गृहमन्त्रीको निर्देशनपश्चात पनि यातायात चलेनन्

धरान/गृहमन्त्री शक्तिबहादुर बस्नेत आइतबार बडो तामझापका साथ आफ्ना अगुवापछुवा लगाएर सुनसरीको पकली स्थित रहेको सशस्त्र प्रहरीको बराह वाहिनी गणमा आए । गृहमन्त्री बस्नेतले भने अब सडक कसैले अवरुद्ध गर्न सक्दैन । सडक अवरुद्ध गर्नेलाई छाडिदैन ।
गृहमन्त्रीको उक्त भनाई यतिका दिन वितिसिक्दा पनि गाडी गुड्न सकेका छैनन् । पूर्वपश्चिम महेन्द्र राजमार्ग सुनसान छ । सडकमा कुनै सवारी साधन आए भने कि जल्छन् कि फोडिन्छन् । त्यसै पनि
सरकारले यातायातलाई इन्धन उपलब्ध गराउन सकेको छैन । इन्धन उपलब्ध
गराउन नसक्ने, मधेशी मोर्चाको आन्दोलन कारण सडकमा देखिएको त्रास हटाउन नसक्ने गृहमन्त्रीले हावामा बोलेको भन्दै पूर्वाञ्चलका यातायात व्यवसायीले यतिेबला खिल्ली उडाएका छन् ।
हामीलाई मन्त्रीको वाहियात भाषण हैन काम चाहियो, एक यातायात व्यवसायीले भने । भाषण धेरै सुनियो काम गर्ने कोही निस्किएनन् उनको आक्रोस थियो । काठमाण्डौबाट सिधै हेलिकोप्टरमा गृह सचिव नारायणगोपाल मुलेगो, नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याल, सशस्त्रका आइजिपी कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप गौपतसागै आएका बस्नेतले भने स्वाभिमानमा कसैसग सम्झौता गर्दिना । उनले भने नेपालीको सम्मान, प्रतिष्ठान र सार्वभौमिकताका लागि सरकार कोहीसाग झुक्दैन । उनले भने केही दिन अगाडि सुनसरीको हरिपुरमा चार नेपालीमाथि भएको गोलीकाण्ड र झापाको केचनामा हतियारसहित १३ जना एएसवी नेपाल छिरेको घटनालाई सरकारले गम्भीर रुपमा लिएको छ । मन्त्री बस्नेतले मधेशी मोर्चाको आन्दोलन र नाकाबन्दीको बहानामा बढेको कालो बजारी कडाइका साथ नियन्त्रणमा लिने बताइरहादा बैठकमा सहभागी अधिकारीहरुले मुखामुख गरेका थिए । बैठकमा पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेन्द्र नेपाल, नेपाली सेनाका पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी हरिबहादुर बस्नेत, पूर्व क्षेत्रीय पैहरी प्रमुख माधवराज जोशी, सशस्त्र प्रहरी प्रमुख निराकार विक्रम साह र सुनसरी, मोङ्ग, झाप, सिराहा र सप्तरीका प्रमुख जिल्ला अधिकारीको उपस्थिति रहेको थियो । कोशी अञ्चल प्रहरी प्रमुख पवन खरेलले दिनुभएको जानकारी अनुसार गृहमन्त्री लगायत अन्य पदाधिकारीहरु हेलीकोप्टरमा आइतबारै
महोत्तरीको बर्दीबास तर्फ लागेका थिए ।

तपाईको प्रतिक्रिया