धरान/ पछिल्लो समय धरानमा आमा समूहरु गठनसंगै सक्रिय बन्न थालेका छन् ।
धरानमा फूलबारी आमा समूह,
एभरेष्ट वातावरण महिला समूह, श्याम चौक महिला समूह, जानकी टोल सुधार समिति, सिद्धकाली आमा समूह लगायतका दर्जनौ महिला तथा आमा समूह गठन गरी रचनात्मक काममा अग्रसर हुन थालेपछि धरान उपमहानगरपालिकाले समेत यस्ता समूहलाई सहयोग गर्न थालेको छ ।
यस्ता आमा समूह तथा महिला समूहरुले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ समाजमा भएका विकृति विसंगतिलाई हटाउदै सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
यस्तै समूहमध्ये सिद्धकाली आमा समूह धरान १५ ले समेत समाजमा महिलालाई आत्मनिर्भर बनाउनुका साथै समाजमा रचनात्मक काम गर्दै आइरहेका छन् । ०६१ सालदेखि यस्ता काममा अग्रसर यो समूह ०७२ सालमा आएरमात्र विधिवत रुपमा दर्ता भएका छन् ।
अहिले यो समूहले आफ्नो संस्थामा आवद्ध महिलाहरुलाई बचत गरेर व्यवसायिक बन्न सिकाउनुका साथै समाजलाई लागू औषध दुव्र्यसनीमुक्त बनाउने अभियानका साथै सामाजिक कार्यमा समेत अग्रसर बन्न थालेका छन् ।
महिलाहरु जबसम्म आत्मनिर्भर बन्दैनन् तवसम्म समाज परिवर्तन हुन सक्दैन भनेर आफूहरुले सिद्धकाली आमा समूह गठन गरेको संस्थापक अध्यक्ष शिला बजा्रचार्य बताउनु हुन्छ । महिला सञ्जाल धरानकी अध्यक्ष समेत रहनुभएकी बज्रचार्यले शुरुमा यही संस्थाबाट आफूलाई महिलाका सम्बन्धमा काम गर्न सिकाएको र अहिले महिलाहरुको छाता संगठन महिला सञ्जालमा रहेर काम गर्न सकेको समेत स्पष्ट पार्नुभयो ।
महिलाहरुलाई आत्मनिर्भर बनाउदै समाजमा केही गर्ने उद्देश्यले गठित यस्ता संस्थाहरुले महिलाहरुलाई सक्रिय बनाएको सिद्धकाली आमा समूहकी अध्यक्ष यसोदा उप्रेतिले जानकारी दिनुभयो । उहाले समूहमा आवद्ध भई बचत गर्ने बानीसंगै रचनात्मक कार्य गर्न समूह बनेपछि उत्साहित भएको उहाको भनाई छ ।
धरानमा रहेका महिला तथा आमा समूहहरुले सरसफाई, सामाजिक कार्यमा अग्रसता, लागू औषध प्रयोगकर्ताका लागि सचेतनात्मक कार्यक्रम लगायत समाजलाई स्वच्छ र समृद्ध बनाउन थालेकोले यसको मुल्यांकन गर्दै यस्ता समूहलाई धरान उपमहानगरपालिकाले सहयोग गर्न थालेको धरान उपमहानगर पालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले बताउनुभयो । उहाले
रगतको राजधानी धरान बनाउने अभियानका साथ विभिन्न समूह लागेकाले रक्तदान गर्नेहरुलाई संकलित पिण्ट हेरी आवश्यक रकम सहयोग गर्ने गरेको समेत जानकारी दिनुभयो ।
समाजले शनिवार धरानमा
रक्तदान कार्यक्रमसंगै वृद्धावृद्धाहरुलाई सम्मान समेत गरेका छन् । समाजले गरेको रक्तदान कार्यक्रममा ५९ पिन्ट
रगत संकलन भएको थियो ।
वृद्धावृद्धा समाजमा अभिन्न अंग भएको भन्दै वयोवृद्ध कर्णबहादुर नेवार, बुद्धिमाया श्रेष्ठ, विजुलीदेवी श्रेष्ठ, मुनामाया वास्तोला र लक्ष्मी परियारलाई सम्मानित गर्दै बृद्धबृद्धा बृद्धालाई अपमान होइन सम्मान गर्ने परिपाटीको थालनी समेत गरेको छ ।
अञ्चल प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी पवनप्रसाद खरेलको प्रमुख आथित्यमा सम्पन्न सम्मान तथा रक्तदान कार्यक्रममा फूलबारी आमा समूहकी अध्यक्ष लिला ढकाल, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मिलन भट्टराई लगायत समाजका प्रवुद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
