रेटर्री क्लवद्धारा आयोजित रक्तदानमा एक सय पन्ध पिन्ट संकलन

इटहरी/ पूर्वी नेपालका अस्पतालहरुमा केही समयदेखि रगतको अभाव भ्एको रक्तसञ्चार विभागले सार्वजनिक गरेपछि ुरोटरी क्लव अफ इटहरी र रोटूयाक क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम समारोहमा एक सय पन्ध जनाले रक्तदान गर्नुभएको छ ।
रक्तदान कार्यक्रममा रोटरी क्लवका पदाधिकारी, नेपाली सेनाका अधिकृत तथा जवानहरु र इटहरी नगरबासीको सक्रिय सहभागितामा भएको थियो ।
नेपाली सेनाका पूर्वी पृतना मुख्यालयका सहायकरथी भरत मल्लले
रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी इटहरीका अध्यक्ष बिमल पौडेल, सहायक रथी मल्ल लगायतका महानुभावले अस्पतालहरुमा रगतको अभावले विरामी उपचारमा देखिएको समस्याका विषयमा बोल्नुभएको थियो ।
सोही समारोहमा रोटरी क्लवकी सदस्य लक्ष्मी थेवेलाई समाजसेवामा पुर्‍याउनु भ्एको योगदानको कदर गर्दै रक्तदान समारोहमा फस्ट लेडीको घोषणा सहित सम्मान गरिएको छ । उहाले इटहरी क्षेत्रमा रहेर लामो समयदेखि समाज सुधार लगायतका सामाजिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याउादै आउनु भएको छ । कार्यक्रम रोटरी क्लव अफ इटहरीका अध्यक्ष गोविन्द सोनीको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया