घण्टाघरबाट हेर्दा

तस्कर जिन्दावाद
नेपालका तस्कर, माफियालाई यो घण्टाघर सदैव गाली मात्र गथ्र्यो । वास्तवमा यिन्लाई गाली गर्नै नहुने
रै’छ । तस्कर, माफिया नभाको भए यतिबेला नेपालीको हरिविजोग हुने थियो । धन्न यिनेरले नेपाली जन्ताको मोटर साइकल, कार, जिप थन्कन द्या छैनन् । चुलोमा बाल्ने ग्याासको पनि जोहो गदिएका छन् । तस्कर नभएको भए अहिलेसम्म वित्याासै पर्ने रै’छ । अब त नेपालीहरुले तस्करहरुको फोटो भित्तामा टाासेर विहान बेलुका धुप धुावाधार पो गर्नु पर्ने भयो । महागै भएपनि थप थप ल्याएर त द्या छन् । सकारको मुख ताक्ने हो भने त उही गुलिÏयााक । पर्धानमन्तरी केपी ओलीको उही थुतुनोको बोली मात्र हो ।, वाल्वाटाराा निडर ज्यूनार गरी सिंहदरबारमा आएर चिया विस्कुट लडाउने मात्र हुन् । धन्न तस्करले गर्दा घरमा घरमुलीसागै झैगझगडा भा’छैन । सरकारको भर पर्‍या भए उहिल्यै अदालततिर छुट्टिने काग लेखाउन वकिल खोज्नुपर्ने थियो । त्यसैले घण्टाघर हिजो आज भन्न थाल्या छ, तस्कर जिन्दावाद, सरकार
मूर्दावाद ।
खड्कासँग स्पस्टीकरण
जब पर्‍यो राति अनि बूढी ताती भन्ने उखान यतिबेला वाणिज्य तथा आपूर्ति मन्तरी गणेशमान पुनसाग ठ्याक्कै मिल्न पुग्या छ । दुई महिना भन्दा अधिक समयदेखि पेट्रोलियम पदार्थमा कलोबजारी गरेर आठसपठस भएका नेपाल आयल निगमका बडे मुखिया गोपाल खड्कालाई सचिवमार्फत अस्तिका दिन त्यत्रो किन आफै
हसुरेको ? हाम्लाई पनि दिनु पर्देन भन्दै नदिनुको कारण बारे स्पष्टीकरण सोधेछन् । मरेपछि खा बाबै केरा भन्या यही हो । जन्ता डिजल, ग्याास नपाएर वटारिन थालेसी पुनलाई सद्बुद्धि आ’हो कि आफ्ना लागि पनि यसो खडेका मार्फत व्यवस्था गर्न लाग्या हुन चाडै थाहा भइहाल्छ । तर घण्टाघरचाहिा ठोकेरै भन्छ यतिका दिन बित्दा समेत खड्काबाट फुट्टीकौडी नझरेसी’ पुनको कन्पारो तत्या हो । अरुले डङडङ्गी
सोहोरेर आाखाले देखेका पुनले मन थाम्ने कुरा पनि भे’न । स्पस्टीकरण सोधेर यसो तर्साएर भएपनि खड्काबाट झारझुर त गर्नुपर्‍यो । फेरि यो अवसर आउने हो कि होइन । किसो हौ पुन वा ।
घुडाबाट आँशु चुहे
अस्तिका दिन झालेमालेका प्रचीन मासचिव माकुने अचानक धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएछन् । माकुने आउादा अलिकति हल्लीखल्ली त हुने नै भयो । भा’ के रै’छ भने केही दिन अगाडि एसएवीको गोली लागि घाइते भएकाहरुलाई हेर्न माकुन्याउ आ’रैछन् । टिकापुरमा त्यत्रा पुलिस सिद्धिदा माकुने हेर्न गएनन्, सिराहमा पुलिसलाई एम्बुलैन्सबाटै निकाली मार्दा माकुन्याउको चित्त दुखेन, भारदहमा गोली लागेर मरेकाहरुलाई हेर्न माकुन्याउ जाादै गएछन् । अनि
हरिपुरका घाइते हेर्नचाहिा किन आए होला भनेर घण्टाघरलाई बडो दोधारमा पर्‍या छ । खरिपुरका घाइतेसाग काकुनेको के सम्बन्ध होला, किन त्यस्तो खर्च गरेर हेर्न आएका होलान ? रौतहतमा आफ्नै घर जोगाउन नसक्ने माकुने यसो चतराको रुट हेर्दै घुर्मितिर जान पो आ’रैछन् । यही बहानामा उन्ले घाइते हेरेर घुाडाबाटठ आाशु चुहाएका रै’छन् । बुझिनसक्नु छ माकुन्याउको यो चाला पनि ।
तेस्रो लिंगीको फुइँ
लाटो देशमा गठ्ठे तन्नेरी भनेझै नेप्लीज लांग्रेसका तेस्रो लिंगी नेता माने राचन्द्र वाले अस्तिका दिन आफ्नै घर तनहुातिर पुगेर गाउाघरका दुई चारजना लाटा, गााडा, गठ्ठेहरु भेला पारेर भनेछन् आगामी पार्टी सभापति मै नै हुन्छु । त्योपनि निर्विरोध रे । तेस्रो लिंगीको त्यस्तो कुरा सुनेर घण्टाघरलाई भने कुरी कुरी लागेर आ’छ । रामचन्द्र बाले कसरी भन्न सक्या होलान् म निर्विरोध सभापति बन्छु भनेर ? सबै कार्जेकर्ताले आफूलाई नै सभापति बनाउन चाहेको भनेर समेत बाले फुक्न भ्याएछन् । उन्ले सुशिल
कोइराला र शेरबहादुर देउवासाग कुरा गरेर निर्विरोध सभापति बन्छु भन्दा वर्तिर पर्तिर जम्मा भएका लाटा, गााडा, गठ्ठेहरु समेत खितिति हाासेछन् । पद भनेसी कस्ले यसै छाड्छ ? सुशिल दा’ र शेरबहादुरले तेस्रो लिंगीलाई त्यसै थपक्क सभापति दिने छााटकाटै छैन । त्यसै किन रामचन्द्रे बाजे उफ्रिएका होलान् ? अन्तेमा उही मच्चियो मच्चियो थच्चियो । कि कसो हौ रामचन्द्रे वा ।
खुत्तियो
हाम्रा पर्धानमन्तरी खप्रओ पनि बडो गजबका छन् । दक्षिणतिर वग्न छाडेर उत्तरतिर वग्ने हौवा पिटाएका थे खुत्तियो । खप्रओले केही गर्छन् भन्ने सोच्या थे
सबैले । पर्धानमन्तरी भएको दुई चार दिन खप्रओको फाइफुइा सानो थिएन । भारतले नकाबन्दी लगाए पनि केही हुने वाला छैन । हाम्रा पर्धानमन्तरी खप्रओले
उत्तरतिरबाट ल्याएर पनि अभाव हुन दिादैनन् भन्ने सोचाई अरुको जस्तै घण्टाघरको पनि थियो । तर यतिका दिन त्यसरी चिच्याएको त तेल ल्याउने ठोस प्रस्ताव नै सरकासाग छैन रे । योजना नै नबुनी त्यसरी उफ्रेर खप्रओले किन जग हासाएको होला । यसलाई पनि खप्रओले उखान तुक्काकै रुपमा लिनु पर्ला ? कि कसो हौ ?
बाउरामको नयाँ शक्ति
एमाउवादीबाट बटारिएर हिडेका बाउरामले देश र जनताका लागि केही लछार्लान भन्या त उही नहुने बेला गन्हाउने मुख जस्तो हुने भयो । पुराना, जमिन्दारीहरुले त केही खालो नसार्‍या बेला तिनको नयाा शक्तिबाट आशा गर्नु नि बेकार हो । बिग्रिएका, बिग्रिएर थन्किएका, विग्रन–विग्रन लागेका, विग्रेर ठास–ठस्ती गन्हाएका, विग्रिन सुरसार गर्दै गरेकहरु नै बाउरामको नयाा शक्तिमा फेटा बााध्न पुगेसी अब बाउरामबाट फुइय्यााको आशा गर्नु ? हुन त
विचाराले के पो गरुन ? उन्ले चिन्या र जान्या त्यस्तै मात्र छन् । सद्धे, खुट नलागेका, सप्रेका, नविग्रिएकाहरु उन्ले कहााबाट खोजेर ल्याउन त ? सबै तिरबाट यसो अलअलि सिलो साङ्लो गरेर भेला बनाएर नयाा शक्ति भनाउनु पर्‍या छ विचाराले । जे होस् नयाा शक्ति नयाा बोतलमा पुरानो रक्सीको व्यापारचाहिा केही दिन हुने भयो ।
महतको चराई
नेप्लीज कााग्रेसका केन्द्रीय सदस्य डा. रामसरन महत यतिबेला पूर्वाञ्चलका जिल्लाहरुमा चर्दै हिडेका छन् । देशको अवस्था बुझ्दै हिडेको भने तापनि महतो महाधिवेशनमा कार्जेकर्ताले आफूलाई सघाउाछन् कि सघाउादैनन् भनेर कार्जेकर्ताको मुख सुाघ्र्दै हिडेका रै’छन् । शनिवार इटहरी र हााससपोसामा कार्जेकर्ता भेट गर्दै गर्दा उन्लाई बाबुको पिण्ड दिए जसरी कार्जेकर्ताले र्‍याकर्‍याक्ती पारेछन् । सत्तामा छादा केही नलोपार्ने अनि सत्ताबाट उछिट्टिएसी हामी यसो गर्थेउ र उसो गर्थेउ भनेर भाषन ठोक्ने महत कार्जेकर्ताका बीच बाादरको पिाध जस्तो थुतुनो बनाएर आइतबार
धरानमा लुसुक्क आएछन् । हरिपुरमा एसएसवीले घाइते बनाइएकाहरुलाई भेट्न आएको बहाना बनाएर आएका उन्ले यहााका कार्जेकर्ताको समेत मुाख सुघ्न भ्याएछन् । कार्जेकर्ताको प्रश्नको जवाफ दिन सम्म नसकेका महत आगामी महाधिवेशनमा चिप्लिने चिन्ताले भुटभुटिएका पो देखिए ।
अन्तेमा
कहिले सासूको पालो कहिले बुहारीको पालो । अस्तिका दिन वीरगञ्जमा मधेशी मोर्चाका कार्जेकर्ताहरुले नेप्लीज कााग्रेसको झण्डा जलाएछन् । कुरो के परेछ भने मधेशी मोर्चाको आन्दोलन उग्र बन्दै गएसी कााग्रेसले पार्टीको झण्डा बोकेर आन्दोलनलाई समर्थन गर्न जुलुस निकालेछन् । यतिका दिन चूपचाप रमिते भएर बस्ने अनि अहिलेचाहिा झण्डा हल्लाउादै आउने भनेर कााग्रेसको झण्डा जलाइदिएका रै’छन् । समर्थन गर्ने हो भने कालो झण्डा देखाएर गर्नुपर्छ भन्दै उनेरुले त्यसो गर्‍या रैछन् । सात दिन अगाडि इटहरीमा मोर्चाका झण्डा जलाएको रिस वीरगञ्जमा पो फेरेछन् । अब कााग्रेस, एमाले र माउवादीले आफ्ना झण्डा लुकाएर हिाड्नुपर्ने
भयो ।

तपाईको प्रतिक्रिया