‘माओवादीभित्रको यौनहिंसा उपन्यासमा’

माओवादीभित्रको यौनहिंसा उपन्यासमार्फत नै भए पनि सार्वजनिक भएको अनुसन्धानकर्ता कैलाश राईले बताएकी छिन् । दुई महिनाअघि सार्वजनिक विष्णु भण्डारीको उपन्यास ‘पहोलो घाम’बारे शनिबार प्रज्ञा प्रतिष्ठानमा गरिएको विमर्शमा उनले यस्तो बताएकी हुन् । जनयुद्धमा सहभागी महिलाबारे अनुसन्धान गरिरहेकी राईले भनिन, ‘मैले अनुसन्धानको क्रममा क्यान्टोनमेन्टका महिला छापामारले अभिव्यक्त गरेका महिला हिंसाको बिषय आख्यानमै भएपनि भण्डारीले लेख्नुभएको पाएकी छु । यसको मुख्य पात्रलाई अयोग्य बनाइनुमा आफ्नै कमाण्डरले राखेको यौनप्रस्तावलाई अस्वीकार गर्नुलाई
कारण मानिएको छ । त्यस्ता कतिपय घटना अनुसन्धानको क्रममा पत्ता लागेको थियो ।’ विमर्शमा बोल्दै प्रगतिशील लेखक संघका अध्यक्ष तथा प्राज्ञ अमर गिरीले उपन्यासमा जनयुद्धसाग सम्बन्धित संवेदनशील बिषय उठान भएको बताए । उनले भने, ‘जनयुद्धमा पार्टी र राज्यले अयोग्य करार गरेका छापामारलाई लिएर भण्डारीले उपन्यासमा समसामयिक र संवेदनशील बिषय उठान गरेका छन् । यसले राजनीतिक र सामाजिक क्षेत्रमा बहस सिर्जना गरिएको छ ।’ अहिले बजारु उपन्यासको बोलवाला बढिरहेको बेला संवेदनशील बिषयमा उपन्यास लेखिनु सह्रानीय कार्य भएको उनको मत
थियो । समालोचक रमेश भट्टराईले कथामा माक्र्सवादी सौन्दर्यदृष्टिबाट हेर्दा निराशा देखिएपनि अहिलेको यथार्थ चित्रण गर्नमा उपन्यास सफल भएको बताए । ‘उपन्यासको भाषा सुन्दर छ । कथाप्रस्तुति पनि कलात्मक छ । त्यसैले मैले यसलाई पढ्नै पर्ने उपन्यासको सूचीमा राखेको छु ।’ विमर्शमा बोल्दै युवा समीक्षक संगीत श्रोताले जनयुद्धको पक्षमा कम सिर्जना भइरहेको अवस्थामा त्यसैबारे उपन्यास लेखेर भण्डारीले जोखिम मोलेको दावी गरे । उनले भने, ‘माओवादी जनयुद्धकै बिषयमा उपन्यास लेखेपनि विभाजिक माओवादीबीच बिषयमा बहस छ । त्यो बहसमा उपन्यासको पक्ष वा विपक्षमा उठाएको बिषयमा सहमत र असहमत दुवै हुन सक्छन् । त्यो खतरा भण्डारीले मोल्नुपर्छ ।’ कार्यक्रममा उपन्यासकार विष्णु भण्डारीले जनयुद्धमा कुशलतापूर्वक लडेका तर क्यान्टोनमेन्टबाट अयोग्य सावित भएका युवाको पीडामय जीवनशैलीबाट संवेदित भएर उपन्यास लेखेको बताए । उनले रुपान्तरणको ठूलो सपनासहित भएको माओवादी जनयुद्ध अहिले उर्जाहीन हुादै मूल्य विघटनको चरणबाट
गुज्रिरहेको बताउादै बिम्बात्मक रुपमा पहोलो घाम शिर्षक राखेको बताए । कार्यक्रममा समीक्षक बालकृष्ण अधिकारीका साथै जनयुद्धमा सहभागी भएका रेखा बास्तोला, भगवती प्रधान र राजु स्याङ्तानले पनि उपन्यासबारे मत राखेका थिए । प्राइम बुक्सले प्रकाशित गरेको उपन्यास भण्डारीको आठौं कृति हो । उनको यसअघि सात कविता कृति प्रकाशित छन् ।
त्र

तपाईको प्रतिक्रिया