धरान/भ्रष्टाचार, अनियमितिता, विकृति र विसंगतिलाई मुख्य मुद्दा बनाउदै सर्वसाधारणका अगाडि छर्लङ्ग पार्दै आएको धरान साप्ताहिकले आÏनो १७ औं बार्षिकोत्सव मंसिर ४ गते शनिवार भव्यताका साथ मनाएको छ ।
वि.सं. २०५६ असार ३ गते देखि नियमित रुपले सञ्चालन भएको धरान साप्ताहिकले हालसम्म दर्जनौ भ्रष्टहरुलाई समाचारको माध्यमबाट कानुनी कठघरामा पुर्याइसकेको छ । भ्रष्टाचार समाजको विकासमा, राष्ट्रको विकासमा सदैव बाधक बन्दै आएको र बाधक बन्ने यथार्थलाई आत्मसात गरी एउटा सचेत नागरिकको हैसियतले निर्भिकतापूर्वक पूर्वाञ्चलमा धरान साप्ताहिकले कलम चलाउदै आएको छ ।
यस क्रममा केही तस्कर, अपराधि र भ्रष्टले धरान साप्ताहिकको सम्पादक माथि विगतमा कायरतापूर्वक आक्रमण समेत गरेका थिए । धम्कीका पत्रहरु अहिले पनि आउने क्रम रोकिएका छैन । धरान साप्ताहिकका विरुद्धमा विषवमन गर्नेहरु पहिलो त भ्रष्ट नै हुन भने दोस्रो आफूले गरेका अपराध लुकाउने नियतले प्रेरित नै हुन् । समाचार लेखेकै भरमा त्यस्ता भ्रष्ट, माफियाले दिने धम्कीले धरान साप्ताहिकलाई विचलित गराउन सक्दैन । धरान साप्ताहिकका पदाधिकारी देख्नासाथ त्यस्ता व्यक्तिहरु शीर निहुर्याएर हिड्ने गरेका छन् । यसमा हामीलाई गर्व छ । हाम्रो एउटा सानो प्रत्यनले त्यस्ता भ्रष्टहरुले समाजमा ठाडो शिर बनाएर हिड्न धेरै पटक सोच्नुपर्छ । हामीले जबसम्म भ्रष्टाचारमुक्त समाज निर्मिाण गर्न सक्दैनौ तवसम्म मुलुकले सही दिशामा फड्को मार्न सक्दैन । साथै हाम्रो विश्वास छ एक दिन त्यस्ता समाजका किरा, धमिरा मानिने भ्रष्टहरु कानुनी घेराबन्दीमा पर्छन्, रुमालले मुख छोपेर हिाड्ने अवस्थामा पुग्छन् । भ्रष्टाचारमुक्त समाज निर्माण गर्न अब सबै सचेत नागरिक अग्रसर हुनुपर्छ ।
जेहोस् हामीले आÏनो स्थापनाको १७ औं वसन्त पूरा गरेका छौं । यसपटक हाम्रो पारिवारिक टोली संसारकै दशौं रमणीय स्थानमा युनेस्कोको सूचिमा रहेको अत्यन्तै रमणीय स्थान धनकुटाको राजारानी पुगी वनभोजमा
रमाएको थियौ । राजारानीलाई प्रकृतिले अनुपम ढंगले सिंगारेकोमा त्यहाा पुग्ने जोकोहीे नकार्न सक्दैन । त्यसै पनि नेपाललाई प्रकृतिले बरदान नै दिएको छ । अग्ला हिम श्रृंखलादेखि तराईका भावरहरुसम्मको यात्रा गर्दा यहाा विविधता पाइन्छ । तर यसको समुचित व्यवस्था गर्न नीति, निर्माण तहमा रहेकाहरुले कहिल्यै सोचेनन् । आजको चरम संकटमा समेत सोच्न सकेका छैनन् । यो नै हामी नेपालीका लागि दुर्भाग्य सावित भएको छ ।
