बीपी, राष्ट्रियता र मेलमिलाप

विश्वराज शर्मा
नेपाली प्रजातान्त्रिक आन्दोलनका महानायक बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति अवम्बन गरेर
भारतको वाराणशीबाट नेपाल आउनु भएको यही आउादो पौष १६ गते ३९ बर्षमा प्रवेश गर्दैछ । आज हाम्रो सामु बीपी हुनुहुन्न तर कााग्रेसी जनमा बीपीबाट अबलम्बन गरिएका आदर्शहरु हाम्रो मनसपटलमा छाइरहेको छ । वितेको ३९ बर्षसम्म हामीले बीपीलाई कसरी सम्झिरहयौ मुख्य कुरा यही हो । बीपीलाई सम्झदा सधै उहााले अवलम्बन गर्नुभएका, विचार, सिद्धान्त, आदर्श र व्यवहार यी चारै कुराको संगम र चतुर्वेणी हो । उहााको जीवनकाल भरि विचारलाई सबै कााग्रेसीजन माझ र मुलुकबासीहरुलाई बााड्दै जानुभयो । मुख्य कुरा के भने भारत प्रवासबाट नेपाल फर्कदा, राष्ट्र, राष्ट्रियता र प्रतिबन्धित नेपाली कााग्रेस इतर समुदाय वा पञ्चायत इतर समुहमा राजनीतिप्रति ठूलो खाडल थियो । त्यसलाई राष्ट्रिय मेमिलपको व्याख्याले पञ्चायतवादी र प्रजातन्त्रवादीहरुलाई समन्वयमा ल्याउन बीपीले आफ्नो जीवनकालसम्म भरमग्दुर कोशिश गर्नुभयो । त्यसको सुखद
परिमाणकै कारण २०३६ सालमा तत्कालीन स्व. राजा वीरेन्द्रद्वारा शाही घोषा गरी १. सुधारिएको पञ्चायत व्यवस्था वा २. संसदीय शासन प्रणालीबीच जनमत संग्रह गर्ने घोषणा गरेपछि नेपालमा नयाा
राजनीति कोर्ष शुरुवात भएको हो । जनमत संग्रह गरी मुलदुकमा संसदीय व्यवस्थाका हिमायतिहरु आ–आÏनो विचार ििलएर गाउा टोल, जिल्ला र नेताहरु देश दौडाहामा लागेका हुन् ।
राष्ट्रिय मेलमिलापको नीतिले नेपालमा उकुसमुकुस भएर रुमल्लिएको राजनीतिलाई दुईवटा धारमा बााड्न सहजीकरण गरेर नेपाली जनता समक्ष पुग्ने अवसर प्रदान गरेर बीपी त्यसबेलाको राजनीतिको केन्द्रविन्तु बन्न पुग्नुभयो । तर नपाली कााग्रेसका नेताहरुले सदैव बीपीलाई भजाउने, उहााले अवलम्बन गर्नुभएको विचार, आदर्श , सिद्धान्त र व्यवहारप्रति उपेक्षा गरिरहेको पाइयो । बीपीको आदर्श र व्यवहार र सिद्धान्तलाई पछ्याउनुभन्दा, मानमर्दन गर्नतर्फ उहााका अनुज गिरिजाप्रसाद कोइराला पनि संलग्न भएर नपाली प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धीहरुको
रक्षा गर्न अवस्था छैन ।
तसर्थ बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद भट्टराई र हाम्रो पुस्ताको नेताहरु, योगेन्द्र मान शेरचन दिवान सिंह, सरोज कोइराला, जमानसिंह गुरुङ्ग र रामनाराणण मिश्र जस योद्धाबाट हालको नेपाली काग्रेसका नेता तथा उपनेताहरुले उहााहरुबाट शिक्षित हुने मौका पाएन त्यसकारण पनि अद्यावधि नेपाली कााग्रेसको शाख गिर्दो छ । २०४६ सालपछि आजसम्म नेपाली राजनीतिमा सर्वाधिक चर्चित, नाम बीपी कै हुादाहुादै पनि यस विषयलाई अनुसन्धान र खोजखबर नगर्नु नेपाली कााग्रेसका नेताहरुको ठूलो भूल हो । त्यसैले गुरुहरु, आफ्ना चेलाहरुलाई पूर्ण दीिक्षित तुल्याएर समाजमा राष्ट्रमा आफ्नो नाम र चेलाहरुको नाम चम्काएको यथार्थ
पौराणिक कालमा पन िचलिआएको हामीबीच विद्यमान छ । तर दीक्षित छु भन्ने आडम्बरले कसतोसम्म असर पार्छ भने उदाहरण दिन जरुरी सम्झन्छु । एउटा विद्वानको कथन अनुसार पुख्यौली संवेदनशीलताप्रति आत्मसाथ गर्ने राजनीतिले मात्र प्रजातन्त्र भनौ या अहिलेको शब्दमा लोकतन्त्रलाई सुदृढ बनाउादछ ’ लोकतन्त्र र राष्ट्रवादलाई सागैसागै लान सकिएन । मुलुक दुर्घटनामा परिसकेको छ । राष्ट्रवाद र मुलुकलाई सागसागै लिएर हिड्न सक्ने व्यक्तित्वका धनी बीपी कोइराला हुनुहुन्थ्यो । २०१६ ताका आफै प्रधानमन्त्री रहादा हाम्रा दुवै छिमेकी मुलुक सामु वीपीले प्रजातन्त्र र राष्ट्रवादको विषयमा संरक्षण र सम्बद्र्धन गर्दै लगेका धेरै उदाहरणहरु छन्, यस विषयमा लेख आलेख पनि प्रकाशित भएका छन् । यस विषयलाई गम्भीरताका साथ लिएर नेपाली कााग्रेसभित्र रहेका जाागरिला युवा, वौद्धिक समुदाय पपिरश्रमी श्रमिक, अनुभवि व्यीक्तत्व, अटाउन सक्ने नेपाली कााग्रेस पार्टीलाई रुपान्तरण गर्न आवश्यक भएको छ । अद्यावधि नेपाली कााग््रेसमा सांगठित भएका तरुण, विद्यार्थी महिला, शिक्षक, प्राध्यापक, परिश्रमिक, श्रमिक र अन्य समुदायबाट यसललाई आन्दोलनको रुपमा लैजान आवश्यक भएको छ ।
२०४७ सालमा प्रजातन्त्रको पुनर्आगमन भएपश्चात यस मुलुकमा जनताका अधिकारहरु स्थापित भए, प्रेस स्वतन्त्रता भयो मुलुकमा यथेष्ट विकास पनि नभएका होइनन् । तर जनताका आधारभूत आवश्यकता आजसम्म परिपूर्ति भएको छैन । जनता जहााको तही छ । परिवर्तनको नाममा
राजनीति व्यवस्था परिवर्तन भयो । तर आर्थिक परिवर्तन नहुनु बीपीले अवलम्बन गरेका आदर्श, विचार, व्यवहार, सिद्धान्तलाई नपाली कााग्रेसका नेताहरुले सागसागै लिएर हिड्न नसक्नु हो । वा वैचारिक स्थायित्वलाई पन्छाएर सत्ताको लोभ नेताहरुमा प्रसस्त अंकुरित भएर आएइको अनुभूत गर्न सकिन्छ ।
आज मुलुक संकटग्रस्त अवस्थमा गुज्रिरहेको छ । चार महिा लामो मधेश आन्दोलनले नेपाली जनताको अवस्था हीन अवस्थामा पुर्‍याएको हो , कतै बाढी पीडितको चिभ्याहट त कतै भुकम्प पीडतहरुको दयनीय अवस्था खान लाउन र औषधि उपचारको अभाव दिनदिनै मृत्युको शैय्यामा आउदैछन् । सरकार उखान र तुक्कामा मग्न भएर दिनानुदिन नपालीजनतालाई ढाटिरहेको छ ।
अहिले हामी सघीयतामा प्रवेश गरिराखेका छटौं । संघीयताका स्वरु नशासन प्रणाली लोकतन्त्रकै आारमा नेपालको संविधान २०७२ बमोजिम हुनेछ । तर हाम्रा नेताहरुमा संघीयता समबन्धी ज्ञान के कति छ ? संघीयतालाई परिस्कृत पारेर लैजाने दूरदर्शी राजनीतिको आवश्यकता पर्दछ । यस विषयलाई सतर्कता साथ अवतरण गर्ने गराउने काम राजनीतिज्ञको हो । यो विषयको प्रवेश नेपालमा नौलो खालको विषय वस्तु भएकोले यसलाई सतर्कता साथ अवतरण गराउनु हामी सम्पूर्ण नपाली नागरिकहको कााधमा आएको छ ।
जीवनकाल भरि अवलम्बन गर्नुभएका प्रजातन्त्र, सिद्धान्त, व्यवहार र आदर्शको जगमा उभिएर कार्यै गर्नु नै नेपाली कााग्रेसका कार्यकर्ताहरुको कााधमा आएको छ । यही जगमा उभिएर काम गरे संघीयतालाई पनि सम्बोधन हुने र महामानव बीपी कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । र बीपीले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिपालको सार्थकता जन जनमा बढ्दै जाने छ ।

तपाईको प्रतिक्रिया