दुहवी/तराइ मधेशमा एकसय सात दिनदेखि जारी आन्दोलन राजनैतिक तवरबाट र भारतसागको सम्बन्ध कुटनैतिक पहलबाटसमाधान गर्न वर्तमान सरकार पूर्ण रुपले असफल भइरहदा तराई मधेशमा जारी आन्दोलन थप उग्र बन्दै गएको तराई मधेशमा सत्ता पक्ष र विपक्षी दलका नेताहरुले आरोप लगाएका छन् ।
गत शुक्रबार दुहवीमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपपछि इटहरी दक्षिणको जनजीवन झन झन भयावह बन्दै गएको छ । एमाले दुहवीका कार्यकर्ता लक्ष्मण चौधरीका अनुसार शुक्रबार मधेशी जनअधिकार फोरम
युवा फ्रन्टका सुनसरी, मोरङ्ग, झापाका संयोजक एवम् केन्द्रीय सदस्यर रन्जित गोस्वामी र मुन्ना साह माथि प्रहरीले ज्यादति गरेपछि आन्दोलन थप चर्केको हो ।
सडकमा टायर बाल्ने क्रममा गोश्वामीमाथि प्रहरीले आक्रमण गरी घाइते बनाएको र सडक छेउमा
बसिरहेका मुन्ना साहमाथि अचानक आक्रमण गरी सख्त घाइते बनाएपछि आन्दोलनकारी उत्तेजित भएको स्थानीय अमरद्धिप साहको कथन छ । दुवैलाई प्रहरीले आक्रमण गरी घाइते बनाएपछि आन्दोलनकारी र
प्रहरीबीच झडप भएको साहले बताउनुभयो । सोही क्रममा को १ च ४६१५ नम्बरको एम्बुलेन्स तोडफोड हुादा एम्बुलेन्स चालक आनन्द विकको टाउकोमा ढुंगा लागेको अर्का प्रत्यक्ष दर्शी रमन
चौधरीले बताउनुभयो । प्रहरी र आन्दोलनकारीबीच ढुंगामुढा हानाहान भइरहादा एम्बुलेन्स रोक्ने काम
प्रहरीले गर्नुपथ्यौ । तर प्रहरीले त्यो गरेन जसका कारण एम्बुलेन्समा क्षति पुग्यो । सोही घट्नालाई लिएर प्रहरीले दुहवीमा ६ राउण्ड हवाई फायर गरेको थियो ।
इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिव पोख्रेलका अनुसार एम्बुलेन्समाथि आन्दोलनकारीले जथाभावि तोडफोड गर्न थालेपछि बाध्य भएर प्रहरीले फायर खोलेको हो । उहााका अनुसार प्रहरीले एसएलआरबाट एक राउण्ड, सट गनबाट ४ राउन्ड, भ्यास गनबाट एक राउन्ड हवाइ फायर गरेको हो । सो क्रममा कुनै अप्रिय घट्ना भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले दुहवीका उत्तर र दक्षिणका दुवै चौकमा राखिएका मधेशी दलका झण्डाहरु समेत उखेलेर फिालिदिएको छ । घट्नापश्चात झापा, मोरङ्ग, सुनसरीलाई अखण्ड
राख्नुपर्ने भन्दै एमाले, माओवादी र नेपाली कााग्रेस सम्मिलित र्यालीले बजार परिक्रमा गरेको थियो । उक्त र्यालीमा आन्दोलनकारीहरुले कुनै अवरोध भने पुर्याएनन् ।
