धरान/ चरम ऊर्जा संकटको समयमा समेत धरान १६ का कृष्ण
भट्टराईलाई भने संकटले अहिलेसम्म छुन सकेको छैन । कारण आफैले घरमा पालेका गाइबाट उत्पादन भएको गुइाठाको प्रयोग र वायो ग्यासको प्रयोग ।
घास दाउराको अभावसंगै सहरी जीवन शैलीमा रुमल्लिएका धरानेहरुबीच भट्टराईले वेग्लै उदाहरणीय काम गरेर देखाउनुभएको छ । भारतले गरेको नाकाबन्दी र मधेशी मोर्चाको आन्दोलनका कारण चरम एलपी ग्यासको अभाव भएर छिमेकीको घरमा विहान बेलुका चुल्हो बल्न सकेको छैन भने यस्तो अभावले उहालाई कहिल्यै छुएन । एक बर्ष अगाडिदेखि नै गाइको गोबरबाट गुइाठा बनाएर दाउराको काम गर्ने र ८ घनको वायो ग्यास उत्पादनबाट एलपी ग्यासको काम गरिरहेको उहालाई यस्तो चरम ऊर्जा संकटको समयमा समेत नछुएको बताउनु हुन्छ उहाा ।
सहरमा बसेर पनि सहरीया जीवनबाट टाढा रहनु भएका उहाले आफैले वैकल्पिक ऊर्जा प्रवद्र्धन गर्न सके कसैको भर पर्नुनपर्ने सुझाव समेत दिनुभएको
छ । एक सिलिण्डर ग्यासको लागि दिन, महिना बिताउनुपर्ने अवस्था सिर्जना गरेको नै नेपाली परनिर्भरता भएर नै हो भन्नु हुने उहाा आत्मनिर्भर बन्न सके केहीले छुन नसक्ने बताउनुहुन्छ ।
त्यतिमात्र हैन उहााले गाइपालनबाट उत्पादन भएको दूधबाट समेत मनग्य आम्दानी गर्नुभएको छ । उहाले गाई पालनबाट नै ८ जनाको परिवारलाई पाल्न मुस्किल नभएको बताउनु हुन्छ ।
उहाले दुई वटा गाइबाट उत्पादन भएको दैनिक २० केजी दूध विक्री गर्ने गर्नुहुन्छ । ७० रुपैयाप्रतिलिटरमा दूध बेच्दा उहाले दैनिक एक हजार ४ सय रुपैया आम्दानी हुने बताउनुभयो ।
गोवरबाट ऊर्जा उत्पादन गर्ने कामसंगै गाइको दूधबाट आम्दानी समेत गर्न सक्नुभएका भट्टराईको उदाहरणीय कार्यलाई सबै नेपालीले पछ्याउन सक्न हो भने अहिले भएको नाकाबन्दी र मोर्चाको बन्दले इन्धन र ऊर्जा अभावमा छट्पटिनु पर्ने थिएन ।
त्र
