धरान/ नेपालमा अहिले प्लटिङ
गरेर जग्गा खरिद गर्नेको जमात अत्यन्तै ठूलो रहेको छ । मापदण्डविपरीत जथाभावि प्लटिङ गर्दा बनविनास, भुक्षको भय तथा अव्यवस्थित शहरको विकास क्रमले तिब्रता पाउदा शहरको स्वरुप नै कुरुप बन्दै गएपनि यसतर्फ सरकारले कुनै ध्यान दिन सकेके छैन ।
नेपाल सरकारले केही सहरहरुलाई नमूना सहर बनाउने निर्णय गरेपनि यस्ता अव्यवस्थित प्लटिङ्गलाई रोक्ने कुनै गुरुयोजजना ल्याउन सकेको छैन । प्लटिङकै कारण दिनप्रतिदिन खेतियोग्य जमिन समेत घडेरीमा परिणत हुदा कृषि प्रधान देश भनेर चिनिएको नेपालमा खाद्यान्न समेत भारतबाट ल्याएर खानुपर्ने अवस्था सिर्जना भइसकेको छ ।
यस्तो समस्या धनकुटा जिल्लाको ६ नं. बुधबारेमा समेत देखिन थालेको छ । मानववस्ती चापसंगै पहाडी क्षेत्रको यो भूभाग प्लटिङकै कारण अव्यवस्थित सहर बन्दै गएको छ एकातिर भने अर्कोतिर भुक्षयको समेत प्रवल सम्भावना बढेर गएको छ ।
राष्टिूय भू(उपयोग नीति–२०६९ को उद्देश्यको एउटा बुादाले भन्छ ‘विकास र वातावरण बिच सन्तुलन कायम गर्ने ।’ तर, बुधबारेको हालको नक्सालाई हेर्ने हो यो बुदाले केही काम गरेको देखिदैन ।
स्थानीय निकायहरुलेसमेत वातावरण विनास गर्दै प्लटिङ गर्दासमेत यसतर्फ ध्यान दिएका छैनन् । तर, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २०७१ कात्तिक ११ गते ७५ वटै जिल्लामा लागू हुने गरी स्थानीय विकास मन्त्रालय र देशभरका गाउ विकास समितिलाई पत्राचार गर्दै अनुमति बेगर जग्गा प्लटिङ गरेर बिक्री वितरण गर्न/नगराउन निर्देशन दिइसकेको छ ।
अहिले विभिन्न स्थानबाट प्लटिङ गर्नको लागि सामूहिक रुपमा त्यो ठाउामा पुग्न थालेका छन् । नयाा(नयाा बस्ती बस्न थालेपछि चारवर्ष यतादेखि पहिरोसमेत जान थालेको स्थानीय बताउाछन् । प्लटिङले खानेपानीको स्रोतहरु सुक्न थालेका छन् । प्लटिङले वर्तमानमान मात्र हैन भविष्य ठूलो विकराल ल्याउने स्थानीय महिला अगुवा दिलकुमारी राईको भनाई छ ।
त्यस्तै भनाई स्थानीयबासी विष्णु श्रेष्ठको भनाई छ । प्लटिङका कारण अवको १० वर्ष पछि नै बुधबारेले क्षति बेहोर्ने सम्भावना बढेर गएको उहाको भनाई छ ।
अहिले बुधबारे आसपासका क्षेत्रमा स्काभेटर प्रयोग गरेरै प्लटिङ गरिएको छ । जस्ले गर्दा केही क्षेत्र अहिलेदेखि नै भूक्षय सुरु भइसकेको छ ।
विगतको भन्दा सहरीकरण बढेको तर खतरा त्यो भन्दा दोब्बर बन्दै गएको स्थानीय अग्रज नारदमणि चौलागाइको भनाई छ । यसलाई समयमै नरोक्ने हो भने यसले भविष्यमा विकराल रुप लिने उहाको समेत ठम्याई छ ।
जस्ले गर्दा कस्तो स्थानमा प्लटिङ गर्ने र नर्गने भन्ने बारे प्लटिङकर्ताहरु नै अनभिज्ञ देखिन्छन् । प्लटिङकर्ता नगेन्द्रकुमारले आफ्नो जग्गाको बन विनास गरेरै प्लटिङ गरेका छन् । जस्ले गर्दा नेपाली सेनाको श्री मेहर गुल्म कालान्तरमा भूक्षयको जोखिममा पर्ने सम्भावना बढेर गएको छ ।
