बसन्तराज भट्टराई
नेपाली कााग्रेसको १३ औं महाधिवेशन संघारमा आइपुग्दैछ । त्यसैले जल्दाबल्दा नेताहरु शक्तिपीठहरुमा आउनेजाने क्रमको शुभारमम्भ भइसकेको छ । त्यसैले नेपाली कााग्रेसभित्रको साठी र चालिसको गणना यस समय अझ तिब्रगतिमा दौडेको स्पष्ट हुन्छ । छाताचौकमा बसेर चिया खानेहरुको भीडले पुन : सुशिलदालाई पार्टी सभापति बनाउन पुग्छ भने ७ नम्बरको भीडले जनताको छोरो शेरबहादुर देउवा नै पार्टी सभापति बन्नुपर्छ भन्ने विचार व्यक्त गर्छ । सर्वप्रथम त यो संस्थापनपक्ष र प्रजातान्त्रिक भनेर छापामा देखिन्छन् यी दुवैका नाम नै गलत छन् । किनकि के संस्थापनपक्ष प्रजातान्त्रिक छैन र ? अनि प्रजातान्त्रिकमा संस्थापनकालमा नेता छैनन् र ? त्यसैले यी दुवैको न्वारान गर्ने मान्छे नै गलत भए । त्यसैले यहाा परम्परित कााग्रेस र क्रान्तिकारी कााग्रेस हुनुपथ्र्याे । अर्थात्
परम्परामा विद्रोह गर्ने कााग्रेस हुनुपथ्र्यो । हुन त सबै कााग्रेस परम्परित नै छन् । तापनि परम्परामा वैज्ञानिककरण गर्ने, आधुनिकीकरण गर्ने अथवा क्रान्तिकारी सोचमा संस्थालाई हिडाउने कााग्रेस भन्न सकिन्थ्यो । किन्तु राष्ट्रिय कााग्रेस र प्रजातान्त्रिक कााग्रेसको मिलिभगतमा बनेको नेपाली कााग्रेस कहिले बीपी काांग्रेस त कहिले सुवर्ण कााग्रेस, कहिले गणेशमानसिंह कााग्रेस, किशुनजी कााग्रेस, गिरिजाबाबु कााग्रेस र देउवा कााग्रेस हुादै यहाासम्म आइपुगेको छ । आफूमा हजारौ हजार समस्याहरु झेलेर, तनाव र संघर्षहरुलाई पार लगाउदै यहाासम्मको यात्रा तय गर्नु नेपाली कााग्रेसको आफ्नै खुवी हो,
भन्नुपर्छ ।
विपक्षमा बस्दा यो पार्टी जति संगठित र शक्तिशाली हुन्छ, त्यति नै कमजोर निरीह सत्तामा बस्दा हुन पुग्छ । यो शायद विधिको विडम्बना नै मान्नुपर्छ । प्रत्येक स्थितिमा विरोधभास र असहमतिहरुले पार्टीलाई जकडिरहेको हुन्छ । हुन त धेरै मस्तिष्कहरु र धेरै दृष्टिकोणहरुको विविधतामा नेपाली कााग्रेस हिडेकोले साझा सहमतिमा नेतृत्वपक्ष पुग्न नसकेको पनि हुनसक्ला । किन्तु पार्टीको मूल्य र मान्यताको दायरामा नेतृत्वकर्ताका सीमा र शक्तिहरुको परकाष्ठाले पदलोलुप्तता अनि सत्ताालिप्साका कारणहरुमा पार्टीले गन्तव्यता प्राप्त गर्न नसकेको स्पष्ट
हुन्छ । अथाहा महत्वाकांक्षा र अनन्त चाहनाहरुमा हिाडेको नेतृत्वकर्ता आफनो मनोवान्छित फलको अपेक्षामा पार्टी र कार्यकर्ताहरुको मर्मभावना र मनस्थितिसाग कुठाराघात गर्दै निजी लक्ष्यलाई प्राथकिमता दिौदै संस्थाको मूल्य मान्यता एवम अस्थित्वकै लडाईलाई कजमोर बनाउन पुग्छ । पार्टीको ऐतिहासिक एवम् पार्टीको गरिमालाई कुल्चेर राजनैतिक तत्क्षणिक शक्तिको आवेशमा अन्तर्निहित भवनाहरुलाई उजागर नगरी, परिणाममुखी भई आफ्नो व्यक्तित्वको हिनतालाई विकृत रुप दिई संस्था एवम् कार्यकर्ताहरुको मस्तिष्कमा द्वेष र घृणाको माहौल बनाउन सफल हुन्छन् । त्यसैले यो शक्तिको एकाधिकारको परिणाम हो भन्दा अत्युक्ति नहोला ।
त्यसैले या त संस्थासागै सति जानुपर्यो वा संस्थाभित्र आमूल
परिवर्तन ल्याउन सक्नुपर्यो । २०१४ सालमा बीपीले सुवर्ण र गणेशमान सिंहलाई सभापतिको उमेदवार बनाउादा उनको मस्तिस्कमा पनि अध्यक्ष बन्ने लहड थिएन होला र ? किन्तु बीपीले संस्कार र कर्मलाई प्रधान बनाएर पार्टीलाई अघि बढाएका थिए । अत : कुनै कुनै बेला पार्टीको इतिहासलाई पनि हेर्ने बानी बसाल्नु पर्यो नि ? कृष्णप्रसाद भट्टराईको पराजितपछि उर्लेको नेपाली कााग्रेसको हदले शेरबहादुर देउवाको संयुक्त सरकारलाई पतन गराउादा हालात र परिणामले चरमोत्कर्ष प्राप्त गरेको इतिहासलाई सच्चा नेपाली कााग्रेसले कहिले पनि भुल्नेवाला छैनन् । त्यसैले यो १३ औं महाधिवेशन कुनै पनि
परम्परालाई जर्गेर्ना गर्ने वा तिनै इतिहासका भित्ताहरुलाई पोस्ने अनि इमान्दार कार्यकर्ताहरुको मनभावनालाई छल्नी छल्नी गर्ने खालको त अवस्य पनि हुने छैन । अनि अघिका महधिवेशनहरुमा गरिएका कुत्सित मनोमालिन्यहरुको भण्डाफोर गर्दै कार्यकर्ताहरुमा असहमति र अन्तर
विरोध मच्चाएर तानव र जटिलताका संज्ञा दिादै खरिद विक्रीका सन्जालहरु सहित संस्थाको अस्तित्वलाई
अध्यारोमा पुर्याउने खालका द्वैध कार्यहरुलाई सच्चा कार्यकर्ताहरुले चनाखो हुनेबेला समेत आएको जानकारी
गराइन्छ । नेतृत्व परिवर्तन नहुञ्जेलसम्म पार्टी र कार्यकर्ताहरुमा जागरुकता नआउनेको यथार्थलाई हृदयांगम गर्दै यसपल्टको महाधिवेशनले धेरै स्थानहरुमा पार्टीको जडपक्षलाई नै हल्लाएर राखिदिने कुरामा पनि दुई मत छ्रैन । त्यसैले नेपाली कााग्रेसले आफ्नो सिद्धान्त आफ्नो विचार र आफ्नो भावना भनी धेरै युद्ध लडिसकेको छ , अत: यो लर्डाइा भनेको प्रत्येक कााग्रेसीहरुको आफ्नो निजी लडाई
हो । त्यसैले १३ औं महाधिवशेन प्रत्येक कााग्रेसीहरुले आ–आÏनै तरिकाले लड्नेछन् भन्दा पनि अत्युक्ति नहोला ।
नेपाली कााग्रेसको अगुवाईमा सविधानसभाबाट संविधान २०७२ लाई पूर्णतामा पुर्याउने प्रधानमन्त्री सुशिल कोइराला पुन: प्रधानमन्त्री बन्ने लहडमा ओलीबाट पराजित भइ एकल सल्लाह र सुझावमा रम्नाले पार्टीको अस्तित्व माथि नै प्रश्नवाचक चिन्ह उभ्याउन पुग्छन् । जसलाई पार्टीले मात्र हैन नेपाली जनताले समेत सत्तालिप्साको परिभाषामा कोइरालालाई व्यक्त गर्न पुग्छन् । साथै सुशिल कोइरालाका नेतृत्वहरुमा पार्टीमा उत्पन्न भएका तनाव र विरोधभाषहरुबाट माथि उठ्न नसकेको यथार्थलाई हृदंगमन गर्दै वर्तमान पार्टीको निकासचाहिा नेतृत्व परिवर्त नै रहेको सत्यतालाई असत्य सावित गर्न सकिदैन । त्यसैले जनताको छोरा शेरबहादुर देउवा नै अहिलेको समयको पार्टी नेतृत्वकर्ता उपयुक्त छन् भन्ने कुरा राजनीतिक विश्लेषकहरु भन्ने गर्छन् ।
आजको नेपाली कााग्रसको स्वरुप्लाई हेर्दा मरुभूमिकमा उभिएको कााडाको वृक्ष झै देखिन्छ । कुनैबेला नेपाली जनताको प्रतिनिधित्व गर्दैै जहाानिया राणा शासनसाग लडेको पार्टी राजालाई सुरक्षा प्रदान गरी पुन:
राजगद्दी प्रदान गराउने पार्टीं । तानाशाही पञ्चायती व्यवस्थाको जरैबाट उखेली जनतालाई प्रजातन्त्र दिने पार्टी, शिखर पुरुष गिरिजाप्रसाद कोइराला, सुवर्ण शमशेर , किशुनजी, सिके प्रसाई, शैलाजा आदिले हााकेको पार्टी, ऐतिहासिक पृष्ठभूमि बोकेर उभिएको पार्टी, आज आफनो मूल्य र मान्यता बिर्सेर आफ्नो अस्तित्व र स्वत्वको खोजमा दोबाटोमा उभिएर रुइरहेको छ । हिजोका दिनहरुमा नेपाली कााग्रेस भनेको बीपी हो र बीपी भनेको नेपाली कााग्रेस हो भनिन्थ्यो । किन्तु आज यो पार्टी दोबाटोमा बसेर सुशिल दा एवम् शेरबहादुर देउवाको मुख हेरिरहेको
छ । साथै आÏना तृक्ष्ण नयनहरुले शशांक कोइराला, प्रकाश मानसिंह, शेखर कोइराला, सुजाता कोइराला,
रामचन्द्र पौडेल, रामशरण महत जस्ता व्यक्तिहरुको अनुहार पनि हेर्ने गर्छ ।
अनन्त द्वन्द्व, तनावहरु असमति र विरोधभाषहरुको पर्खालहरु भत्काउदै अनेकौ बाधा र जटिलताहरुलई पिस्दै, जतासुकै पीडा र कठिनाईहरुलाई पनि पार लाउदै आÏनो हैसियत र क्षमताको प्रदर्शन गर्दै यस स्थितिसम्म आइपुगेको उक्त पार्टीलाई कमजोर निरीह बनाउने नेतृत्वपंक्तिको रुपरेखालाई नेस्तनाबुद गर्दै नवीन नेतृत्वको नौलो संरचनाभित्र पार्टीलाई पुन: अखण्डता प्रदान गर्दै सम्पूर्ण विवादहरुलाई समाप्त गरी संस्थाको नौलो अध्यायको शुरुवात हुन सक्नुपर्यो । यो चाहे परम्परित कााग्रेसले गरोस्, चाहे क्रान्तिकारी कााग्रेसले गरोस् यसमा कााग्रेसका हितचिन्तकहरु, शुभेच्छुकहरु र कााग्रेसका समर्थकहरु साह्रै नै हर्षित हुने थिए । साथै निकट आउदै गरेको १३ औं महाधिवेशन नेपाली कााग्रेसमा सीमा र शक्तिहरुलाई एउटै वृत्तमा उभ्याउन सकोस् भन्ने धारणामा छन् । अत: पूर्वका महाधिवेशनहरुमा नेकाका प्रतिनिधिहरुले बालुवामा पानी हाल्थेअरे, किन्तु यसपल्ट माटोमा नै पानी हाल्नेछन् भन्ने राजनैतिक विश्लेषकहरुको भनाई छ । अत: आÏनो अन्तर्निहित भावनालाहरुलई भित्रै दबाए तापनि सुशिल दाको अनुहारले पुन: पार्टी सभापति बन्ने लहडहरुलाई थुन्न नसकेको स्पष्ट देखिन्छ भने अर्कोतर्फ परम्परित सोच र मान्यताहरुलाई तिलाञ्जली दिादै नेपाली कााग्रेसलाई नौला परिधिहरुमा डोर्याउनका लागि शेरबहादुर देउवाको नेतृत्व लगभग पूर्ण भइसकेको यथार्थलाई दोहोर्याउनुु पर्दैन होला । साथै
गिरिजाप्रसाद कोइरालाको राजनैतिक क्षमता एवम् पदचापहरुलाई पछ्याउने क्रममा शुशिलदाका अनगिन्ती अदूरदर्शी अफलताहरुबाट आएका तनाव र कठिनाइहरुले पार्टीको संगठानात्मक संरचनालाई नै उथलपुथल बनाएर राखेको स्पष्ट भइसकेको छ । त्यसैले अब कार्यकर्ताहरु ्निकास चाहन्छन् । पार्टी र सत्ता दुवैमा । पार्टीको नेतत्वपक्ष पदलोलुप्ता र सत्तालिप्सामा ज्यादै आशक्त रहेको पार्टीको मूल्य र मान्यता अनि जनताको आर्थिक, सामाजिक, राजनैतिक एवम् साास्कृतिक पक्षहरु रुपान्तरित हुन सकिरहेको छैनन् । पार्टीको समष्टीगत चिन्तन र अखण्डतामा नेतृत्व पक्षको ध्यान जान नसक्नु, कार्यकर्ताहरुको भनावा अनुरुप कार्य नुहनु, संस्थाको मूल्य र मान्यतामा खरो उत्रन नसक्नु जस्ता अभियोगहरु नेतृत्वपक्षमा लागेका छन् । त्यसले पनि यो १३ अैं महाधिवेशन आफैमा सशक्त र सक्षम भई आउादैछ । यस महाधिवेशनले मातृकाप्रसाद कोइरालाबाट फड्केको कालखण्डलाई अंकित गर्दै किशुनजीको उपनिर्वाचनका घात प्रतिघातहरुमा समेट्दै शेरबहादुर देउवाको संयुक्त
सरकारलाई पतन पार्ने दलभित्रका वंचारिक द्वन्द्वहरु, विचारविहीन संरचनाहरु समुचित रुपले व्यवस्थापन गर्न नसकेको अभाव र जिम्मेवारीलाई यी सम्पूर्ण पार्टीभित्रका कारकतत्वलाई व्यवस्थित गर्न सक्ने नेतृत्वकर्ता नै यस १३ औं महाधवेशनको महानायक बन्न सक्छ । त्यसैले आधारविनाको अन्तद्र्वन्द्व, दिशा विनाको संगठन कार्यकर्ताविनाको नेतृत्वकर्ता अनि नीति र आचार विनाको पार्टी कहिले पनि काम लाग्दैनन् ।
