दिनप्रतिदिन दम, रुखा, खोकीका विरामीमा वृद्धि हुदै

धरान/। विश्वमा दिनप्रतिदिन दम खोकीको रोगबाट पीडित हुनेको संख्यामा वृद्धि भइरहेको छ । नेपालमा समेत यस्ता रोगीको संख्यामा वृद्धि हुदै गएको चिकित्सकहरु बताउाछन् ।
दीर्घ रोगको रुपमा महामारी लिएको यो रोग बृद्धबृद्धामा देखिने गरेपनि पछिल्लो समयमा धुम्रपान, मद्यपान गर्नेको संख्यामा वृद्धि भएसंगै यो रोग अहिले युवा पुस्तामा समेत प्रसस्त भेटिने गरेको चिकित्सकहरुको भनाई छ ।
नेपालमा बर्षेनी यो दिवस मनाउने गरिए तापनि दिवसको कुनै औचित्य हुने गरेको छैन । खाली औपचारिकतामा मात्र सीमित हुने गरेको छ । तर यसलाई औपचािरकतामा मात्र सीमित नबनाउन धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले भने दम तथा खोकी रोगी र रोगीका आफन्तलाई प्रतिष्ठानमै सचेतनामूलक कार्यक्रम आयोजना गरे ।
चिकित्सकहरुले यसबाट बच्ने उपाय र यो रोग लाग्नबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा विरामी तथा विरामीका आफन्तलाई सम्झाएका
थिए ।
चिकित्सकले दम तथा खोकी दीर्घ रोग भएकोले लागिसकेपछि पूरै निर्मुल नहुने तर यसबाट बच्ने उपायहरु भने धेरै भएको बताएका छन् । नेपालमा यो रोगबाट ग्रसित हुनेको संख्या २५ हजार भन्दा बढी भएको भएपनि वीपी अस्पतालमा भने मासिक ५ सय देखि ७ सयको संख्यामा आउने गरेको प्रतिष्ठानले जानकारी दिएको छ ।
पछिल्लो समयमा निरन्तर सेवन गर्नुृपर्ने औषधि भारतको नाकाबन्दी र मधेशी मोर्चाका बन्द कारण वीरगञ्ज नाकाबाट भित्रिन नसक्दा विरामीहरुको ज्यान जोखिममा परेको समेत कार्यक्रममा चिकित्सकहरुले बताएका थिए । औषधि अभावसंगै यो रोगका लागि प्रयोग गरिने औषधि समेत मेडिकल हलमा पाउन छाडेकोप्रति उनीहरुले चिन्ता व्यक्त
गरेका छन् ।
उनीहरुले यो दिवसलाई सार्थकता बनाउन सचेतनामूलक र्‍यालीले
धरानको परिक्रममा गरिसकेपछि दिउसोको समयमा ओपिडीमा आउने विरामी तथा विरामीका आफन्तलाई औषधि प्रयोग गर्ने तरिका, यो रोगबाट बच्ने उपायका सम्बन्धमा जानकारी दिएको मेडिसिन विभागका चिकित्सक पुरु कोइरालाले जानकारी दिनुभयो ।
उहाले यो रोगलाई निराकरण गर्न चिकित्सकको मुख्य हात भएकोले चिकित्सकबीच छलफल र अन्तरक्रिया चलाइने समेत जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया