राष्ट्रिय संकटको भरपुर उपयोग गर्दै रकम असुल्दै नेपाल आयल निगमका माफियाहरु यातायात व्यवसायी इन्धन अभावमा यातायात थन्क्याउदै छन् तर उद्योगहरुमा ट्यांकरै विक्री

धरान/राज्यका संयन्त्रहरु कमजोर र कार्यान्वयन पक्ष फितलो हुादा देशभित्रैका धमिरा मानिने माफियाहरुले अकुत आर्जन गर्ने अवसर पाउने
गरेको नेपालको वर्तमान अवस्थाले देखाएको छ । राष्ट्रिय संकटको यस घडीमा नेपाल आयल निगम पूर्व क्षेत्रीय कार्यालय विराटनगरका प्रमखदेखि लिएर वितरक प्रमुख सम्मको मिलेमतोमा डिजल, पट्रोलको चरम कालो बजारी भइरहेको व्यवसायीहरुले बताएका छन् ।
इन्धन अभावका कारण यातायात व्यवसायीले यातायात थन्क्याउन बाध्य हुनु परेको छ भने सुनसरी मोरङ्ग औद्योगिक करिडोरमा
रहेका उद्योगहरुमा ट्यांकर नै विक्री हुने गरेको विराटनगरका एक पेट्रोलियम व्यवसायीले बताए । उनले नाम उल्लेख नगर्ने सर्तमा भने आयल निगमका प्रमुख खिलेन्द्र कार्की र अर्का वितरक प्रमुख नकुल भण्डारीको मिलेमतोमा इन्धनको चरम कालोबजारी
भइरहेको छ ।
ती व्यवसायीका अनुसार ८० रुपैया २० पैसाको डिजल १ सय ३६ रुपैया प्रति लिटरका दरले उनीहरुले उद्योगलाई बेचिरहेका छन् । मधेश आन्दोलनका कारण देखाई कालो बजारी मौलाएको हो । पूर्वी नाका जोगबनी र कााकडभिट्टाबाट यस्तो असहज अवस्थामा पनि पेट्रोल, डिजल, ग्याासका बुलेट
आइरहेको छ । आइतबारमात्र जोगबनी नाकाबाट १७ ट्याकर इन्धन आएको छ । त्यस भन्दा अगाडि चाडपर्वको क्रममा नाका खुकुलो हुादा निर्वाध डिजल, पेट्रोल र ग्याासका बुलेट आएका थिए । तर यो सबै कहा जान्छ ? उनको प्रश्न थियो । अर्का व्यवसायीले दिएको जानकारी अनुसार तेल पाउन पेट्रोल पम्पहरुले १० हजार रुपैया अतिरिक्त बुझाउनुपर्छ । जसले यो रकम दिदैन उसलाई निगमले तेल दिादैन । पूर्वी नाकाबाट भित्रिएका डिजल पेट्रोलमध्ये ७५ प्रतिशत स्कर्टिङ्गमा राजधानी लगिन्छ भनिए तापनि ती सबै बाटोमै हराउाछन् । हेटौडा स्थित
रहेको शिवम् सिमेन्ट उद्योगमा प्रत्येक दिन डिजलका ट्यांकर भित्रिन्छन् र खाली भएर बाहिर आउाछन् । सुनसरी मोरङ्ग करिडोरमा
रहेका पशुति आइरन इण्डष्ट्रिज, हुलास वायर इण्डष्ट्रिज, अरिहन्त लगायतका उद्योगमा यस्ता डिजलका ट्यांकर भित्रिने गरेको त्यहाा कार्यरत मजदुरहरु बताउाछन् ।
पेट्रोल पम्प बाहेक अन्यत्र डिजल, पेट्रोल फालाफल छ । चकोै मूल्य तिरेर जसले पनि सहजै डिजल, पेट्रोल पाउन सकछ । आखिरी यो सब कहााबाट
आइरहेको छ त ? इटहरीका एक पेट्रोल पम्प व्यवसायी भन्छन् १० हजार १५ हजार अतिरिक्त रकम बुझाएर ल्याएपछि सबै पम्पबाट बेच्न पनि त सकिदैन । उनको भनाई थियो केही तेल पम्पबाट बेच्यो अरु त उही ड्रमवालालाई । यतिमात्र हैन प्याक डिलरको तेल समेत नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख कार्की र वितरण प्रमुख भण्डारीकै मिलेमतोमा अन्त्रै बेचेको रहस्य खुलेको छ । पहाडी जिल्लाका प्याक डिलको तेल निगमले मधेशमा २५ तेल व्यवसायीलाई बेचेको हो । विराटनगरकै एक पम्प व्यवसायी भन्छन् पहाडी जिल्लाको १ लाख २७ हजार लिटर डिजल र ३२ हजार लिटर मट्टितेल सुनसरी, मोरङ्ग, सप्तरी र
सिराहाका व्यवसायीलाई मोटो रकम लिएर बेचेका हुन् । मधेशमा आन्दोलन चर्किएपछि भदौ यता पहाडी इलाकाका प्याक डिलरले एक थोपो तेल पाएका छैनन् । यसबाट पहाडको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको छ । पहाडमा पेट्रोल पम्प खोल्न सजिलो नहुने भएकोले ड्रममा
राखेर इन्धन बेच्नेलाई प्याक डिलर भन्छन् । पहाडका प्याक डिलरहरुले तिहार अगाडि नै डिजल र मट्टितेलको भुक्तानी गरिसके पनि उनीहरुले हालसम्म एक थोपा नपाएको गुनासो गरेका छन् । प्याक डिलरको तेल अन्यत्र दिनु सरासर कालो बजारी हो, इटहरीका अर्का पम्प व्यवसायीले भने ।

तपाईको प्रतिक्रिया