फिल्मको वर्गीकरण गर्ने जिम्मा दर्शकलाई दिनुपर्छ

बीपी कोइराला भारत–नेपाल फाउन्डेशनले मंसिर ४ गते आयोजना गरेको आवाजको २८ औं संस्करणमा नेपालमा चलचित्रकर्मीहरुको, लेखक, सञ्चारकर्मी, आलोचक, समालोचक, विद्यार्थीहरुको खचाखच भीड थियो । भीडको प्रमुख आकर्षक व्यक्ति थिए प्रख्यात भारतीय फिल्म निर्देशक, पटकथा लेखक एवम् फिल्म निर्माता अदुर गोपाल कृष्णन् ।
उमेरले साता दशक अगाडि धकेले पनि अदुर गोपाल कृष्णन्को शारीरिक स्फूर्ति उस्तै देखिन्थ्यो । आफ्नो एक घण्टाको फिल्म सम्बन्धी अनुभव सुनाउदै अदुर गोपाल कृष्णन् को कथन थियो ‘समक्षकहरुले निर्माण भएका फल्मलाई आ–आÏनो तरिकाले वर्गीकरण गरेको पाइन्छ । तर यो गलत हो ।
लगानीका आधारमा पनि केही निर्मार्ता निर्देशक आफ्ना फिल्मलाई उत्कृष्ट घोषित गर्छन् । उनीहरु आफ्ना फिल्मलाई आर्ट, व्यवसायिक, मूलधारका, फरक धारका, मसलेदार, यथार्थमा आधारित भनेर आफै घोषणा गर्ने, प्रचार गर्ने गर्छन् । तर वास्तविकता यस्तो होइन भन्दै अदुर गोपाल कृष्णनले भने फिल्म दर्शकका लागि बन्छन् र बनाइन्छन् । त्यसैले फिल्मको वर्गीकरण गर्ने जिम्मा दर्शकलाई नै दिनुपर्छ । उनले भने बक्स अफिसमा आम्दानी गर्ने फिल्म व्यवसायिक र समक्षकले प्रशंसा गर्ने फिल्म व्यवसायिक भन्ने कथन नै गलत हो । भारतीय चलचित्रको सर्वोत्कृष्ट सम्मान दादा साहेव फाल्के अवार्डबाट सम्मानित अदुर गोपाल कृष्णनले भने मैले कहिल्यै पनि आर्ट वा व्यवसायिक भनेर फिल्म बनाइन । आफ्नो सदैव एउटै उद्देश्य थियो दर्शकले राम्रा फिल्म हेर्न पाउन् ।
उनले आफ्ना फिल्म सम्बन्धी अनुभव सुनाइरहादा नेपाली चलचित्रकर्मी, लगानीकर्ता, निर्देशकहरुले बडो चाख मानेर सुनेका थिए । १६ पटकसम्म नेशनल फिल्म अवार्ड समेत जितेका अदुरले फिल्म क्षेत्रमा रहेर वा जबरजस्ती नलाग्न युवाहरुलाई सुझाव समेत दिएका थिए । फिल्म क्षेत्रमा आउन धेरैको चाहना भएपनि सबै सफल हुादैनन् । एक दुई जना नायक नायिकामात्र सफल हुन्छन् । अर्कोतर्फ फिल्म क्षेत्रमा सफल हुन प्राविधिक उपकरणमात्र भएर हुादैन मानसिक र वौद्धिक उपकरणको दक्ष हुनुपर्छ । उहााले अगाडि भन्नुभयो फिल्म क्षेत्रको आकर्षक र प्रसिद्धी देखेर यो क्षेत्रमा लाग्नुको सट्टा अन्य क्षेत्रमा भविष्य खोज्दा उपयुक्त हुने उहााको सुझाव थियो । उहााको कथन थियो फिल्मको स्कृप्टमा ज्ञान छैन भने कुशल छायााकार बन्न सकिदैन । त्यसैले फिल्मकर्मी फिल्मका सबै विद्यामा दक्ष भएको रामो । उनको सुझाव थियो । व्यवसायिक रुपमा फिल्म असफल भए पनि चिन्ता लिनु हुादैन । फिल्म सूचना, संस्कार, संस्कृतिको एउटा अन्तर्राष्ट्रिय सशक्त माध्यम हो, राम्रो फिल्म बनाउनेलाई दर्शकले सदैव रुचाउाछन् । उहााले अन्त्यमा भन्नुभयो, दक्षिण एसियाली जीवनशैली यथार्थ परक भएकोले यहाा फिल्म बनाउादा यथार्थ परक भएर फिल्म बनाउनु राम्रो हुन्छ ।
सो अवसरमा बीपी कोइराला
भारत नेपाल फाउन्डगेशनका सचिव एवम् कवि अभय कुमारले पद्य्म भुषण तथा दादा साहव फाल्के पुरस्कारबाट सम्मानित अदुर गोपाल कृष्णनको समन गर्नभएको थियो । अदुर राजधानीमा सञ्चालित भइरहेको दक्षिण एसियाली वृतचित्र महोत्सव फिल्म साउथ एसिया २०१५ मा प्रमुख अथितिको रुपमा भाग लिन नेपाल आउनु भएको थियो ।
त्र

तपाईको प्रतिक्रिया