अभाव र महंगीबीच बित्यो चाडपर्व

जन देशको सरकार नालायक, निकम्बा, पतित र गतिछाडा हुन्छ । त्यसबेला देशका जनताले अभाव, असुरक्षा, महंीगी, कालो बजारी लगायतका चौतर्फी मार व्यहोर्नु पर्ने हुन्छ ।
नेपालीहरुको महान चाड विजया दशमी र हिार भर्खरै विदा भएको छ , यसपटकका यी दुवै चाड नेपालीहरुका लागि इतिहासमै सर्वाधिक खल्लो सावित हुन पुग्यो । नागरिकहरुल्े चाड पर्वका लागि आवश्यक सामाग्री खरिद गर्न सकेनन् । खाना पकाउने ग्याास, सवारीका लागि इन्धन, चाडपर्वमा चानिे खाने तेल, खाद्यान्न प्राय : सबैको अभाव भयो , पाइएका सामान समेतको मूल्य एक महिनाको बीचमा दोब्बर हुादा ऋण पान गरेर छुट्याइएको बजेटले बजार धान्न नसक्दा मुख खुम्च्याएर घरमै बस्न बाध्य हुनुपर्‍यो ।
चाडवाडको समयमा हरेक नेपालीले सरकारको निम्बकापनलाई सरापेर बसे । यसभन्दा अर्को विकल्प उनीहरुसाग थिएन । नागरिकका समान्य आवश्यकता समेत पूरा गर्न नसक्ने सरकारलाई उनीहरुले हुतिहाराको संज्ञा दिए । यथार्थ पनि यस्तै देखिो । लामो तथा छोटो दूरीका सार्वजनिक यातायात नचल्दा दलशैमा आफन्त तथा मान्यजनको हातबाट र तिहारमा चेलीको हातबाट टीका लगाउन जानेहरु निराश भएर बसे । यो भन्दा अर्को विडम्बना के हुन सक्छ ? अर्कोतर्फ महंगी नियन्त्रणमा सरकार नै उदासिन देखियो । उद्योगपति, डिलर र रिटेल व्यापारीहरुले दैनिक मूल्य बर्ढार आवश्यकीय उपभोग्य सामान विक्री वितरण गर्दा पनि सरकार र यसका निकायहरु चुपचापबसे । अर्थात कालोबजारीलाई सरकार र सरकारका निकायले मौन समर्थन जनाए । एक महिना अगाडि रु १ सयमा पाइने सामानको हाक्काहाक्की ३ सयमा विक्री गर्दा पनि सरकारले मौनता साध्यो । अघि पछि के के नलछारपाटो लगाउाला झौ गरेर बजार अनुगमनको नाटक गर्ने वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, अवसरवादी राजनैतिक कार्यकर्ता, कथित समाजसेवी सबै यसपटक तै चूप मै चूपको अवस्थामा रहे ।
कुनै प्रकारको भिजनन नभएका, द्ेशप्रतिको दायित्व र जिम्मेवारी बोध नभएका राजनैतिक दलहरल्े उब्जाएस्को वर्तमानको अकटिन अवस्था अभमmै सहज हुने छााटकाट देखिएको छैन । भारतको विरोध गर्नु र चीनको समर्थन गरेर नेपाल कहिल्यै आत्मनिर्भर बन्न सक्दैन । तर यहााको अवस्था यस्तै देखिएको छ । यहााका केही कथित कम्युनिष्ट नकावधारीहरल्े नेपाली जनतालाई कतिसम्म गुमराहमा राखेका छन्े भने एकोहोरो भारतको विरोध गराउने र आम सर्वसाधारण गरिब नेपाली जनतालाई सस्ती दिने कम भइरहेको छ । कसैको विरोध गर्नु र कसैको समर्थन गर्नु राष्ट्रवाद होइन र हुन पनि सक्दैन । २०४७ साल पछिका २५ बर्ष सम्म कसैलाई साम्राज्यवाद र कसैलाई विस्तारवाद भन्ने नेपालमा राजननैतिक दलहरले कुनै उल्लेख्य काम गरेकोपाइएन । हरेक पटकका बोली, हरेक पटकका भाषणमा अरुलाई गाली गरेरै २५ बर्ष व्यथित गरेको पाइयो । २०४७ साल भन्दा अघिका शासनकहरुले निर्माण गरिदिएका संरचना, देशका स्रीोत साधन भत्काउनु, दोहन गर्नुलाई मात्र क्रान्ति भनियो । वास्तवमा भन्ने हो भने २०४७ साल यता नेपालीहरुको दुर्दिन शुरुवात भएको हो । २५ बर्षमा कुनैपन िराष्ट्रले धेरै ठूलो फड्को मार्न सक्छ । यहाा खपत हुने सामानको गहिरो अनुसन्धान गरी आÏनै देशमा उत्पादन गरी परनिर्भतालाई विस्तारै कम गर्दै लैजान सकिन्थ्यो । तर यहाा त्यसो हुन सकेन । दुई लाखको पुल उद्घाटन गर्न १ लाख खर्च गरेर हेलिकोप्टर चढी मन्त्री आउने संस्कार जबसम्म अन्त्य हुदैन तवसम्म खोक्रो राष्ट्रवादले नेपाल समृद्धि बन्न सक्दैन ।

तपाईको प्रतिक्रिया