भारतीय सोच : अघोषित नाकाबन्दी

बसन्तराज भट्टराई
वर्तमान भारतले लगाएको अघोषित नाकान्दीको कारणले राष्ट्र जर्जरावस्थामा पुगेको छ । भारतलको नग्नावस्था सारा नेपालीहरुले देखिरहेका छन् । मोदीको नेपाल यात्रा, नेपालीसाग गरेका प्रतिबद्धताहरु अनि भुकम्प प्रकणमा मोदीले देखाएका सहानुभूतिहरु, यी सारा दस्तावेजहरुलाई हेर्ने क्रममा, मूल्यांकन र विश्लेषण गर्ने क्रममा, एउटै कुरा सामुन्ने आउाछ कि भातरको कथनी र करनी एउटै भएन । उ न त असल छिमेकी नै बन्न सक्यो । न त कुशल भित्रराष्ट्र नै बन्न सक्यो । अझ छातीमा हात राखेर भन्ने हो भने ऊ जिम्मेवार साहू अर्थात दोकाने पनि बन्न सकेको छैन । नेपाली जनतालाई स्पष्ट रुपमा के थाहा छ भने हामीले उपभोग गर्दै आएका सामानहरु भारतबाट आउाछ अनि ती सामानहरको मूल्य तिरेर हामीले प्रयोग गनेै गरेका छौं । त्यसैले नेपाली जनताहरुको अगाडि भारतको हैसियत एउटा व्यापारीको मात्र छ । यदि नेपालका नेताहरुमा थोरै पनि राष्ट्रप्रेम भएदेखि अहिलेसम्ममा विकल्प खोजिसक्थे । किन्तु आज नेपाली जनता स्वयम् कमजोर र निरीह बनेका छन् । अझ भन्दा नेपाली जनता नै छैनन् नेपालमा । कााग्रेसी छन्, वामपन्थी छन्, राप्रपा छन् किन्तु नेपाली जनता छैनन् । अन्यथा नेपाली जनता सडकमा निस्न्थि्यो नि । खोई निक्ले त सडकमा । यहाा एउटा बुझ्ने कुरा के छ भने अन्तर्राष्ट्रिय पारावहन सन्धीले विश्वका सम्पूर्ण भुपरिवेष्टिक राज्यलाई समुद्री सौलियत छिमेकी राष्ट्रहरुले उपलब्ध
गराउने अधिकार निश्चित गरेको छ । यस अधिकारबाट नेपाली बन्चित गर्दै पारवहनको सन्धीप्रति प्रश्नवाचक चिन्ह उठाएको छ । हिजो नेपालले चीनबाट शस्त्र–अस्त्र किन्दा सुगौलीको सन्धि मिचेको अभियोग लगाउने, आज त उसले अन्तराष्ट्रकै नियममा औालो उठाएको छ । प्रत्येकपल्ट भारतले नेपाललाई भुपरिवेष्ठिक राज्यको बाध्यतामा हैकमवादी रोश र हस्तक्षेप गर्दै आएको छ । यसपालिको नाकाबन्धीले त नेपाली जनतालाई समाप्त गर्ने खोलको स्वरुप देखाएको छ । जबसम्म देश आत्मनिर्भर हुादैन, तबसम्म भारतको रवैया यस्तै रहनेछ । त्यसैले राष्ट्रलाई कसरी आत्मनिर्भर एवम् सम्पन्न बनाउने सोच दलहरुमा आउनुपर्‍यो । यत्रा औधि दलका नेताहरु हुादाहुादै पनि, कुनैतिक समीक्षकहरु हुादाहुादै पनि,दातृ राष्ट्र र परामर्शकहरु हुादाहुादै पनि, नेपाली जनताले यत्रा ठुलो दु:ख भोग्नु भनेको सानो कुरा होइन । फेरि बेलाबेलामा दलका ठूला ठूला नेताहरुको नाम भारतको ‘र’ साग जोडिएर आएको सुनिन्थ्यो । किन्तु आज भारतले नाका लगाएपछि ती ठूला ठूला नेताहरु,
राजनैतिक समीक्षकहरु, परामर्शदाताहरुको हैसियत पनि नेपाली जनताको सामुन्ने स्पष्ट भइसकेको छ । सबैभन्दा कष्टचाहिा कहाा हुन्छ भने देशको शीर्षस्थ नेताहरुले यस नाकाबन्दीको बारेमा भारतसाग वार्ता गर्ने हिम्मतै गरेनन् । यसबैबाट सिद्ध हुन्छ कि यस देशका नेताहरु भारत
परस्त कति छन् भनेर ।
सार्वभौम सम्पन्न स्वतन्त्र मुलकुलाई घुाडा टेकाउन अग्रसर भएको भारत वारम्वार नेपाली भूमिमा कहिले सैनिक सुरक्षा, कहिले राष्ट्रिय सुरक्षाको नाममा हस्तक्षेप गर्दै आएको छ । नेपाल र भारतका केही सीमानहरुमा आज पनि द्वन्द्व र तनावमात्र सुन्न पाइन्छ । निश्चय पनि सिंहदररबारमा बसेर राजनीति गर्ने नेतालाई सीमाका सन्दर्भमा थाहा हुन सक्ला, किन्तु प्रत्येक दिन छापामा यस्ता कुरा देख्नमा आइरहेका छन् । धार्मिक, सामाजिक, आध्यात्मिक, भौगोलिक एवम् परिस्थिति पनि मिल्ने भएकोले नेपाल र भारतको मैत्रिकताको उचाइ नै खुल्ला सीमाले सुनिश्चित गरिसकेको छ । तापनि प्रत्येक पल्ट नेपाली जनताले अग्निपरीक्षा दिनुपर्छ त ? आज राष्ट्र लोकतन्त्रमा पुगेको छ । कति गर्वको कुरा छ यो , ता पनि हाम्रो हैसियत दुई कौडीको पनि रैनरैछ । यो पनि स्पष्ट भएको छ । एउटा सियोदेखि टााकसम्म र आलुदेखि प्याजसम्म उत्पादन गर्न नसक्ने देशले के राष्ट्रवादका कुरा गर्ने त ? एउटा सानो समस्या उत्पादन हुने बित्तिकै दिल्लीतिर कुद्ने नेताले राष्ट्रियता र स्वाभीमानको कुरा गर्नु नै व्यर्थ छ । राजनैतिकको भड्खालोमा नेपाली जनतालाई दुर्वल बनाए नेताहरुले । जनता कमजोर भए राष्ट्र स्वत: कमजोर हुन्छ । अत: यहाा जनतालाई कमजोर कसरी बनाउने भन्ने बारेमा खेल भइरहेको छ । नेपालको एउटा जातिलाई उठाएर अर्को जातिलाई पछारिदैछ । संविधान ल्याउने प्रमुख तीन दलमा ‘फुटकरो राजकरो’ भन्ने नीति लागू भइसकेको छ ।
देशमा खाद्यान्न समाग्री, पेट्रोलियम पदार्थको हाहाकारबाट जनता त्रसित भइसकेका छन् । यस्तो बेलामा देशभित्र कोलाहल मच्चाउनु भनेको अराजक माहौल उत्पन्न गर्नु हो । त्यसैले साह्रै नै संवेदनशील समय भएकोले चुनौतिहरु पनि धेरै छन् । दशदिनको खाद्यान्न पनि स्टक नगर्ने सरकारको धज्जी उडाएर राखिदियो भारतले । यो एउटा परीक्षा मात्र हो । नेपाली नेताहरुका लागि, यसबाट नेताहरुले धेरै कुरा सिक्न सक्छन् । किन्तु पञ्चायतकालमा मरिचमान सिंह प्रधानमन्त्री हुादा पनि यही दुर्घटना भएको थियो । भारतका प्रधानमन्त्री
राजीव गान्धी घोषणासहित नाकाबन्दी गरेका थिए किन्तु क्षमतावान प्रधानमन्त्री भएकोले जहाजबाट सम्पूर्ण सामाग्री देशमा उतारेर खुवाएका इतिहास पनि नेपाली जनाले भुलेका छैनन् । आज देशमा लोकतन्त्र आएको छ । नेताहरु पनि प्रयाप्त छन् र सम्बन्ध पनि उनीहरुको धेरै मुलुकसाग छ । तापनि नेताहरुले केही गर्न नसक्दा यिनीहरुको हैसियत पञ्चायतका नेता जति पनि रहेन
रहेछ भन्ने स्पष्ट भएको छ । यिनीहरुको राष्ट्रप्रेम, व्यवहारिपक्ष सबै नै अगाडि देखियो । २७ बर्ष पञ्चायतकालमा नेताहरुले सहज पाराले गरेको काम आज नेपाली जनताले पनि पुन: सोच्ने बेला आएको छ ।
यो हल्लैहल्लाको देशमा संसारमा कही पनि नघटेका घटनाहरु घट्ने
गर्दछन् । एउटा नेपालीले नेपालमा प्ट्रोलियम पदार्थ एवम् खाद्यान्न सामाग्रीहरु नभित्रिओस् भनेर आन्दोलन गर्छ । अनि भारत तिमीहरुकै दाजुभाइले नाका लगाइदेउ भन्ने आदेशमा नाका लगाएको हो भन्छन् । यो कस्तो
राष्ट्रियताभित्र नेपाली जनताले साास लिदैछन् छ ? यसले भोलिका दिनहरुमा कस्तो संस्कारमा राष्ट्रलाई डोर्‍याउछ छ ? पक्कै पनि इतिहासका पृष्टहरुमा ओली र प्रचण्डका राष्ट्रवादी भावनाहरुले स्थान पाउन सफल होलान्, किन्तु नेपालीत्व बोकेर उभिएका मधेशवादी दलहरुको उग्र मानसिकताका हरफहरुमा राष्ट्रिय स्वाभिमान विचलित हुनपुगेको इतिहासकारहरुले उत्खनन गरी देखाउनेछन् । त्यसैले आबकाशतर्फ हेरेर थुक्ने मधेशवादी दलहरुको यस प्रवृत्तिलाई आउने जेनेशनले कसरी मुल्यांकन गर्छ, त्यो चाहिा भविष्यकै गर्वमा छोडौं । साम्राज्यवादी सोचबाट ग्रसित भारत व्रिटिशले चलाएको दासवादी सोचबाट प्रभावित भइ सिक्किम र भुटानपछि नेपाली आकाशमा चलखेल गर्ने प्रयास स्वरुप नेपालको आन्तरिक मामलामा बलजफत हस्तक्षेप गर्दै आएको छ । यहाा नेपाली जनताले आफ्नो बलबुतामा आफ्नो संविधानसभाबाट संविधान निर्माण गरेको छ । यसमा भारतलाई किन टाउको दुखेको हो । कहिले आफ्नो नक्शामा
सगरमाथा देखाउने, कहिले गौतम बुद्ध भारतीय हुन भनी सिरियल बनाउने, कहिले नेपाल त भारतको कुनै एउटा प्रान्त हो भन्ने, कहिले सीता जनकपुरकी होइनन् भारतकी हुन् भन्ने अनि आफ्ना फिल्महरुमा नेपाली संस्कृतिको धज्जी उडाइदिने खालका कार्यहरु भइरहेका
ैछन् । आज पनि सीमा क्षेत्रमा शान्ति सुरक्षाको नाममा नेपालीहरु लुटिदै आएका छन् । रेल्वे स्टेशनमा, खाना खाने होटलमा, मठ मन्दिरहरुमा, बसमा, ट्रेनमा अर्थात जहाँ पनि यो दृश्य देख्न पाइन्छ । त्यसैले अबका दिनहरुमा भारतसाग नेपाली नेताहरुले स्पष्ट भाषामा जिम्मेवारीपूर्वक वार्ता गर्नुपर्ने हुन्छ । किन कि आउने दिनहरुमा यस प्रकारको भारतीय रवैया नेपाली जनताले झेल्न सक्दैनन् । कुनैपनि समस्यालाई दीर्घरुपमा समाधान गर्नुपर्ने हुन्छ । वारम्वार त्यही गल्ति दोहोर्‍याउने कार्यबाट देश र जनता दुवैलाई दु:ख कष्ट मात्र हुने गर्छ ।

तपाईको प्रतिक्रिया