इटहरी/नेकपा एमाले सुनसरीको दोस्रो जिल्ला परिषद् उद्घाटनका बेला सोमबार समाजका विभिन्न क्षेत्र र पार्टीभित्र योगदान गर्नेहरुलाई सम्मान एवम् कदर गरेको छ ।
प्रधानमन्त्री एवम् कार्यक्रमका प्रमुख अतिथि केपी ओलीले सम्मानित हुनेहरुलाई टीका लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । त्यसरी सम्मानित हुनेहरुमा गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यसमेत रहनु भएको थियो । पूर्वाञ्चलमै पहिलोपटक डिपार्टमेन्ट स्टोरको अवधारणा ल्याई समाजका हरेक क्षेत्रमा सहयोग प्रदान गर्दै आउनु भएका आचार्यलाई प्रधानमन्त्री स्वयम्ले उठेर गई टीको लगाइदिनु भएको थियो ।
