घण्टाघरबाट हेर्दा

के गर्नु त्यो तोर्मा
हाम्रा पर्धानमन्तरी खप्रओ अस्तिका दिन सेनाको हेलिकोप्टर चढेर भुकम्पले खरखार बनाएको गोर्खाको
वारपाक पुगेछन् । भुकम्प पीडितहरु लगलग काापेको, खान र बस्नको लागि एउटा झुपडी समेत नभएको ओलीले हेलिकोप्टरबाट ओर्लनासाथ देखेछन् । विचारा ओली भक्कानिएछन्, आाखाबाट बग्ने आाशु घुाडाबाट तर्रर बगेछ । साह्रै भावुक पर्धानमन्तरी † तत्कालै उनले भुकम्प स्मारक बनाउने घोषणा गरिहाले । त्यसरी भुकम्प स्मारक बनाउादा भुकम्प पीडितहरु खुशीले गदगद होलान् भन्ने खप्रओले कत्रो विश्वास थियो । तर ठ्याक्कै उल्टो भयो । छाना, नाना र खानाको दह्रो व्यवस्था होला भनेर विचाराहरुले खप्रओबाट आशा गर्‍या रै’छन तर खप्रओले भुकम्प स्मारक बनाउने भनेर डंका पिटेसी’ उनेरु खिन्न भा’रैछन् । उनेरु उफदै थिए हैन त्यो भुकम्पको स्मारक तोम्रो हाम्रा हामीले चपाउनु कि टोक्नु हा ? विचरा पीडितहरुको भनाई पनि ठीकै हो । पहिला खाना, नाना र छानाको व्यवस्था पो हुनुपर्छ । बुद्धि नै उल्टो पर्‍या पर्धानमन्तरी भएसी कस्को के लाग्छ
र ?
मधेशमा हुँदैन रे
सत्तामा बसस्नेहरुको बुद्धि देख्दा हिजो आज घण्टाघरलाई कर्ठैबरा भन्न मन लाग्न थाल्यो । सत्तामा बसेपछि बुद्धि पनि खुइलिएर सफाचट हुादो रै’छ कि क्या हो । अब हेरौ न मधेशवादी दलले अब सरकारसाग वार्ता भयो भने मधेशमा मात्र हुन्छ भन्नासाथ सत्ताको लिटो खाएर तडकभडक गर्न थालेका प्रदीप ज्ञवालीले वार्ता मधेशमा हुादै हुादैन भनेर बोलेछन् । ज्ञवालीले त्यसरी बोलेको देख्दा घण्टाघर पनि फ्याल पर्‍यो । कस्तो विव्यााटे बुद्धि भएका हुन् ती ज्ञवाली ? मधेशमा वार्ता हुादै हुादैन रे ? किन हुादैन मधेशमा वार्ता ? के मधेश छुट्टै देश हो ? सिंहदरवार, पााचतारे होटल, रिसोर्टमा वार्ता हुन्छ भने मधेशमा वार्ता किन हुादैन । हिजो १२ बुादे सहमति दिल्लीमा गएर गर्नुहुने अनि मधेशमा मधेशी मोर्चासाग चाहिा वार्ता गर्न किन नहुने ? यस्तो मति भएका नेताले यो देशलाई कहाा पुर्‍याउने हुन कुन्नि ? बिनास काले विपरीत बुद्धि भन्या यही हो ।
वार्ताको औचित्य सिद्धियो
मधेशी मोर्चाका नेताहरुले भन्या सरकारसागको वार्ताको औचित्य सिद्धियो रे । कुरा त मधेशी मोर्चाले ठीकै गरे । जहिल्यै निर्णायक वार्ता भनेर सरकारले सिंहदरबारमा बोलाउाछ भनी खप्रओको उखान तुक्का सुन्दै चिया विस्कुट खाएर फर्कदा फर्कदा विचरा मधेशी नेताहरु वाक्क भएछन् । त्यै भर उनेरले अस्तिका दिन भन्दिए अब सरकारसागको वार्ताको औचित्य सिद्धियो । विचरा मधेशवादी दलका नेताहरु आजचाहिा निर्णयक वार्ता होला भनेर सिंहदरबार छिर्छन् । फर्कदा उही हिस्सा बूढी हरिया दाात । वार्ताचाहिा नहुने अनि वार्तामा बसेर मात्र विचराहरुले के गरुन त ? त्यै भएर उनेले अब
सरकारसागको वार्ताको औचित्य सिद्धिएको भनेर विट मारिदिएछन् ।
खाओवादीले सिद्याए
अब माउवादी भन्ने पार्टी लोप हुने भएको छ रे । पेरिस डााडातिरका खाओवादीले भन्या माउवादी पार्टी नै
नरहने स्थिति भयो रे । होला पनि छिचिमिरा जस्तै हुरुरु आएको पार्टीका पाखेटा जति सबै काटिन थाल्या छ । अब त पखेटा बिनाको विरुप चरा जस्तै भा’छ माउवादी । अब हेरौ न प्रचण्डाउ ज्यान गए नि अध्येक्षे पद छोड्न मान्दैनन् । आजीवन अध्येक्षे हुने उनको सोचले अब माउवादी कित आर्जेघाट कित अस्पताल पुग्न लाग्यो रे । पेरिस डााडामा पुगेर फर्केका अगुवाले भन्या । पहिला मात्रिकाले छोडे, त्यसपछि वैधाउ बाटो लागे, त्यसपछि नेत्रविक्रम चन्द उछिट्टिए अहिले आएर बाउराम भट्टराई अलग्गिएका छन् । मुर्दालाई जुम्राले सुई सुई छाडेर हिडेजस्तो प्रचण्डाउलाई सबैले छोडेर हिडे पनि आफू एक्लै भएपनि अध्येक्षे पदचाहिा प्रचण्डाउले नछोड्ने भए । चमडी जाए पर दमडी नजाए भन्ने निर्णयमा प्रचण्डाउ पुग्या
रै’छन् । ल बधाई छ है प्रचण्डाउ ।
लुतो न कन्याई
हिजो जसले भकुर्‍यो आज तिनैको शरणमा परेर परराष्ट्रमन्त्री भैटोपलेका कमलाउको फूर्तिफार्ती यतिबेला सानो छैन । के के लतारुला भनेर केही दिन अगाडि भारत गा’थे फर्कदा हात लागी सुन्ना । अहिले फेरि बेलायत पुगेर आए तर उही सत्तरीको सात हातलागी सुन्ना । बेलायतका दुई चार जना बेकामे, बोली नबिक्ने सडकछापे कुइरेसाग भेट गरेछन् । तर फूर्ति सानो हैन । नेपालीलाई स्वतन्त्र आाखाले हेरिदिनु पर्‍यो भनेर तिनै सडक छापहरुसाग अनुनय विनय गरेछन् । कौन पुछे खेसडीका दाल भनेझै कमल थापा जस्ता नेपालका परराष्ट्र मन्त्रीलाई बेलायत सरकारले के घाास हाल्थ्यो ? यता नेपालमा आएसी’ चाहिा थापाले निक्कै खोक्न भ्याएछन् । आखिरी राज्यको ढुकुटीबाट बेलायत घुमघाम गरेर आएप्छि आलु खाएर पिडालुको धाक त लगाउनै पर्‍यो । कि कसो हौ ?
थाहा छैन रे
हैन हौ यो देशमा राजनीति गर्नेहरु कोही इमान्दार छैनन् ? नेपालका नेताहरुमा इमान्दारिताको खडेरी परेकै हो त ? नत्र भने त्यतिका लामो समयसम्म सभामुख पद पड्काएका सुभाषचन्द्र नेम्वाङ्गले त्यति ठूलो झुटो त नबोल्नु पर्ने हो ? वास्तवमा यहाा इमान्दार नेताको खडेरी परेकै रै’छ । खप्रओको सरकारले हिजो सत्ता र पदमा बसेर टन्न लुाड्याएकाहरुलाई घर, गाडी, भत्ता, सुरक्षा लगायतका सम्पूर्ण कुरा दिने निर्णय गरेर दिई सक्या छ, तर हाम्रा सुचनेलेचाहिा आफूलाई थाहा नभएको भन्दै इलामतिर बतासे गफ छाटेछन् । त्यै सरकारले उपलब्ध गराएका गाडीमा अगुवा पछुवा लगाएर हिाड्ने अनि गाउाका सोझा सिधालाई बतासे गफ गरेर उल्लु बनाउनु हुन्छ ? दलका नेता कार्जेकर्ता लोभिपापी भएसी इमान्दारहरुको यतिबेला मुलुकाा जोडदार खडेरी पर्‍या छ ।
कहाँ जान्छ पैसा ?
भगवान चाहे तो छप्पर फाडकर देता है भन्या हो रै’छ । यतिबेला खप्रओको त्रिशंकु सरकारलाई भगवानले चारैतिरबाट छप्प्पर फाडकर दिइरहेका छन् । कुन दिन भगवानले गााड फोरेर लिन्छन् तिनका बाबुका पिण्ड । अब हेरौ न दातृ राष्ट्रले भुकम्प पीडितको पुनस्र्थापनाका लागि पैसा देका देयी छन् । तर भुकम्प पीडतसम्म पुग्नै पाउादैन । अस्तिका दिन जापानले फेरि २३ अर्ब चार करोड रुपैया दिएछ । भुकम्प पीडितभन्दा मन्त्री दलका नेताहरुले माल पड्काएका पड्कायै
छन् । दाताहरुले पनि भुकम्प पीडितहरुलाई नै थप थप पैसा दिनु नि भुकम्प पीडितका नाममा अरुले महल ठड्याएका छन् गाडी किनेका छन् । हे भगवान † त्यो अख्तियार कहिले यस्ताका घरमा पस्ला हा ?
अन्तेमा
फोकटिया र सित्तैमा खाने बानी परेपछि सबै अल्छे हुन्छ भन्थे हो रै’छ । अब हेरौ न भारतबाट इन्धन आएन, भारतले नाकाबन्दी गर्‍यो भनेर चीनका शरण पर्न पुगेका सरकार मेहनतै
नगरी इन्धन पाउन गति छाडेर लाग्या छ । अब त चेत खुल्यो, सरकारले केही गर्ला, यही माटोमा पेट्रोल डिजेल खोज्ला भन्या त फुइय्याा हुन्थ्यो ?
शरण पर्न आएकाहरलाई मरण दिनु हुादैन भनेर उत्तरका भोटेहरुले छिङ्गगाई प्रान्तदेखि केरुङ्गसम्मको एक हजार आठसय पचास किलोमिटरसम्म हाल आफै ढुवानी गरेर तेल ल्याइदिने भएका छन् । तर नेपालका ट्यांइकरहरुलाई चीनतिर प्रवेश गर्न भने नदिने भएका छन् । अरुले बोकेर ल्याएर कहिलेसम्म दिने हो कुन्नि । सित्तिमा खाने बानी परेकाले यो कुरा किन नसोच्या होलान् ? कुण्ड कुण्ड पानी मुन्ड मुन्ड बुद्धि भन्या यही हो ।

तपाईको प्रतिक्रिया