कागजी सवारी चालक अनुमतिपत्र विस्थापित हुदै

धरान/कागजी सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत नियमित रुपमा वितरण गर्न नसरिहेको अवस्थामा सरकारले सर्वसाधारणलाई बढी आर्थि
भार बोकाउने नियतले डिजिडल प्रविधिको स्मार्ट (विद्युतीय) लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाएपछि यसले सवारी चालकहरुमा अन्यौल सिर्जना गराएको छ ।
राजधानीमा आगामी २० गते आइतबारदेखि स्मार्ट लाइसेन्स वितरण शुरु गरिने भएको छ । यसको शुभारम्भ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई सोमबार उपप्रधान, भौतिक तथा यातायात मन्त्री विजयकुमार गच्छदारले सोमबार स्मार्ट लाइसेन्स
वितरण गरेर सुभारम्भ गर्नुभएको छ । बाहिरी जिल्लामा स्मार्ट लाइसेन्स कहिलेदेखि शुरु हुन्छ भन्ने कुरामा यातायात व्यवस्था कार्यालयका प्रमुखहरु नै अनविज्ञ रहेका छन् ।
कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरी लाइसेन्स शाखाका निमित्त प्रमुख रघुवीर साह भन्नुहुन्छ, यहााबाट कहिलेदेखि वितरण शुरु हुन्छ त्यस सम्बन्धमा हामी अहिल्यै केही भन्न सक्ने अवस्थामा छैनौ । उहाा भन्नुहुन्छ, काठमाण्डौमा शुभारम्भ भएको छ । यहााको हकमा विभागले कुनै निर्देशिका र नियमावली समेत पठाएको छैन । उहााले भन्नुभयो, काठमण्डौमा वितरण गर्ने स्मार्ट लाइसेन्सको कारण हिजो मंगलबार १२ बजेसम्म यहााको कुनै पन िसर्भरले काम गरेको छैन । केन्द्रबाटै सर्भरले काम नगर्ने निर्देशन आयो उहााले भन्नुभयो ।
राजधानीपछि कार्यप्रगतिका आधारमा यातायात व्यवस्था विभागले एक महिनापछि उपत्यका बाहिर लुम्बिनी, लहान, इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज र धनगढीमा स्मार्ट लाइसेन्स वितरण गर्ने योजना बनाएको छ । यसका लागि तीन वटा प्रिन्टर, कार्ड पढ्ने मेसिन, सर्भर र सÏट्वेयर लगायतका पूर्वाधार आवशयक पर्छ । राजधानी बाहिर १२ बजे सम्म सर्भरले हाल काम गर्न छाडेपछि लाइसेन्स नविकरण गर्न आउने सेवाग्राही मारमा पर्दैनन् त भन्ने सवालमा निमित्त प्रमुख
रघुवीर साह भन्नुहन्छ मारमा पर्छन । तर हामी केन्द्रकै निर्देशनबाट विवश छौं । झण्डै एक बर्ष अगाडि अर्थात गत चैत्र १३ गते खोलेको लाइसेन्स वितरण प्रक्रिया यतिबेला इटहरीबाट रोकिएको छ । कोशी अञ्चलमा मात्र झण्डै ३० हजार मोटरसाइकल तथा अन्य सवारी चालकहरुले लाइसेन्स पाउन सकेका छैनन । लाइसेन्स वितरण र नविकरणकै प्रयोजनका लागि छुट्टै कार्यालय स्थापना हुादा समेत सवारी चालकले लाइसेन्स प्राप्त गर्न नसकदा सडकमा उभिएर यातायात चेकजााचका नाममा ट्राफिक प्रहरीले अनावश्यक जरिवाना असुल गर्ने गरेका छन् । यसबाट नयाा सवारी चालकधहरु आक्रोसित छन् । यस सम्बन्धमा जिज्ञासा राखदा निमित्त प्रमुख साह भन्नुहुन्छ हामीले सवारी चालक अनुमति पत्र मासिक दुुई पटक खोल्ने प्रयास गरेका थियौं । तर कहिले के कहिले के समस्या आइहाल्छ । कात्र्तिकमा समेत १३ गते खोल्ने, १४ गते दर्ता गर्ने, १५ गते ट्रायल लिने तयारी गरेका थियौा तर मधेश आन्दोलनले त्यो समभव भएन । विभागसाग सम्पर्क राख्दा स्मार्ट लाइसेन्सको तयारी भइरहेको छ, ५/६ दिनमा सबै काम गर्न सक्नुहुन्छ भने खोल्नुहोस् भन्यो । तर यो सम्भव
थिएन । हतारमा गर्दा सवारी चालकको वितवरण छुट्ला, भन्ने भएपछि यसलाई अगाडि बढाउन सकेनौ साहले भन्नुभयो ।
विधान त यातायात व्यवस्था कार्यालय भन्दा १ किमीको दूरीमा मात्र ड्राइभिङ्ग इस्टिच्यूट खोल्न पाइन्छ । तर यातायात व्यवस्था कार्यालय इटहरीकै परिषरमा हेभी ड्राइभिङ्ग इस्टिच्यूट खोलिएको छ । इस्टिच्युट र कार्यालयका कर्मचारीबीचमा सााठगााठ गरी लेनदेनमा काम हुने आशंका समेत बढेको छ । यस सम्बन्धमा निमित्त प्रमुख साह भन्नुहुन्छ यस सम्बन्धमा पहिलादेखि नै कुरा उठेको हो । हाम्रो विधानले पनि एक किमी भन्दा नजिक त्यस्ता ड्राइभिङ्ग इस्टिच्यूट खोल्न नपाइने भन्ने छ । तर यो कार्यालय वि.सं. २०७१ साल पौष २३ गते यहाा सरेको हो । यो कार्यालय आउनुभन्दा अगाडि नै उक्त ड्राइभिङ्ग सेन्टर खुलिसकेको थियो । उहााले भन्नुभयो कहीा पहिला उद्योग खुलेको हुन्छ पछि आवास प्रयोजनका लागि घरहरु बनिन्छन् । अनि उद्योगले प्रदूषण गर्‍यो भने उद्योग हाटाउने कुरा त भएन । तै पनि हामीले यस सम्बन्धमा विभागलाई पत्राचार गरिसकेका छौं । विभागबाट जे निर्देशन आउाछ हामी त्यही गर्छौं । यातायात व्यवस्था कार्यालयमा एघार बजे कर्मचारी आउाछन् । एक बजेदेखि नविवकरणका निवेदन बुझ्न छोडिन्छ । यसबाट टाढाटाढाबाट आउने सेवाग्राही मारमा
परेको गुसानका सम्बन्धमा निमित्त प्रमुख साह भन्नुहुन्छ बैं क जटिलताका कारण यस्तो भएको हो । एक बजे भन्दा पछि निवेदनमा लाग्ने दस्तुर बुझ्दा बैंक दाखिला गर्न सकिदैन । यसलाई केन्द्रले सहजीकरणको निर्देशन दिनुपर्छ ।

तपाईको प्रतिक्रिया