धरान/आन्दोलनरत मधेशी मोर्चाले आजदेखि नेपाल भारत नाका जोगवनी समेत पूर्ण रुपले ठप्प बनाउने जनाएका छन् ।
आइतबारदेखि नै मधेशी मोर्चामा आवद्ध मोरङ्गका संघीय समाजवादी फोरम नेपाल, नेपाल सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी लगायतका स्थानीय नेताहरुले ‘चलु जोगवनी’ भन्ने उर्दी गाउा गाउामा लगाएका छन् । यो अभियान सुनसरी जिल्लाको दक्षिण गाविसहरुमा समेत चलाइएको संघीय समाजवादी गठबन्धनमा आवद्ध हरिनायारण चौधरीले जानकारी दिए ।
भारतसाग जोडिएका नेपालका अन्य सीमा नाकाको तुलनामा पूर्वी महत्वपूर्ण नाका मानिने जोगवनी केही सहज रहादै आएको थियो । उक्त नाकाबाट दैनिक दर्जन भन्दा बढी इन्धन बोकेका ट्यांकरहरु, ग्याासका बुलेटहरु, औषधि बोकेका गाडीहरु, औद्योगिक कच्चा पदार्थ बोकेका लहरीहरु भित्रिदै आएका थिए । आन्दोलनरत मधेशी मोर्चाले खुल्ला रुपमा सीमा नाका बन्द गराउन गाउा गाउामा उर्दी जारी गरे तापनि प्रहरी भने वेखबर रहेको छ । यसम्बन्धमा हामीले क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआइजी माधवराज जोशीसाग सम्पर्क राख्दा उहााले भन्नुभयो हामी कुनै पनि हालतमा नाकामा अवरोध गर्न दिादैनौं । यसलाई रोकन तथा
विराटनगर रानी भन्सार नाकामा अवरोध नहोस भन्नका लागि प्रहरीले कस्तो तयारी गर्दैछ छ भन्ने सवालमा उहााले भन्नुभयो हामी तयारी अवस्थामै छौं । ‘चलु जोगवनी’ भन्ने गाउा गाउामा चलाइएको अभियानलाई निस्तेज पार्न प्रहरीले के के गर्दै छ भन्ने हाम्रो अर्को जिज्ञासामा डिआइजी जोशीले भन्नुभयो गाउा गाउामा गएर उनीहरुको अभियान निस्तेज बनाउने काम भने प्रहरीले गर्दैन । यो उनीहरुको राजनैतिक अभियान हो ।
आन्दोलनरत मधेशी मोर्चाले सोमबार आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । मोर्चाले
राजमार्ग र सिमाना केन्द्रित अवरोधलाई झन कसिलो बनाउने निर्णय समेत
गरिसकेको छ । संघीय समाजवादी
फोरम नेपालका अधयक्ष उपेन्द्र यादवको विराटनगरस्थित निवासमा मोर्चाका शीर्ष नेताहरुबीचको छलफलले त्यस्तो निर्णय गरेको थियो । रानी विराटनगरस्थित जोगवनी नाका पूरै ठप्प पार्ने र राजमार्ग अवरोधलाई जारी राख्ने सहमति भएको थियो । फोरम अध्यक्ष उपेन्द्र यादवले नाका अवरोध असहयोग आन्दोलन हो त्यसलाई जारी राख्ने बताएका थिए । बैठकमा नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जोगवनी नाका वीरगञ्ज नाका जस्तै ठप्प पार्नुपर्ने प्रस्ताव गरेका थिए । उनकै प्रस्ताव अनुसार जोगवनी नाका ठप्प पार्ने निर्णय भएको र आन्दोलनको स्वरुप सुनसरी, मोरङ्गमा
रहेका मोर्चासाग आवद्ध दलका अध्यक्षहरुले तयार पार्ने बताइएको छ । बैठकमा
फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो । मधेशीको माग र मधेश आन्दोलनका सम्बन्धमा सरकार गम्भीर नभएको, सरकार जनजीवन थप जटिल बनाउन उद्यत रहेको आरोप लगाउादै हालसम्म सरकारले वर्ताको नौटंकीमात्र गरेको आरोप लगाएका थिए । वार्ता चिया, विस्कुट खादै ठट्यौलीमै सीमित भएकोले आन्दोलनलाई व्यवस्थित र मजबुत पार्नुपर्छ । आन्दोलन व्यवस्थित र मजबुत पार्नु भनेकै जनप्रदर्शन, बन्द हड्ताल मजबुत बनाउनु हो फोरम अध्यक्ष यादवले भनेका थिए । यसैबीच दशगजामा ढुंगा हानाहान र पेट्रोल बम प्रहार भएको घटनापश्चामत भारतीय सीमा सुरक्षावल एसएसवीले नेपालगञ्ज रुपैडिया नाका बन्द गराएका छन् । धर्नाका लागि मोर्चाले दशगजामा गाडेको टेन्ट नेपाल प्रहरीले हटाउने क्रममा सोमबार राति मोर्चा र प्रहरीबीच झडप भएको थियो । यस क्रममा मोचार्मका कार्यकर्ताले प्रहिरीतर्फ करिब आधा दर्जन पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल बम लागेर एक प्रहरी जवान घाइते भएका छन् भने ढुुंगा लागेर दुवै पक्षका करिब एक दर्जन घाइते भएका छन् ।
राति करिब ८ बजेदेखि डेढ घण्टासम्म दशगजामा भएको झडपपछि असुरक्षा बढेको भन्दै एसएसवीले नाकामा आवत जावत बन्द गराई दिएको छ । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका निरीक्षक विष्णु गिरीले घट्नापश्चात एसएवीले सवारी साधन बन्द गरेकाले इन्धन भर्न जाने ट्यांकर र मालबाहक गाडी रोकिएको बताएका छन् ।
