वर्तमान सरकार देश र जनताप्रति जुन रुपमा उदाशीन बन्दै गएको छ त्यो देश र जनताकै लागि अभिशाप प्रमाणित हुादै गएको छ । झण्डै चार महिनादेखि जारी मधेश आन्दोलन केही दिन अगाडि केही शिथिल देखिए पनि हाल सरकारकै कारण उग्र बन्दै गएको छ ।
प्रधानमन्त्री खड्गप्रसाद ओली २०४६ साल यताका सर्वाधिक नालायक प्रधानमन्त्री भएका छन् । चार महिनादेखि जारी आन्दोलनले आम नागरिकको दैनिकी नारकीय बन्दा समेत खोक्रो राष्ट्रवादको डम्फु बजाएर ओलीले नेपाली जनतालाई डरलाग्दो भ्रममा राखेर सत्ता लम्ब्याउने खेल खेलिरहेको वास्तविकता विस्तारै उजागर हुादै गएको छ ।
विगतमा सरकार र मधेशी दलहरुसाग गरेको सम्झौता अक्षरस कार्यान्वयन हुनुपर्ने मधेशी मोर्चाले भन्दै आएको छ भने सरकार विभिन्न बहानामा मोर्चासागको वार्तालाई टाढै गएपछि मोर्चा आक्रामक रुपमा पुन: आन्दोलनमा उत्रिएको छ । हिजो सम्झौता गर्न आनाकानी नगर्ने अनि अहिले कार्यान्वयन गर्न आलटाल गर्दै वार्ताको नाटक गर्ने काम सरकारबाट भइरहेको छ । अब सरकारले मधेशी मोर्चासागको वार्ता निर्णायक हुन्छ भनेर फलाक्ददै गरेको अवस्थामा मोर्चाले आन्दोलनलाई तिब्र बनाएको छ । शनिवार मात्र तराईका विभिन्न जिल्लामा मोर्चाको आन्दोलनले हिासात्मक रुप लिएको छ । मोर्चाको आन्दोलनमा शनिवार मात्र दर्जनौ नेपाल प्रहरी र सशस्त्र प्रहरी घाइते भएका छन् भने आन्दोलनकारीका तर्फबाटपनि सैयौ घाइते भएका छन् ।
यसभन्दा अगाडि नै मधेश आन्दोलनमा सत्तरी जना भन्दा बढीले ज्यान गुमाइसकेका छन भने हजारौ घाइते भएका छन् । सरकारकै नलायकीपनले जारी मधेश आन्दोलनका कारण मुलुकको अवस्था जर्जर र कहालीलाग्दो बन्दै गएको छ । मधेशमा विद्यालयहरु चार महिनादेखि बन्द छन् । जसबाट लाखौ बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । यसले एउटा पुस्ता नै शिक्षाबाट बञ्चित हुने खतरा दखिएको छ । मधेश आन्दोलदन र सरकारको नालायकीपनकै कारण उद्योगधन्दा, कलकारखाना चौपट्ट भइसकेका छन् । उद्योगमा कार्यरत हजारौ मजदुरहरु बेरोजगार भएका छन् । यो राष्ट्रका लागि सबैभन्दा ठलो खतरा हो । उत्पादन कार्यमा संलग्न हुनुपर्ने मजदुरहरु यतिबेला अधिकांश आन्दोलनमा लागेका छन् । कतिपय उद्योगहरुले थोरै परिणममा भएपनि उत्पादन गरिरहेका छन् । उनीहरुले कालो बजारीबाट महागो मूल्यमा इन्धन खरिद गर्नुपर्ने परेको छ ।
आन्दोलनकारीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउनु परेको छ । जसका कारण उत्पादन लागत बढ्न गई ती बस्तु बजारमा महागो मूल्यमा उद्योगीहरुले बेच्नुपरेको छ । यसको प्रत्यक्ष र परोक्ष मारमा आम नागरिक परेका छन् ।
देशको यो अवस्था हुादा समेत सरकार सिंहदरबारमा मात्र रुमलिएको छ । तराईमा त सरकारको उपस्थिति नै छैन । सरकारी कार्यालयहरु बन्द प्राय: हुादै गएका छन् । प्रहरी कार्यालयहरु
सदरमुकाममा धमाधम सर्न थालेका छन् । ग्रामीण क्षेत्रमा भएका प्रहरी कार्यालयहरु जलाइएका छन्, भत्काइएका छन् । तर सत्ताको र स्वादनमै मग्न केपी ओली सरकारलाई यी यावत घट्ना परिघटनाले कुनै अप्ठेरो पारेको छैन । जनताक नाममा बाह्य देशसाग ऋण लिएर भीख मागेर सरकारले मुलुकको अवस्था झन झन दयनीय बनाउदै छ । हुन त जहाा अत्याधिक गरिबी हुादैन, अथवा नागरिकलाई गरिब बनाइदैन तवसम्म कम्युनिस्टको एकाधिकार र वर्चस्व कायम हुन सक्दैन । वर्तमान सरकार अहिले यही दिशातर्फ अग्रसर भइरहेको छ । अन्यथा विद्यमान समस्याको समाधानमा लाग्ने थियो ।
