तराई मधेशमा समान्तार सरकार गठनको तयारी

राजधानी/नेपाल सरकारको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले आन्दोलनरत मधेशी दल,
तराई मधेशमा रहेका सशस्त्र समूह र सिके राउतको मधेश दस्तासाग मिलेर समानान्तर सरकार गठनको प्रक्रिया अघि बढाएको प्रतिवेदन गृहमन्त्रालयलाई बुझाएको छ ।
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवराज भट्टको नेतृत्वमा बनेको मधेश अनुसन्धान समितिले गृहलाई त्यस्तो प्रतिवेदन आइतबार बुझाएको हो । प्रतिवेदनमा सशस्त्र समूह, मधेशी दल र सिके राउत समूहका बीचमा यस सम्बन्धमा वार्ता भइरहेको र समानन्तर सरकार गठनसागै छुट्टै मधेश रक्षा दल गठनको तयारी भएको समेत उल्लेख गरेको छ । केही दिन अगाडि राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देजराज भट्टको नेतृत्वमा मधेश आन्दोलनबारे अध्ययन गर्न समिति गठन भएको थियो ।
गृहमन्त्री शक्ति बहादुर बस्नेतले मधेश आन्दोलन, त्यसबाट सिर्जित समस्याका सम्बन्धमा छलफल गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर विभागका प्रमुखलाई मन्त्रालयमै बोलाएका थिए । उक्त अवसरमा
राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले बुझाएको प्रतिवेदनमा सि.के.राउत, सशस्त्र समूह र मधेशवादी दलका नेताहरुबीच कैयौ पटक भघेटघाट र वार्ता भइसकेको जनाइएको छ । गृह स्रोतले दिएको जानकारी अनुसार तराई मधेशका प्रत्येक गाविसमा १२ देखि २५ जना सम्मको मधेश रक्षा दल गठन गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । यसका अलावा मधेशका जिल्लाहरुमा कााग्रेस, एमाले, माओवादीका स्थानीय नेता, कार्यकर्ताहरुलाई पार्टी परित्याग गरी आन्दोलनमा सहभागी हुन समेत चेतावनी दिएको छ । यहाा स्मरणीय कुरा के छ भने सोमबारमात्र जनकपुर, उदयपर, सिराहा, सप्तरी, वारा, पर्सा, रौतहटमा मोर्चाले विज्ञप्ती प्रकाशित गरी कााग्रेस, एमाले, माओवादी र त्यसबाट निर्वाचित सभासदलाई ४८ घण्टाभित्र पार्टी परित्याग गरी आन्दोलनमा आउन चेतावनी दिएका छन् । उक्त चेतावनीलाई वेवास्ता गरे उनीहरुलाई कालो मोसो दल्ने, सामाजिक बहिष्कार गर्ने सम्मका धम्की विज्ञप्ती मार्फत दिएका छन् । मोर्चाको विज्ञप्ती पश्चात सप्तरीका नेपाली कााग्रेस सभापति, क्षेत्रीय सभापति, नगर सभापतिहरुले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरी मधेशको समस्या यथाशिघ्र समाधान नभए आफूहरु मधेशी मोर्चाको आन्दोलनमा सहभागी हुन बाध्य हुने बताएका छन् ।
अनुसन्धान विभाग प्रमुखले दिएको प्रतिवेदनमा भनिएको छ, आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउन
सरकारी कार्यालयहरु चल्न नदिने, लोकमार्गका पुलहरु भत्काउने, यातायात पूर्ण रुपमा ठप्प पार्ने रणनीतिमा मधेशी मोर्चा पुगेका छन् । गृहको वैठकमा
रिपोर्टिङ्ग सुनिसकेपछि गृहमन्त्री शक्तिबहादुर बस्नेतले सुरक्षा
अधिकारीहरुलाई कडा निर्देशन दिादै अरु जे भएपनि राजमार्ग सुचारु हुनुपर्‍यो । राजमार्ग अवरोध भएको गृह मन्त्रालयले टुलुटुलु हेरेर बस्न सक्दैन ।

तपाईको प्रतिक्रिया