नगद १५ हजार, टूफी र प्रमाणपत्र वितरण गरिएको थियो ।
विजेता तथा उपविजेतालाईर् प्रमुख अतिथि समेत रहनुभएका परिषद्का सदस्य सचिव विष्टले पुरस्कार वितरण गर्नुभएको थियो । सो खेलको उत्कृष्ट खेलाडी बुढासुब्बाका विनय श्रेष्ठ घोषित भएका थिए ।
आइतबारबाट शुरु भएको सो प्रतियोगितामा सुनसरीका १४ वटा टिमले सहभागिता जनाएका थिए ।
