सम्बन्ध सुधार्न भारतीय कुस्ती खेलाडी नेपालमा

नाकाबन्दीका कारण चिसिएको नेपाल(भारत सम्बन्ध सुधार्न भारतका कुस्ती खेलाडीले नेपालमा कुस्ती खेल आयोजना गरेका छन्। पछिल्लो समय दुईदेश बिचको सम्बन्धमा केहि असहज परिस्थिति भएपछि खेलका माध्यमबाट नेपाल भारत सम्वन्ध सुधार गर्न बर्दियाको सदरमुकाम गुलरियामा कुस्ती खेलको आयोजना गरिएको हो ।
गुलरिया नगरपालिकाको नगरभवनमा मंसिर १२ गते देखि मंसिर १६ गते सम्म ५ दिन हुने कुस्ती प्रतियोगिता खेलकुद विकास समिति बर्दियाको अनुमतिमा सञ्चालन
गरिएको खेलमा नेपालका केही खेलाडी र भारतको दिल्ली, हिमाञ्चल प्रदेश, हरियाणा राज्य, राजस्थान, कश्मिर लगायतका स्थानबाट गरि जम्मा ३० जना खेलाडी सहभागी रहेको आयोजक भारतीय कुस्ती कोच चाादराम तिवारीले वताए ।
यस्ता किसिमको प्रतियोगिताबाट दुई देश विचका खेलाडीको स्तरमा वृद्धि हुने साथै नेपाल भारत विचको सम्बन्धमा समेत सुधार समेत हुने कुरा तिवारीले बताए ।
नगर भवनमा भएको पहिलो दिनको तीन वटा छुट्टा छुट्टै खेलमा नेपालका नवलपरासीका वसन्त थापाले गोरखपुर भारतका समशेर पहलमान, कास्मिरका वादल पहलमान र भारतकै अर्का ज्वाला सिंह पहलमान माथि विजय प्राप्त
गरेका छन । आजै भएको अर्को खेलमा भारत साहरनपुरका नदीम अहमदले हिमाञ्चलका सुरेन्ऽ पहलमानलाई जितेका छन् ।

तपाईको प्रतिक्रिया