तेल माफियाहरुको डरलाग्दो सञ्जाल

मधेशवादी दलहरुको आन्दोलनका कारण उत्पन्न परिस्थितिको नाजायज फाइदा उठाउादै नेपाल आयल निगमका तेल माफयाहरुले यतिबेला लखनउ लुटको सञ्जाल खडा गरेका छन् ।
नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट भइरहेको डरलाग्दा अनियमिततालाई जिम्मेवार सरकारी निकायले आाखा चिम्लिदिादा पेट्रोल र ग्याासको कृत्रिम अभाव भएको छ । नेपाल
भारतको सीमा नाका असहज भएको, भारतले अघोषित नाकाबन्दी गरेको बहानाबाजी गरेर आम नागरिकको दैनिकीसाग जोडिएका अत्यावश्यकीय वस्तुमा चरम कालो बजारी भइरहेको छ ।
जोगवनी नाकाबाट कार्तिक महिनामात्र २६लाख लिटर पेट्रोल, ६३ लाख ३८ हजार लिटर डिजल र सैयौ बुलेट ग्यास भित्रिएको
विराटनगर राखी भन्सारको अभिलेखमा रहेको छ । दैनिक जस्तो उक्त नाबाट पेट्रोल, डिजल र ग्याासका बुलेट भित्रिरहेको छ । आयल निगमका जिम्मेवारी कर्मचारी हाल १५ प्रतिशतमात्र इन्धन आपूर्ति भएको बताउाछन् । यो अवस्था १५ प्रशित इन्धन पूर्वाञ्चलमा खपत हुनै सक्दैन , पूर्वाञ्चलमा यतिबेला् दुई प्रतिशत पनि सवारी साधन बन्द र हड्तालका कारण चल्न सकेका छैनन् । कााकडभिट्टा र विराटनगर नामबाट भित्रिएको इन्धन, ग्याासको दुई तीन प्रशितमात्र इमान्दारीपूर्वक पूर्वाञ्चलमा वितरण गर्ने हो भने त्यो पर्याप्त हुने देखिन्छ ।
तर यसो हुन सकेकाृेक छैन । इन्धन र ग्याासको पूर्वाञ्चलमा हाहाकार छ । निगमकै कर्मचारीको मिलेमतोमा कालोबजारी भइरहेको छ । नेपाल आयल निगम विराटनगरले डिजलका ट्यांकरहरु रातिराति उद्योगहरुलाई बेच्दै आएका छन्, पेट्रोल निगमसाग निकट सम्बन्ध बनाएका माफियाहरुलाई उपलब्ध गराइन्छ भने ग्याासका सिलिण्डरहरु ग्रामीण वस्तीका तस्करहरलई बढी मूल्यमा दिएर विक्री वितरण गर्न लगाइन्छ । यतिबेला पूर्वका कुनैपनि पेट्रोल पम्पमा डिजल, पेट्रोल पाइदैन तर सडक किनारमा ग्यालेनका ग्यालेन यिनै सामान बेच्न
राखिएको हुन्छ । एक लिटर पेट्रोलको २ सय ५० देखि ३ सय र डिजलको १ सय २० देखि २ सय सम्ममा पाइन्छ । यसैगरी खाना पकाउने ग्याास च्यानल मिलाउादा आधा सिलिण्डरको एक हजार
तिरेपछि सहजै पाइन्छ । यो चरम कलोबजारीमा प्रशासनको समेत मिलीभगत देखिएको छ ।
हामीले आफ्नै देशभित्रको माफिया, भ्रष्टलाई कारबाही गर्न र सहजता दिन नसकिरहेको अवस्थामा एकोहोरो भारतले नाकाबन्दी गर्‍यो भनेर भ्रम फैल्याउने काम मात्र गरिरहेका छौं । आज पनि रानी नाका, कााडकडभिट्टा नाकामा गएर हेर्ने हो भने इन्धन लिएर आउने र इन्धन लिन जाने ट्यांकर प्रसस्त देख्छौं । वास्तविक नाकाबन्दी हो भने ती नाकाहरुबाट एक थोपा इन्धन, ग्याासका बुलेट आउजाउ नगर्नुपर्ने हो । क्षेत्रीय कार्यालय विराटनगरले दिने तेल पम्पले १५ दिनमा एक पटक पााचसयको अर्थात न्यून परिणाममा बेची अरु तेल कालो बजारी गरेको सर्वत्र आवाज उठिरहेको छ । निगमका केन्दै्रीय कार्यालयका कार्यकारी निर्देशक गोपालबहादुर खड्का, आपूर्ति मन्त्री र अन्य सम्बन्धित निकायमा समेत कालो बजारीबाट प्राप्त रकम पुर्‍याउने गरेका छन् । चौतर्फी विरोध र आवाज उठन थालेपछि वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनको निर्दैशनमा शुक्रबार कार्यकारी निर्देशक खड्कालाई स्पष्६टकरणका लागि निर्देशन दिएका छन् । स्पष्टीकरणको पत्रमा खड्काले निगमबाटै कालो बजारी गरेर महागो मूल्यमा तेल बेचेको आरोप लगाइएको छ । असहजता वा कृतिम अभाव खडा गरी अवसरमा बदल्न खप्पिस निगमका महानिर्देशकमात्र हैन मातहतका क्षेत्रीय कार्यालय प्रमुखहरु पनि त्यतिकै दोषी छन् । वाणिज्य सचिव डा. इन्दै उपाध्यायले शुक्रबार ४ बजे स्पटीकरणको पत्र काटे तापनि खड्काले उत्त: पत्र बुझेका छैनन् । मलाई प्रधानमन्त्री केपी ओली र प्रचण्ड कसैले पनि हाटाउन सक्दैन, इन्धन ल्याउने मामलामा म कुनैपनि नियम कानुन मान्दिना भन्दै बिना प्रतिष्पर्धा विराट आयल र हवाई इन्धन ल्याउन अर्को मापफिया कम्पनीलई क्रमश १० करोड र ५० करोड दिने खड्कालाई कारबाही गर्नुको विकल्प छैन ।

तपाईको प्रतिक्रिया