क्रिकेट संघको कार्य सञ्चालन अधिकार सीईओलाई दिने राखेपको निर्णय

काठमाडौं / राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ क्यानको अन्तरिक विवाद समाधान भएसम्म सम्पूर्ण काम कारबाही गर्ने अधिकार कार्यकारी अधिकृत (सीईओ) भावना घिमिरेलाई दिएको छ ।
राखेपले सोमबार क्यानकी सीईओ घिमिरेलाई जिम्मेवारी दिइएकोबारे पत्र पठाएको छ । पत्रमा क्यानको कार्यसमितिको कार्यकाल सकिएको र हालै भएको भनिएको निर्वाचनलाई राखेपले मान्यता नदिएकाले अर्को निर्देशन नहुादासम्म दैनिक काम कारबाही गर्ने दिइएको उल्लेख छ ।
स्रोतका अनुसार राखेपले एसीसीरआईसीसीसाग पत्रचार एवं समवन्य गर्ने जिम्मेवारी समेत घिमिरेलाई दिएको छ ।
तर, सबै काम गर्दा आफ्नो परामर्श र स्वीकृति दिनु पर्ने राखेपले बताएको छ । राखेपले क्रिकेट संघकी सीईओलाई जिम्मेवारी दिइएको पत्रको बोधार्थ खेलकुद मन्त्रालयमा समेत पठाएको छ ।

तपाईको प्रतिक्रिया