इटहरी/दुग्ध उत्पादन सहकारी संस्था इटहरीको ३८ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
क्षेत्रिय पशुसेवा तालिम केन्द्र दुहवीका प्रमुख डा. लेखराज दाहालको प्रमुख आतित्थ्यमा भएको उक्त कार्यक्रममा जेष्ठ नागरीक इटहरी ५ का गणेश प्रसाद ओझा र इटहरी १० की ६५कृष्ण माया पाण्डेलाई सम्मान
गरीएको थियो ।
त्यसै गरी उत्कृष्ट ऋणी तर्फ इटहरी ३ की मनमाया तामाङ,सुन्दर
दुलारी मोरङ का केशव दाहाल लाई सम्मान गरीएको थियो भने विभिन्न बुदामा योगदान पुऱ्याउने ब्यक्ति लाई सम्मान तथा उपहारहरु वितरण
गरिएको छ ।
संस्था सञ्चालक समितीका अध्यक्ष उमाकान्त शर्माको सभापतित्वमा भएको सो कार्यक्रममा इटहरी उपमहानगरपालीकाका कार्यकारी अधिकृत महेसराज तिम्सीना,सेवा वचत तथा ऋण सहकारी संस्था इटहरीका प्रतिनिधि कमला वोहोरा, जिल्ला पशुसेवा कार्यलयका प्रतिनिधि कमल गिरी लगायतको उपस्थीती रहेको थियो ।
