तरकारी पकाउादा होस् वा रोटी पकाउादा । तातो तेलको एक छिटा उछिट्टिएर जिउमा पर्यो भने ऐया, आत्थु परिन्छ र जिउमा फोका उठ्न थाल्छन् ।
जिउादो छादा कुकर्म गर्ने मानिसलाई मरेपछि कुम्भिपाक नामक नर्कमा लगेर यमराजले तेल उम्लिरहेको कराहीमा चोपल्छन् रे भन्ने कुरा पौराणिक कथा किम्वदन्तीहरुमा सुन्दा समेत जिउ सिरिंग हुन्छ । तेल उम्लिरहेको कराहीमा चोपलिने भन्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ ।
तर कल्पना गर्न समेत गाह्रो पर्ने यो सर्वा्धिक पिडादायी काम अहिले पनि मानिसले गर्दै आएका छन् । हो थाइल्याण्डका बौद्ध भिक्षुहरुले तातो तेलको कराहीमा चोपलिएर ध्यान गर्ने गरेका छन् ।
कराहीमा उम्लिरहेको तेलमा चोपलिएर ध्यान गर्ने भिक्षुहरु थाइल्याण्डको नांग बु लपू प्रान्तमा
रहेका छन् । त्यहााभिक्षुहरु हाासीहाासी तातो तेलको कराहीमा प्रवेश गर्छन् र उम्लिरहेको तेलमा चोपलिादा समेत उनीहरुको जिउ डढ्दैन ।
सबैभन्दा पहिले एउटा भिमकाय कराहीमा तेल भरिन्छ र त्यसलाई ठूलो आगो बलिरहेको भट्टि माथि झुण्डाइन्छ । आगोका कारण तेल भल्किन थाल्छ र त्यसपछि भिक्षु कराहीमा प्रवेश गर्दछन् र बसेर ध्यान गर्दछन् । तातो तेलको कराहीमा बसेर भिक्षुहरुले योगाध्यान गरेको भिडियो सोसल साइटमा निकै भाइरल बनेको छ ।
