मिकमा नि:शुल्क कम्प्युटर शिक्षा

धरान/विगत २१ बर्षदेखि कम्प्युटर सम्बन्धी विभिन्न तालिम दिदै आएको मिक कम्प्युटर प्रा.लि. धरान ५ ले यसपटक पनि नि:शुल्क कम्प्युटर शिक्षा सञ्चालन गर्ने भएको छ । आर्थिक अभावमा कम्प्युटर शिक्षा लिनबाट बञ्चित भएकहरलाई कम्प्युटर त्रान दिने उद्देश्यले स्विट नपालको आर्थिक सहयोग र मिक कम्प्युटरको प्राविधकि सहयोगमा सञ्चालन हुने कम्प्युटरको प्राविधिक सहयोगमा सञ्चालन हुने कम्प्युटर शिक्षा कार्यक्रमका लागि
फारम खुलेको छ ।
यो कार्यक्रम अन्तर्गत ५ सय २५ जनालाई नि:शुल्क तालिम दिइने बताइएको छ । तीन महिनामसम्म सञ्चालन हुने कार्यक्रममा बेसिक, हार्डवेयर, डिपिटी,  ढाटाबेस, मल्टिमिडिया, ग्राफिक्स डिजाइन, वेव डिजाइन, सर्भर नेटवर्किङ्गको तालिम दिइने प्रा.लिका प्रबन्ध निर्देशक राजकुमार थोप्राले बताउनुभयो । कम्प्युटर सिक्न चाहनेले पुष २९ गतेसम्म फारम भर्नुपर्ने र
फराम भर्नेहरुमध्ये अन्तरवार्तामा छानिएका ५ सय २५ जनालाई माघ ११ देखि प्रशिक्षण दिइने थोप्राले जानकारी
दिनुभयो ।
उहाले दिएको जानकारी अनुसार।, छनौटमा परेकालाई शतप्रशित छुट हुने र छनौटमा नपरेकाहरुलाई  समेत ७५ प्रशित छुट दिइने बताउनुभयो । २१ औं शताब्दीको युग प्रविधिको युग भएको भन्दै हालसम्म हजारौ युवायुवतीहरुलाई यस प्रा.लि.बाट कम्प्युटर शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको र आगामी दिनमा समेत यस्ता कार्यमा प्रा.लि. दत्तचित्त भएर लाग्ने समेत सञ्चालक थोप्राको भनाई छ ।

तपाईको प्रतिक्रिया