एउटा खुर्सानी खाादा त पिरो भएर आाखाबाट तर्तरी आाशु चुहिन्छ भने दिनमा अढाइ किलो खुर्सानी खाने कुरा हामीले सोाच्न पनि सक्दैनौा । तर चीनको झेंगझोउमा एक यस्ता व्यक्ति छन् जसले एक दिनमा अढाइ किलो रातो खुर्सानी खाइदिन्छन् । सोही कारण उनको नामै खुर्सानी राजा रहन गएको छ ।
ली योंग्झी नामका ती पुरुषले आफ्नो घरमा ८ किसिमका खुर्सानी फलाउने गरेका छन् । उनको यो अचाक्ली खुर्सानी खाने शोखको सुरुवात १० वर्ष पहिले भएको रहेछ ।
मानिसहरु दिनको सुरुवात दाात ब्रस गरेर गर्छन् । तर यी मानिस भने खुर्सानी टोकेर दिनको सुरुवात गर्दछन् अर्थात्
हरेक बिहान उठ्ने बित्तिकै पनि खुर्सानी खाइहाल्छन् ।
अरुले कल्पना गर्न पनि नसक्ने
परिमाणमा खुर्सानी हसुर्ने यी व्यक्ति अवश्य पनि विचित्र क्षमता भएका व्यक्ति हुन् । तर उनले आफुलाई सुपर पावरवाला मानिस ठान्दैनन् । आफुलाई खुर्सानी मीठो लाग्ने भएकाले खाने गरेको उनको सरल तर्क छ ।
यति धेरै खुर्सानी खाने भएपनि परिवारले अस्पतालमा लगेर उनको धेरै पटक जााच गराए । तर उनको जिउमा कुनै खराबी वा कमजोरी पाइएको छैन । यति धेरै खुर्सानीको पिरो उनको जिउले कसरी सहन सक्छ भन्ने विषयमा डाक्टरहरु नै अचम्ममा परेका छन् ।
