यतिबेला मुलुक अराजकतातर्फ उन्मुख भएको छ । दैनिक जसो हुादै आएको बन्द, हड्ताल क्रमश :यतिबेला स्वरुप
परिवर्तन भएर तोडफोड आगजानीतर्फ अगाडि बढेको छ ।
तराई मधेशमा जारी आन्दोलनले सत्तासीन तथा शासक वर्गलाई थोरै समयमा थोरै समयमा गलाई दिएका थिए । शासक वर्ग समेत आन्दोलनकारीका मुख्य मागमा लचिलो हुन्थे र एउटा मिलनविन्दु खोज्थे । जसका कारण आम सर्वसाधारणले दु:ख कष्ट व्यहोर्नु नपरोस् । जनताले दु:ख पाउनासाथ शासक वर्गले आन्दोलनकारीको मागलाई सम्बोधन गर्ने गथे तर विगतको जस्तो अवस्था आज देखिएको छैन ।
सत्तासीनहरु आन्दोलनकारीलाई गलाएर छाड्ने मनस्थितिमा देखिएका छन् भने आन्दोलाकारीहरु समेत आफूले उठाएका एजेन्डाबाट विचलित नहुने अवस्थामा देखिएका छन् । आन्दोलननकारीसाग सरकारका पक्षबाट हालसम्म भएका वार्ता चिया विस्कुट खाएर हाासीमजाक गर्दैमा वितेको छ । यतिका दिन वितिसक्दा पनि सरकार ठोस प्रस्ताव ल्याएर आन्दोलनकारीहरुसाग वार्ता गर्न सकिरहेको छैन । विगतमा सरकारमा सहभागी दलहरुले नै मधेशीहरुसाग ८ बुादे, १६ बुादे र २२ बुादे सहमति गरेको थियो । आज तिनै सहमति भएका बुादालाई कार्यान्वयन गर भनेर मधेशीहरु आन्दोलनमा उत्रिएका हुन् । यसकाबाट के देखिन्छ भने नेपालमा दलहरुसाग दुई चार बर्ष अगाडिको दुरदर्शिताको समेत अभाव देखियो । नेता तथा राज्य सञ्चालन गर्नेहरुसाग २० बर्ष अगाडिका अवस्थाको आंकलन गर्न सक्ने क्षमता हुनुपर्छ । हिजोका दिनमा क्षणिक सत्तामा सिढी चढ्न भोट बटुल्ने नियत विभिन्न समूहसाग जस्तोसुकै सम्झौता गर्ने अनि आज ती कुरा कार्यान्वयन गर्नेबाट पछाडि हटेकै परिणाम आज नेपाली जनताले भोग्नुपरेको छ ।
कही मधेश आन्दोलनले हालसम्मको जातीय सद्भाव नविथलोस् । आन्दोलन जति चर्कदै जान्छ राज्यले आन्दोलनकारीमाथि जति दमन गर्दै जान्छ, त्यति नै त्यहाा जातीय सद्भाव, पारिवारिक सम्बन्ध विथोलिादै जान्छ । मुलुक यतिबेला अत्यन्तै सम्वेदनशील अवस्थामा छ । तराईमा मधेशमा बस्ने कुनैपनि नागरिक मधेश आन्दोलदनका विरोधमा गतिविधि गर्न सक्ने अवस्थामा छैनन् । त्यस्ता थोरै संख्यामा रहेका, आन्दोलनको विपक्षमा देखिएकाहरुको जीउधनको सुरक्षा छैन । आफूलाई जनप्रतिनिधि हौ भन्ने त
राईबाट निर्वाचित सभासद जो आज आफ्नै निर्वाचन क्षेत्र जान सक्दैनन् । कति कहालीलाग्दो र अत्यासिलो तराई मधेशको जनजीवन भन्ने कुरा वालुवाटारमा भोज खाएर सिंहदरबारमा आराम गर्न आउनेलाई थाहा छैन । तीन महिना देखि विद्यालयहरु बन्द छन्, सडकहरु यातायात सञ्चालन हुन नसक्दा सुनसान छन्, खाद्यान्न संकटले पिरोलेको छ । मजदुर र गरिबका घरमा चुलो नबलेको महिनौ भइसकेको छ । तर सरकार नालायक भएको छ । नागरिकका आधारभूत आवश्यकता समेत राज्यले पूरा गर्न सक्दैन भने त्यो असफल राज्य मानिन्छ । उखान तुक्का भनेर आफ्ना आसेपासे हासाए जसरी मुलुक चल्दैन । प्रधानमन्त्री केपी ओलीकै कारण मुलुक एउटा भयंकर दुष्चक्रममा जााकिदैछ । उनको कार्यकाल शुरु भए लगत्तै भ्रष्ट, दलाल, माफियाहरुको स्वर्णिम युग शुरु भएको छ ।
