साफ च्याम्पियनका लागि राष्ट्रिय खेलाडी चयन

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पत्रकार सम्मेलन गरी २० सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । भारतमा पुस ८ देखि १९ सम्म हुने नवौं साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सले अनिल गुरुङको कप्तानीमा नेपाली टोलीको घोषणा गरेका हुन् ।
एशियाली फुटबल महासंघले यसअघिका कप्तान सागर थापा र उपकप्तान सन्दिप राईलाई म्याच फिक्सिङ गरेको भन्दै आजिवन प्रतिबन्ध लगाएपछि अनिलले नेपाली टोलीको कप्तान बन्ने मौका पाएका हुन् । प्रशिक्षक प्याट्रिक ओसेम्सले विराज महर्जन र
रोहित चन्दलाई उपकप्तानको जिम्मेवारी सुम्पिएका छन् । मिडफिल्डर नवीन लामा र गोलकिपर अमृत चौधरी राष्ट्रिय टोलीमा पहिलोपल्ट पर्न सफल भएका छन् ।
२० सदस्यीय नेपाली राष्ट्रिय टोली
गोलकिपर स् किरण चेम्जोङ, विकेश कुथु र अमृत चौधरी
डिफेन्डर स्रन्जित धिमाल, रविन श्रेष्ठ, जितेन्ऽ कार्की, अनन्त तामाङ, आदित्य चौधरी र विराज महर्जन
मिडफिल्डर स् रोहित चन्द, जगजित श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, योगेश गुरुङ र नवीन लामा
फरवार्ड स् अनिल गुरुङ, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अञ्जन विष्ट
साफ च्याम्पियन सिपमा नेपाल आयोजक भारत र श्रीलंकासागै समूह ‘ए’ मा छ । अर्को समूहमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, माल्दिभ्स, बंगलादेश र भुटान छन् ।
साफअघि नेपाली टिमले पुस २ गते  ढाकामा बंगलादेशसाग मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेलका लागि नेपाली टोली मंगलबार  बंगलादेशको ढाका प्रस्थान गर्ने छ ।
त्र

तपाईको प्रतिक्रिया