धरान/ धनकुटा जिल्लाको बोधे गाविस वडा न.. ५ का हरि बहादुर खड्कालाई यसपटकको दशै कागलाई बेल पाक्यो हर्ष न विस्मात सावित भयो । आफूले पालेको खसी बोका लिएर यो बर्षको चाडपर्व आनन्दसंग मनाउने सोच लिएर धरानस्थित कृषि उपज बजारको पशुहाटमा खसी बोका विक्री गर्न नै हम्मे हम्मे पर्यो उनलाई । मुस्किलले विक्री भएपनि खरिदकर्ताले सोचे जस्तो दाम हालेनन् । छिमेकीको खसी बोका समेत विक्री गरिदिने भनेर आएका उनलाई आफ्नो खसी सस्तो दाममा दिनुपर्ने बाध्यता त छादैछ छिमेकीको समेत विक्री गर्ने कि नगर्ने दोधारमा परे उनी ।
त्यस्तै धनकुटाका मुकुन्द भण्डारीको समेत खड्काकै जस्ता हविगत
भयो । आफूले चाहेजति दाम कसैले नहालिदिएपनि उनले समेत सस्तैमा आफूले ल्याएको खसी बोका विक्री गरे ।
ख्ड्का र भण्डारी त प्रतिनिधि पात्र मात्र हुन् यस्तो अवस्था आफूले पालेका खसी विक्री गरी गर्जो टार्ने आशा लिएर आएका अरु किसान समेत
निराश भए ।
विगतका चाडपर्व भन्दा यस बर्षको चाडपर्व भारतले गरेको नाकाबन्दी र मधेशी मोर्चाले गरेको बन्दका कारण आफूहरुलाई खल्लो भएको खड्का र भण्डारीको भनाई छ । उनीहरुले मुलुकमा नया संविधान निर्माणसंगै हर्षोल्लाससंग दशै तिहार तथा छठ पर्व मनाइएला भन्ने सोच राखेका थिए ठीक विपरीत भएको उनीहरुको भनाई छ । त्यतिमात्र हैन धनकुटादेखि धरानसम्म खसी विक्रीका लागि ल्याउदा ठाउा ठाउामा भएको प्रहरी चेकपोष्टले भेटेनरी विल खोजेर पैसा असुल्ने गरेको गुनासो समेत गरे ।
राज्यले कृषकलाई सहुलियत दिनुपर्ने पर्नेमा ठाउमा चेक गर्ने बहानामा पैसा असुल्दा समेत राज्य वेखवर भएकोमा उनीहरु अचम्मित मात्र बनेनन् आक्रोसित समेत बने ।
खसी बोका व्यापारी समेत नाकाबन्दीमात्र हैन प्रशासनले गरेको व्यवहारप्रति असुष्ट देखिएका छन् । नाकाबन्दीका कारण आफूहरुले खरिद गरेर ल्याएको खसी विक्री नहुनु एकातिर छ भने अर्कोतिर ढुवानी गरेर धरानसम्म ल्याउने क्रममा धनकुटाका प्रहरी चेकपोष्टहरुले दिएको मानसिक तनावले झन दु:ख थपिएको उनीहरुको समेत गुनासो छ ।
यता कृषि उपज बजार सञ्चालक समितिका कर्मचारी नेत्र काफ्लेले जाहाातही क्यारेनटाइनको नाममा प्रहरी प्रशासनले दु:ख दिनु नायाज भएको बताउनुभयो । उहाले कृषक तथा व्यापारीले रकम दिदा ठीक नदिदा भेटेनरी रिपोर्ट खोज्ने प्रवृत्तिले नेपालमा झन भ्रष्टाचार मौलाएको संकेत देखिएको बताउनुभयो ।
यस्ता प्रकारका क्यारेनटाइन अर्थात भेटेनरी चेक प्राय: गरेर एक देशबाट अर्को देशमा निर्यात गर्दा गरिने भएपनि नेपालभित्रै यसको आवश्यकता नभएको पशु चिकित्सकको भनाई छ । यहा पालिएका खसी बोकाको भेटेनरी चेक दक्ष प्राविधिले गर्नुपर्ने धरानका पशु प्राविधिक विर्ख बस्नेतको भनाई छ । नेपालबाट भारत निर्यात गर्दा यस्ता खालका चेक विराटनगरको रानी भन्सार, भाण्टाबारी, काकडभिट्टा नाकामा मात्र गरिने भएपनि जहातही जसले पायो त्यसले खोज्नुको औचित्य नभएको उहाको भनाई छ ।
दोहोरो मारमा परेका कृषकहरुको आर्थिक अवस्था सुधार्नुको साटो ठाउठाउका चेकपोष्टमा समेत दु:ख दिनु राज्य निकाय दहूो मनपरीर्संगले रकम असुल्ने
गरेको सर्वसाधरणको बुझाई छ ।
नाकाबन्दी, मधेशी मोर्चाको बन्द र प्रहरी प्रशासनले ठाउठाउमा दिएको दु:ख कष्टका कारण विगतको बर्षको तुलनामा कृषि उपज बजारमा ६० प्रतिशतमात्र कारोबार भएको कृषि उपज बजार सञ्चालक समितिका व्यवस्थापक लक्ष्मण भट्राईले जानकारी दिनुभयो । खसी बोकाको मात्र बार्षिक ६ करोड करोबार हुने कृषि बजारमा यसपटक भने २ करोड समेत नपुग्ने उहाको तर्क छ ।
यस बजारमा पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, खोटाङ्ग लगायतका जिल्लाबाट खसी बोका विक्रीका लागि ल्याइने गरेको कृषि बजारको तथ्यांकमा उल्लेख छ ।
