जाडोका न्याना लुगामा अत्याधिक भीड
जाडोको मौसम, त्यसैपनि हरेक मानिसलाई न्याना लुगाहरुको चाहना हुनु स्वभाविक हो । तर आफूलाई चाहिए जस्तो न्याना लुगाहरु खोज्दै भौतिरिनेहरुका लागि गोरखा डिपार्टमेन्ट स्टोर नै सबैका लागि गन्तव्य स्थान भएको छ । आÏना ग्राहकहरुको चाहना र मौसम प्रतिकूलतालाई ध्यानमा राखी स्टोरले अनेकौ प्रकारका न्याना लुगाहरु ल्याएको छ । सिंगापुर, हङ्गकङ्ग, थाइल्याण्ड, कोरिया, जापान,
भारत र नेपालमा समेत तयार गरिएका त्यस्ता न्याना लुगा खरिद गर्ने उपभोक्ताहरु गोरखा डिपार्टमेन्ट स्टोरमा विहानैदेखि देखिन्छन् । कार्तिक अन्तिम सातादेखि नै यस्ता न्याना लुगाहरुको विक्री बढेको छ ।
अझ डिपार्टमेन्ट स्टोरको पााचौ तलामा आÏना नानीहरुका लागि खोजेजस्तो र नानीहरुले रोजेजस्तो कपडा छान्नेहरु दंग देखिन्छन् । बाहिरी बजारमा अक्सर नपाइने यदाकदा पाइहालिए पनि अत्यन्तै महागो मोलमोलाई गर्नुपर्ने झन्झटबाट मुक्त पाउन पनि नानीहरुको न्याना लुगा किन्न पनि अभिभावक त्यहाा पुग्छन् । जन्मेदेखि ५ बर्ष मुनिका नानीहरुका लागि डिपार्टमेन्ट स्टोरको पााचौ तला प्रख्यात छ । ट्राउजर, ज्याकेट, टावल, टोपी, जुत्ताका नयाा नयाा डिजाइन र न्यानो उनीका अन्य कपडाहरु उक्त तलामा खातै लागेको छ । डिपार्टमेन्ट स्टोरको उक्त तलामा २० हजार भन्दा बढी आइटमका कपडा रहेको स्टोरका सुपरभाइजर खेम खत्रीले जानकारी दिनुभयो । उक्त तलामा दैनिक २ हजारदेखि दुई हजार पााच सयसम्म ग्राहकहरु आफू तथा आफ्ना नानीहरुका साथमा आउने गरेका छन्
पूर्वाञ्चलमै गोखा बेकरीको उच्च माग
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का,
धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
तेस्रो र चौथो तलामा युवा–युवती
डिपार्टमेन्ट स्टोरको तेस्रो र चौथो तलामा अक्सर गरेर युवा युवतीहरुको भीड लाग्ने गरेको छ । युवायुवतीदेखि बृद्ध बृद्धाले लगाउने जुत्ता, मोजा, ब्लांककेट, गलैचा, चप्पलहरुमा ग्राहकहरु आकर्षित हुनुको प्रमुख कारण आकर्षक र ब्राण्डेड हुनु नै हो । स्वदेशी र विदेशी डिजाइनका आकर्षक, किफायती मूल्य नै यहााको विशेषता हो । यस्तै चौथो तलामा जाडोलाई नै लक्षित गरेर डिपार्टमेन्ट स्टोरले नयाा नयाा डिजाइनका कपडाहरु राख्ने गरेको
छ । ब्राण्डेड र आकर्षक कपडा किन्न युवा युवतीहरु टाढाटाढाबाट समेत आउने गरेको गोरखा डिपार्टमेन्ट स्टोरले जनाएको छ ।
थप दुई वटा डिपार्टमेन्ट सञ्चालन हुादै
इटहरी/गोरखा डिपार्टमेन्ट स्टोरका थप दुई शाखा चााडै नै सञ्चालनमा आउने भएका छन् । मोरङ्गको पथरी र झापाको दमकमा आगामी माघ फागुनको पहिलो सातासम्ममा दुई शाखा सञ्चालनमा आउने डिपार्टमेन्टका सञ्चालक बलराम आचार्यले जानकारी दिनुभयो ।
सञ्चालक आचार्यका अनुसार मोरङ्गको पथरीमा भवन निर्माण सम्पन्न भइसकेको छ भित्री सजावटको काम अहिले भइरहेको छ भने झापाको दमकमा समेत आन्तरिक सजावत लिÏटको काम भइरहेको छ । ती दुई स्थानको स्टोरका शाखा सञ्चालनमा आएपछि पूर्वी पूर्वी क्षेत्रको उपभोक्ताहरुले सहज र सरल मूल्यमा एउटै छानामुनीबाट सम्पूर्ण सेवा पाउने छन् । इटहरीस्थित डिपार्टमेन्टमा उपभोक्ताहरुको चापलाई समेत थप दुई शाखा सञ्चालनमा आएपछि न्यूनिकरणमा मद्धत पुग्ने सञ्चालक आचार्यको कथन छ । यस भन्दा अगाडि अर्थात दुई बर्ष अगाडि मोरङ्गकै विराटचौकमा गोरखाले आफ्नो पहिलो शाखा विस्तार गरी बेलबारी, जााते, रंगेली, लेटाङ्ग लगायतका स्थानका उपभोक्ताहरुलाई सेवा प्रदान गर्दै आएको छ । डिपार्टमेन्ट स्थोरले इटहरीबाहेक चार स्थानमा आफ्ना शाखा विस्तार गर्ने योजना अनुरुप हाल धरानमा समेत निर्माणको कार्य तिबं्र गतिमा अगाडि बढिरहेको छ ।
