सातौं बाल नाटक महोत्सवका लागि शैलीले माग्यो नाटकको कथा

सात वर्षदेखि निरन्तर नाट्यकर्म गर्दै आइरहेको शैली थिएटरले यस वर्ष पनि फागुनको दोस्रो सातादेखि बाल नाटक महोत्सव आयोजना गर्ने भएको छ । सुरुवातिदेखि नै बाल नाटक महोत्सव गर्दै आइरहेको शैली थिएटरले सातौं बाल नाटक महोत्सवका लागि स्क्रिप्ट पनि आह्वान गरेको छ ।
बालबालिकासाग जोडिने तर बालकालिका एवं समाजमाथि नैतिक आचरण तथा मनोवैज्ञानिक आाच नपुर्‍याउने जुनसुकै कथाले महोत्सवमा भाग लिन पाउने आयोजकले जनाएको छ ।
रुसी साास्कृतिक केन्ऽमा हुने महोत्सवमा भाग लिन चाहने विद्यालय तथा संघसास्थाले पुस २४ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म केन्ऽमा सम्पर्क गर्न सक्नेछन् ।
अधिकतम १२ जना कलाकार र एक घण्टा समयावधि तोकिएको महोत्सवमा उत्कृष्ट सात समुह रव्यक्तिलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
जसमध्ये पुरुष र महिला दुवैतर्फ ‘शैली उत्कृष्ट अभिनय पुरस्कार’मा सात–सात हजार, ‘चेखव उत्कृष्ट निर्देशन पुरस्कार’मा पााच हजार, ‘बालकोसेली उत्कृष्ट नाटक पुरस्कार’मा पााच हजार र महिलारपुरुष दुवैतर्फ ‘शैली प्रोत्साहन पुरस्कार’मा तीनरतीन हजार धनराशीको व्यवस्था गरिएको छ ।
अन्तिममा नाटकमा भाग लिएका सबैलाई प्रमाण पत्र दिइने आयोजकको भनाई छ ।

तपाईको प्रतिक्रिया