लागू औषध डिलर पक्राउ

धरान/ लागुऔषधको कारोबार गर्दै आएका धरान ८ लांघालीचौकका २४ वर्षीय सन्दिप भनिने सन्जु गुरुङलाई
धरान प्रहरीले पक्राउ गरेको छ ।
धरानको भोटेपुलमा लागुऔषध बिक्री गरिरहेको बेला शुक्रबार राती ११ बजे पक्राउ परेका गुरुङलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो । उनको साथबाट नाईटूोजन २१ गोटी, स्पामोप्रोक्सिभन ५४ क्याप्सुल र को २ प ९२६४ नम्बरको मोटरसाईकल बरामद भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक मिलन भट्टराईले बताउनुभयो ।
गुरुङ लामो समयदेखि लागुऔषधको डिलरका रुपमा रहेको र यसअघि पनि पक्राउ परेर छुटेको
निरिक्षक भट्टराईले बताउनुभयो ।
धरान ८ का स्थानीयवासीका अनुसार गुरुङले धरानको तीनकुने स्थित प्रहरी बिटका प्रहरीसूग मिलेमतो गरी लागुऔषधको कारोबार गर्ने गरेका थिए । पक्राउ परेको मोटरसाईकलपनि गुरुङले एक प्रहरीबाटै किनेका थिए ।
त्र

तपाईको प्रतिक्रिया