धरान/ विजयपुर हस्पिटल प्रालि धरानले सिटी स्क्यान सेवा शनिबारबाट सुरु गरेको छ ।
धरान ९ मा रहेको प्रा.लिले अढाई महिनाअघि नै सेवा सुरु गर्ने तयारी
गरेपनि नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण सिटी स्क्यान मेसिन भारतबाट आउन नसक्दा सेवा शुरु गर्न सकेको थिएन ।
विजयपुरले ल्याएको जापनीज तोसिबा कम्पनीको मल्टि स्लाईस सिटी स्क्यान मेसिन सुरु गरेपछि धरानका
विरामीलाई विराटनगर धाउनु नपर्ने भएको छ । धरानमा दुर्घटनाका विरामी धेरै आउने भएपनि तुरुन्त सिटी स्क्यान गर्न समस्या हुादा विराटनगर रिफर गर्ने गरिएको थियो । विपी प्रतिष्ठानमा २ वटा सिटी स्क्यान मेसिन भएपनि मेसिन बिग्रिरहने र पालोमा बस्नु पर्ने हुादा विरामी हैरान थिए । धरानकै धरान इमेजिङमा पनि सिटी स्क्यान हुने गर्छ । विजयपुरले भने आधुनिक प्रविधियुक्त मेसिन ल्याएकाले अब सिटी स्क्यानकै लागि धरान बाहिर जानु नपर्ने निर्देशक खतिवडाले बताउनुभयो । बिपीमा
न्युरोसर्जन भएपनि सिटी स्क्यान पर्याप्त नहुादा विरामी विराटनगर रिफर हुने उहाको भनाई छ ।
दैनिक ५० जना विरामीको सिटी स्क्यान गर्न सकिने तोसिबाको सो मेसिन सुनसरीमै पहिलोपटक ल्याइएको अस्पतालका अध्यक्ष खतिवडाको भनाई छ । अस्पतालले २०७२ सालभित्रमा न्यूरोको उपचार सुरु गर्ने भएकाले त्यसैको पूर्वाधारका रुपमा पनि सिटी स्क्यान सुरु गरिएको हो ।
दुई वर्षअघि सुरु भएको विजयपुर हस्पिटलले एक सय शैयामा उपचार सेवा सञ्चालन गरिरहेको छ । मेडिसिन, हाडजोर्नी, बालरोग,स्त्री रोग, मानसिक रोग, नाक, कान, घााटी,
रेडियोलोजीसहित आकस्मिक सेवा समेत उपलब्ध गराईरहेको छ ।
