धरान/चीसो बढ्दै जादा गिटी कुट्नेहरुको जीवनयापन कष्टकर बन्दै गएको छ । धरानको सेउती र सर्दु खोलामा गिटी कुटेर विहान बेलुका छाक टार्नेहरुकालागिचीसो मौसमसंगै गिटी कुट्दा चोटपटक लाग्ने र आखामा कसिंगर पसेर आखाको समस्या हुने गरे पनि दुई छाक टार्नको लागि बाध्य भएर गिटी कुट्ने कामलाई छाडेका छैनन ।
धरान १७ का ६० बर्षीय गोपाल भुजेलले गिटी कुटेर आफ्नो परिवारको गुजारा चलाएको ३२ बर्ष भयो । २०३५ सालमा खोटाङबाट परिवारलाई सुख दिनको लागि धरान झर्नुभएका उहााले २०४० सालदेखि गिटी कुट्नुभएको हो । ४ परिवार रहेको उहााको परिवारलाई सुख सुविधा दिनकालागि धरान झर्नु भएपनि उहाालाई गिटी कुट्ने कामले अहिलेसम्म छोडेको छैन । यद्यपि शुरुका दिनमा गिटी कुटेर गुजारा अत्यन्तै मुस्किल भए पनि श्रीमति साउदीमा र
छोरा छोरीहरुले समेत ज्यालादारी काम सम्हालेकाले केही सहज भए त्यसले आफ्नो गुजारा नटर्ने भएकोले यसलाई निरन्तता दिनुभएको छ । जाडोसंगै न्यानो लुगा शरीरमा नभए पनि कामलाई निरन्तता दिएपनि गिटी कुट्दा हातखुटामा चोट लाग्नुका साथै आखामा समेत समस्या हुने गरेको उहाको गुनासो छ ।
यस्तै समस्या धरान १७ की ६५ बर्षीया पुष्पाकुमारी परियारको समेत
रहेको छ । १० बर्ष अगाडि आफ्नो श्रीमानको मृत्यु भएको बताउने परियारले समेत गिटी कुटेर नै पाचजना परिवारको लालनपोषण गर्दै आउनुभएको छ । १५ बर्ष अगाडिदेखि गिटी कुट्दै आउनु भएका उहााको समेत धेरैचोटी हातामार्तोलले लागेर चोट लाग्यो, धेरै चोटी आखाको समस्या भएर कामलाई निरन्ततादिन सक्नु भएन ।
गोपाल भुजेल र पुष्पाकुमारी परियार प्रतिनिधिपात्रमात्र हुन् । खोलामा गिटी कुटेर कष्टकर जीवनबिताउनेको संख्या अहिले सैयौ छन् । चीसो मौसम त्यसमाथि पनिउ मेर ढल्किसकेको अवस्थामा समेत परिवारको लालनपोषणका लागि गिटी कुट्नु अनिवार्य जस्तै भएको छ ।
धरानको सर्दु खोला र सेउतीखोलामामात्रै यस्ता गिटी कुट्नेहरुको संख्या धरानउपमहानगरपालिकामा कुनै तथ्यांक नभएपनि २ सयदेखि २ सय ५० जना सम्म रहने गरेको छ । उनीहरुले दिनभरि गिटी कुट्दा मसिक ३ देखि ४ हजार रुपैया आम्दानीहुने गरेको स्वयम् बताउदै आएका छन् । अत्यन्तै कष्टकर काम त्यसमाथि पनि न्यून ज्याला पाउने उनीहरुलाई भारतले गरेको नाकाबन्दी र मधेशीमोर्चाले गरेको लगातारको आन्दोलनले थप मार्कामा पारेको छ । खाद्यान्नदेखि लिएर हरेक सामानको मूल्यवृद्धि भएपनि गिटी कुट्नेको ज्याला भने बढेको छैन । जसले गर्दा घर खर्च चलाउन नै मुस्किल बनेको छ ।
