धरान/ सुनसरीमा रहेका खेलकुद पत्रकारहरु संगठित भएका छन् । खेलकुद पत्रकारीता गर्दै आएका तथा खेलपत्रकारीतामा रुची राख्ने क्रियाशिल पत्रकारहरुले खेलकुद पत्रकारीताको विकास गर्ने उदेश्यले खेलकुद पत्रकार मञ्च गठन गरेका हुन् ।
धरानमा आयोजना गरिएको पत्रकारहरुको भेलाले अन्नपूर्ण पोस्टमा कार्यरत पत्रकार रत्नप्रसाद आचार्यको अध्यक्षतामा नौ सदस्य खेलकुद पत्रकार मञ्च गठन तदर्थ समिति गठन गरेका हुन् । मञ्चको तदर्थ समितिको उपाध्यक्षमा न्यूज २४ टिभीका टिभीजर्नालिष्ट सन्तोष काफ्ले, सचिवमा नागरीक दैनिकका रोहित राई, सहसचिवमा एक्शन टाईम्सका राजन सुवेदी र कोषाध्यक्षमा मर्निङ टाईम्स दैनिकका दिनेश गजमेर चयन भएका छन् । त्यस्तै गरी सदस्यहरुमा शुक्रवार साप्ताहिकका गोपाल दाहाल, एभिन्युज टेलिभिजनका मिलन बुढाथोकी, औजार दैनिकका रणध्वज लोहार र लक्ष्मी दर्नाल चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले सुनसरीमा खेलकुद पत्रकार मञ्च गठनले जिल्लाको खेलकुद पत्रकारीतको विकासमा थप मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाले महासंघको तर्फबाट मञ्चलाई सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभएको छ ।
