चिन्धन आउने भो
यो घण्टाघर आजकल बडो अलमलमा पर्न थाल्या छ । हिजो कमलाउ माने कमल थापालाई मण्डले भनेर जुत्ता, चप्पदल र ढुंगा बर्साउने माले र मसालेका कार्जेकर्ताहरु आज तिनैको स्तुतीगान गाएर धुपधुावार गर्न थाल्या छन् । चीनसाग चिन्धन र च्याास माने ग्याासको सम्झौता मण्डले थापाले गरेपछि माले र एमालेका कार्जेकर्ताहरुले सामाजिक सञ्जालमा वाह † वाह† कमलाउ भनेर स्टाटस लेखेको देख्दा घण्टाघर अलमलमा मात्र परेको छैन दिमागै गुम भएको छ । चीनसाग चिन्धन र च्याासको सम्झौता गरेपछि कमलाउ यतिबेला माले र मसालेका नजरमा हिजो भएका छन् । अब चिन्धन र च्याास उत्तरबाट ह्वारह्र्ती आउने भो रे । तर काठमाण्डौबासीलाई चाहिा भुत्लोभाङ्ग विश्वास छैन । भुकम्पले भत्काएको सडक त ओली सरकारले मर्मत गर्न सक्या छैन अनि चीनबाट चिन्धन र च्याास आउाछ ? जे होस् मामा के घोडी मेरे हिही भनेझै
राज्यको ढुकुटी फााक गरेर कमलाउले देश दौडाहाचाहिा मज्जजैले गरे ।
सर्वसाारण त्राही
नयाा संविधानको धज्जी उडाएर पर्धानमन्तरी खप्रओले ड्याम–ड्याम मन्त्रालय फुटाएर वैरागी लग्दा अनुहार र ओपडी नै नभएकाहरलाई धमाधम मन्त्री बनाउन थालेसी पढेलेखेका, जान्ने बुझ्नेमा मात्र त्रास फैलिएको छ ।
उनेरमा त्रास फैलनुको एउटै कारण
रहेछ खप्रओले गोजेहरुलाई त मन्त्री बनाउन छाडेनन्, हाम्लाई के बााकी
राख्थे ? ऐर, गैरे, नत्थु, खैरे सबैलाई मन्त्री बनाउन थालेपछि फ्याट्टै मन्त्री बनाइदिए भने घर परिवारै बिल्लीवाठ हुने चिन्ताले धेरै भुटभुटिन थाल्या छन् । नयाा संविधान लागू गरेरै छाड्छु भनदै हिडेका ओलीले नै संविधान धुलिसात बनाइद्या छन् नयाा संविधानले २५जना भन्दा बढी मन्त्री बनाउन नपाइने, मन्त्रालयको संख्या घटाउनुपर्ने व्यवस्था गरे पनि ओलीबावाले त्यसको ठाडो उल्लंघन ग्िर्दएका छन् । अरुलाई संविधान मिच्न दिन्न, संविधान मिच्ने र नमान्नेलाई कारबाी गर्छु भनेर डुक्रिएका ओलीबा बाटै अब सबैले शिक्षा लिए उत्तम होला ।
लोडसेडि· घट्यो ?
उखान तुक्का हालेर प्यार प्यारती बोल्न जाज्वल्यमान मानिएका हाम्रा पर्धानमन्तरीले आÏनो पदको हनिमुन मनाउनै नपाई आफूले गरेका बााचा उल्लंघन गरेर नेपाली जनतालाई आठौ आश्चर्यमा पारिदिएका छन् । एक बर्षभित्रमा देशलाई लोडसेडिङ्ग मुक्त गर्दिन्छु र तुइन भएका सबै ठाममा पुल बनाइदिन्छु भनेर पर्धानन्तरी हुादा कम्ता उफ्री उफ्री बोल्या थेनन् । भएको लोडसेडिङ्ग घटाउनु त परै जाओस अहिले अझ बढाएर दैनिक एघार घण्टा पुर्याइदिएका छन् भने तुइन भएका कुनैपनि ठाममा पुल बन्ने छााटकाट छैन । गर्न सकिदैन भने नबोल्नु नि । ओली वालाई यस्ता हावादारी गफ कहााबाट आएको होला ? ओली वा पर्धानमन्तरी भएसी’ के के न लछार्लान् भनेर घर घरमा गोजीको पैसा सिनित्त बनाएर दिपावली गर्नेहरु हिजो आज संगुरले ट्वाा परेर जुन हेरेजस्तै ट्वाा पर्न थाल्या छन् ।
संघीयता चल्दैन रे
नेपालमा संघीयता चल्दैन रे उपप्रधानमन्त्री बनेका विचित्रबहादुर केसीले भन्या । संघीयता यो देशमा चल्दैन भन्दै खप्रओको मन्त्री मण्डलमा उपप्रधानमन्त्री बनन पुगेका केसीले कसरी त्यसो भन्न फेरि पनि सक्या होलान् । मुलुकलाई सात प्रदेशमा लैजाने भनेर संविधानमा लेख्या छ । त्यही संविधान अनुसार उपप्रधानमन्तरी पड्काए । त्यही संविधानको व्याख्या गर्न, संविधानलाई
राम्रो छ भनेर प्रचार गर्न हिडेका व्यक्ति नै संघीयता चल्दैन भनेर पाल्पातिर गएर पाल्पाली भड्काउदै छन् । लौ है मन्त्रीहरुले नै सरकारको विरुद्धमा लागेको देखियो । त्यही संविधान अनुसार उपप्रधानमन्त्री पड्काउने अनि त्यही संविधानमा भएको कुरा आफ्नो पार्टी राष्ट्रिय जनमोर्चा मान्दैन भन्दै हिाड्दा अलिकति कुरी कुरी लाग्नुपर्ने हो । लौ है खप्रओ बा चित्रबहादुरले सर्वसाधारणलाई संविधान राम्रो छ भनेर बुझाउलान् भन्या त उल्टै खोइरो खन्दैछन है । बेलैमा बुद्धि पुर्याए वेश होला कि ?
रामचन्द्र वाको धोको
नेप्लीज कााग्रेसको तेह्रौ महाधिवेशन नेर नेर आउन लाग्या छ । पार्टीभित्रको पद कुम्ल्याउन माथिदेखि तलसम्मका नेता कार्जेकर्ताहरु जिउज्यान फालेर लागेका छन्् । तलतिर पार्टीको पद हत्याउन सकेमा ठुटे नेता भइने मास्तिर हत्याउन सकेमा रौनकै अर्को हुने सोचले पदका लालायितहरु त्यसरी लागेको सबैले बुझेका छन् । कहिले उनी उफ्रदै पूर्वतिर आइपुग्छन् अनि कहिले पश्चिमतिर बुर्कुसी मार्छन् । प्रधानमन्तरी हुन्छु भनेर १७ पटक उत्तानो पर्दा पनि नछोड्ने ब्राम्हण परे । अब यस पटकको अधिवेशनमा मलाई सभापति बनाइदिनुस् भन्दै हिडेको देख्दा कार्जेकर्ता पनि छक्क पर्न थाल्या छन् । सुशिल दा’ र शेरबहादुरले आफूलाई निर्विरोध छोड्छन् भन्न पनि भ्याउाछन् । विचरा बाको धोको यसपटक पनि पूरा नहुने छााटकााट देखिएको छ । पद भन्ने कुरा कसैले कसैलाई छोड्छ
र ? अब नेपाली कााग्रेसभित्र कोही पनि गणेशमान हुन तयार छैन । पौड्याल बाजेको कुरो खै बुझ्या ?
विदेशी सुरक्षित
भुकम्पपछि नेपालमा विदेशी पर्यटकहरु आउने क्रम ह्वात्तै घट्यो । झन मधेशवादी दलले आन्दोलन चर्काएसी पर्यटक देख्नै नपाइने अवस्था आयो । पर्यटक देख्दा गति नै परिएला जस्तो भएपछि नेपाल पर्यटन व्यवसायीहरुले एउटा गजबको आइडिया लगाए । उनेरले नेपाल सुरक्षित छ, नेपालमा घुम्न आइदिनुस् भनेर प्रचार प्रसार गरे । वास्तवमा भन्ने हो भने नेपालमा पर्यटकले डराउनै पर्दैन । डराउनुपर्ने त नेपाली नै हो । पर्यटक भन्या दुई चार दिनका पाहुना त हुन् । दुईचार दिन बस्छन् जान्छन् । डराएर बस्नुपर्ने, पीडा र दु:ख त नेपालीले नै सहनुपर्छ । यहाा ग्याास छैन, बिजुली छैन, इन्धन छैन । खप्रओ सरकारलाइ यि चिज देउन भनेर आवाज उठायो भने गोली हान्न बेर छैन । पर्यटकलाई त बाल मतलब पनि हुादैन । ब्लाकमा भएपनि बोलाउनेले दुई चार दिन टार्छन् । कि कसो हौ ?
बद्नाम भयो रे
के निहुा पाऊ कनिकाका बुक्याऊ भन्ने ताकमा बसेका माकुन्याउहरुले खप्रओलाई वाल्वाटारबाट लघार्लान् जस्तो छ । विचाराले हनिमुन मनाउन पाएका छैनन् माकुन्याउको जमातले खोइरो खन्न थाल्या छ खप्रओले जे गरे नि माकुन्याउहरु बुरुक्क उफ्रिहान्छन् । ताप्लजुङ्गतिरका एक जना ठेट्नालाई खप्रओको विरोध गर्न माकुन्याउले नियुक्त नै गर्या छन् । खप्रओले मन्त्रालय फुटाएर मन्त्रीहरु थपे, पार्टीमा कुनै सरसल्लाह हनै
गरेनन् । यसले पार्टीलाई बद्नाम
गरायो भनेर ती ठेट्ना अहिले प्रचारमा लाग्या छन् । थोरै मन्त्रालय छन्
धेरैलाई मन्त्री बनाउनुपर्छ । अनि मन्त्रालय नफुटाएर भयो त ? फेरि खप्रओले पार्टीमा के सल्लाह गर्नु ? उनी आफै पार्टीका अध्येक्षे हुन क्यारे । अध्यक्षेले गरेपछि गर्यो गर्यो । आफ्नै वैरी भन्या यही हो । खप्रओको विरोध अरु प्रतिपक्षेले गर्या तै बरु तै सुहाउाछ । तर आफ्नैले विरोध गर्दाचाहिा घण्टाघरलाई पनि अलि हजम भएन कि जस्तो लाग्यो । हुन त घण्टाघरलाई यो मामलामा केही वास्ता छैन । लुतो न कन्याई ।
अन्तेमा
आन्दोलन गर्दै आएका मधेशी मोर्चाका कार्जेकर्ताहरुले अस्तिका दिन तराईका २२ वटै जिल्लामा सरकारलाई दह्रै धक्का दिने गरी प्रदर्शन गरेछन् । हुन त उनीहरुले विगत चार महिनादेखि घाम पानी, हिउाद बर्षा नभनी सरकारलाई धक्का दिने काम गरिरहेका छन् । उनेरले धक्का दिएसी प्रधानमन्तरीका दूत कहिले पर्धानमन्तरीकै पत्र बोकेर दक्षिणतिर गएर रोई कराई गर्छन्, कहिले सात समुद्रपारी गएर गोहीका आाशु बगाउाछन्, कहिले उत्तरतिर गएर घुाडा धसेर अनुनय विनय गर्छन । मधेशी मोर्चाका धक्काले देशै हरिकंगाल भइसक्दा पनि सरकारमा बस्नेलाई बाल मतलब छैन । भुकम्प पीडितहरु चिसोले सिद्धिउनकी, खान नपाउन । आखिरी खप्रओको सरकार न हो । यस्ता कुराले कही छुए
पो ?
