चार महिना भन्दा लामो बन्दको वेवास्ता गर्दै प्रधानमन्त्री ओली कडा सुरक्षावीच इटहरीमा आए सुनसरीको दुहवीमा बजार बन्द गरेर कालो झण्डा देखाउने मोर्चाका ३५ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

धरान/मधेशी मोर्चाले चार महिना भन्दा लामो समयदेखि तराईमा जारी आन्दोलनलाई राजनैतिक निकास दिन असफल प्रधानमन्त्री खड्गप्रसाद ओलीले सोमबार इटहरीमा कडा सुरक्षाका बीच एमाले सुनसरीको दोस्रो जिल्ला परिषद् उद्घाटन गर्दै अब आन्दोलनका नाममा हुने हिासा, तोडफोड, आगजनी र देश विरुद्धका अभिव्यक्तिलाई नसहने बताएका छन् ।
प्रधानमन्त्री ओली विराटनगरबाट इटहरी आउने क्रममा दुहवी तनावग्रस्त देखिएको थियो । दुहवीका स्थानीयबासिन्दाले स्वस्फूर्तरुपमा ओलीको विरुद्धमा बजार पसल बन्द गराएका थिए भने आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुलाई ओलीको आगमन अगावै दर्जनौलाई प्रहरीले पक्राउ गरेको थियो । यद्यपि केपी ओलीलाई आन्दोलनकारीहरुले कालो झण्डा देखाउन सफल भएका थिए । दुहवीका हरेक
घरका छत तथा बरन्डामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले तैनाथी दिएका थिए भने सडकमा समेत प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । इटहरीदेखि
विराटनगरको कञ्चनबारीसम्मै प्रहरीको बाक्लो उपस्थिति थियो भने साधा पोसाकमा सेना समेत परिचालित भएको स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले परिषद्को उद्घाटन गर्दै भने कही व्यक्तिले मेरो
राजीनामा माग्न थालेका छन् तर म
राजीनामा दिन्ना । मैले राजीनामा किन दिने उनले भने । उनले भने आन्दोलनका नाममा भएका हिंसा, तोडफोड, आगजनीलाई हामीले धेरै सहयौं । अब सरकारले सहेर बस्दैन, कानुन बमोजिम कारबाही हुन्छ । देशको सार्वभौमिकता, स्वाधिनता, स्वाभिमानमाथि तलमाथि हुन नदिने प्रतिबद्धता समेत उनले गरे । शान्तिपूर्ण आन्दोलनका नाममा प्रहरी चौकीमाथि आक्रमण गर्ने, आगजनी गर्नेलाई कारबाही गर्दा दमन गर्‍यो भन्ने, उनको प्रश्न थियो । उनले भने आन्दोलनका नाममा अराजक गतिविधि गर्नेलाई सरकारले टुलुटुलु हेरेर बस्नु पर्ने हो ? उनले आफ्नो राजीनामाको प्रसंग बारम्बार उठाएका थिए । बीच बीचमा उनले आफ्नो राजीनामाको प्रसंग उठाउादै भने आफ्नो राजीनामा माग्नुका कुनै अर्थ र तुक छैन । आफूले पत्रपत्रिमा पढको र पत्रकारहरुले समेत आफ्नो राजीनामाको प्रसंग कोट्याउने गरेको भन्दै ओलीले आफूलाई संसदमा प्रधानमन्त्रीमा भोट नाहाल्नेले राजीनामा मागेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले अगाडि भने मैले बारम्बार कााग्रेसलाई पनि
सरकारमा आउन आग्रह गरेको छु । देशले यतिबेला दलहरुबीचको एकता खोजेको छ । उनले भने भुइाचालोले थिलथिलो बनाएको बेला मधेशी मोर्चाले अनुचित र साम्प्रदायिकता भड्काउने माग राखेर आन्दोलन गर्नु अनुचित
हो ? उनले भने जसले साम्प्रदायिकता भड्काउन खोजे पनि नेपाली बीचको एकतामा खलल पर्दैन, उनको कथन थियो जारी संविधानको कुनै धाराले मधेशीमाथि विभेद गरेको छैन । यो एउटा चालमात्र हो । कहाा विभेद गरेको छ मधेशीलाई ? भारतबाट विहे गरेर ल्याएकी बुहारीले नेपाली नागरिकता पाउादिदनन् भनेर हल्ला पिटाइएको छ । ज्वाइालाई नपाली नागरिकता दिन सकिदैन तर बुहारीलई रोकिएको छैन । संविधानमा जारी भए यता ५ सय ७६ जनाले अंगीकृत नागरिकता लिइसकेको दृष्टान्तसमेत प्रधानमन्त्री ओलीले
दिए । उनले झापा, मोरङ्ग, सुनसरीलाई कुनैपनि हालतमा टुक्र्याउन नदिनेसमेत बताए । जनकपुर पश्चिम बसेकाहरुले झापा, मोरङ्ग र सुनसरी पनि चाहिन्छ भन्नु यहााको विकास र एकता भाड्ने षड्यन्त्र मात्र हो । उनले जनकपुरमा
राष्ट्रपति विद्या भण्डारीमाथि भएको दुव्र्यवहारको निन्दा समेत गरे । प्रधानमन्त्री ओलीले भने राष्ट्रपति भण्डारीमाथि भएको दुव्र्यवहार मानव सभ्यताकै कलंक हो ।

तपाईको प्रतिक्रिया